रंगको प्रयोग
Posted by
purwanews
Published on
Saturday, October 22, 2011
एक, घरको सतहको रंग परिवर्तन गराउने र अर्को घरलाई सुन्दर बनाउने । पहिले-पहिले गुफाका भित्ताहरूमा चारकोल, कोइला, अक्साइड आदि रंग प्रयोग गरिन्थ्यो जुन आजसम्म पनि कायमै छ । रंगमा रहेको पिग्मेन्टले यसको रंग तथा टेक्स्चर निर्धारित गर्छ । रंगमा दुई प्रकारका पिग्मेन्ट हुन्छन् : प्राकृतिक र सिन्थेटिक ।
सिलिका, क्याल्सियम, कार्बोनेट, टेल्क, माइका तथा माटो प्राकृतिक पिग्मेन्ट हुन् । सिन्थेटिक पिग्मेन्ट सिन्थेटिक सिलिका, सिन्थेटिक माटो, क्याल्सियम कार्बोनेट तथा सिन्थेटिक सिलिकाले बनेको हुन्छ । अरू खालका पिग्मेन्ट जसले अल्ट्रा भ्वाइलेटबाट घरलाई बचाउँछन् ती हुन्-टिटानियम अक्साइड, रेड आइरन अक्साइड, फातलो ब्लु आदि । केही रंग तातोको सम्पर्कमा आएपछि परिवर्तन हुन्छन् । यस्ता रंग अल्ट्रा भ्वाइलेटको सम्पर्कमा आएपछि परिवर्तन हुन्छन् । रंग लगाउँदा ब्रस, रोलर तथा पेन्टिङ उपकरणहरू प्रयोगमा ल्याइन्छ ।
एक्स्टेरियर पेन्ट घरको बाहिरी भागमा प्रयोग गरिने पेन्टलाई एक्स्टेरियर पेन्ट भनिन्छ । यसले घरको बाहिरी आवरणलाई विभिन्न तत्वबाट सुरक्षा प्रदान गर्छ । आफ्नो इच्छा तथा बजेटअनुसार रंग छनोट गर्न सकिन्छ । एक्स्टेरियर रंग चार तत्व मिलेर बनेको हुन्छ । एडिटिभ, बाइन्डर, पिग्मेन्ट र सोलभेन्टजस्ता चार तत्वले गर्दा लगाइएको रंग राम्रोसँग बस्छ । यसमध्ये पिग्मेन्टले रंगलाई मेकअप गर्छ । बाइन्डरले पिग्मेन्टलाई संकलित गरी सतहमा रंग टिकाउँछ । सोलभेन्ट तथा एटिटिभले रंगको सुरक्षा गर्ने शक्ति, यसको रेसिस्टेन्स तथा रंगको गाढापनलाई यथावत् राख्छ । सोलभेन्टले रंगलाई तरल बनाउँछ भने रंगाएपछि सतहमा चाँडै सुकाउने क्षमता प्रदान गर्छ । एक्स्टेरियरमा लेटेक्स पानी वेस्ट रंग हो भने अल्काइ तेल वेस्ट रंग हो । रंगमा पर्याप्त पैसा खर्च हुने भएकाले रंग लगाउँदा विचार पुर्याउनुपर्छ ।
इन्टेरियर पेन्ट घरलाई रिमोडेल गर्दा वा नयाँ घर निर्माण गर्दा रंगले घरमा महत्वपूर्ण भूमिका खेल्छ । घरमा लगाइएको रंगले त्यहाँ बस्नेहरूको जीवनशैली तथा उनीहरूको रहनसहन बताउँछ । घरमा लगाइएको रंगले हाम्रो मस्तिष्कमा पनि प्रभाव पार्छ । घरमा लगाइएको रंगले काम गर्न उत्साह तथा ऊर्जा प्रदान गर्छ । त्यसैले रंग लगाउनुभन्दा पहिले धेरै कुरामा विचार पुर्याउनु आवश्यक छ । यसमा पनि चार तत्व मिश्रण गरिएको हुन्छ । आफ्नो कोठाको आवश्यकता हेरी इमल्सन, डिस्टेम्पर, इनामेल तथा अरू कुनै रंग प्रयोगमा ल्याउन सकिन्छ ।
कुन कोठामा कुन रंग पहेंलो : यो रंगले न्यानो तथा आराम अनुभव गराउँछ । यसलाई कम प्रकाश भएको ठाउँमा प्रयोग गर्नुपर्छ ।
नीलो : नीलो रंगले आनन्दको अनुभव गराउँछ । यसलाई चिसो रंग पनि भनिन्छ । यसलाई शयन कक्ष, भान्सा तथा खाली ठाउँमा प्रयोग गर्न सकिन्छ ।
सुन्तला : यो उज्यालो रंग हो । यसलाई सानो स्पेसमा लगाउनुपर्छ ।
भ्वाइलेट : यो रंग पुस्तकालय तथा शयन कक्षका लागि उपयोगी मानिन्छ । यो रंगलाई बालबालिकाहरूको कोठामा पनि लगाउन सकिन्छ ।
हरियो : यसले पनि नीलो रंगको जस्तो आनन्द दिलाउँछ । यो रंग भान्सामा पनि उपयोगी मानिन्छ ।
गुलाबी : गुलाबी रंगलाई ठूल्ाो स्पेसमा प्रयोग गर्नुपर्छ । यसले वातावरण स्वच्छ बनाउँछ ।
खैरो : खैरो रंगले न्यानो इफेक्ट दिन्छ । एक्पेरिमेन्टमा पनि खैरो रंग प्रयोग गर्न सकिन्छ ।

naari
प्रतिक्रिया दिनुहोस् >>