फेसबुक साथीसँग डेटिङ जाँदा अपहरणमा

मेलबर्नमा अपहरणमा परेकी नेपाली युवतीलाई प्रहरीले दुई दिनपछि मुक्त गराएको छ। सामाजिक सञ्जालमार्फत अपहरणको फन्दामा परेकी २९ वर्षीया नेपाली युवतीलाई अस्ट्रेलियन फेडरल प्रहरीले २४ घण्टा लामो अनुसन्धानपछि अपहरणकारीको घरबाट मुक्त गरेको हो। 

३५ वर्षीय डरेन साल्टमासले ती युवतीको अपहरण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले २९ वर्षीय गुरुङ थरकी नेपाली युवतीलाई पाकेह्याममा रहेको अपहरणकारीको घरबाट मुक्त गरेको थियो।
प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जालमार्फत् चिनजान भएपछि गत मंगलबार पहिलोपटक युवती डेटिङमा गएकी थिइन्। अपहराण्कारीले युवतीलाई आफ्नै कारमा राखेर घरमा पुर्‍यापछि बन्धक बनाएर २० हजार अस्ट्रेलियन डलर फिरौती माग्दै नदिए हत्याको धम्की दिएको थियो।
मेलबर्नबाट प्रकाशित हुने हेराल्ड सन् दैनिकका अनुसार २० हजार डलरका लागि अपहरणकारीले युवतीको पोखरामा रहेका आफन्तलाई फोन गरेर धम्की दिएको थियो। युवतीका नेपालमा रहेका आफन्तले मेलबर्नमा रहेको महावाणिज्यदूतको कार्यालयलाई खबर गरेपछि अष्ट्रेलीयन प्रहरीले घटनाबारे जानकारी पाएको थियो।
अपहरमुक्त भएपछि स्थानीयवासीले अस्पतालमा भर्ना गरेका थिए। वाणिज्यदूत चन्द्र योञ्जनका अनुसार अहिले उनी खतरामुक्त छिन्।
अपहरणकारीलाई पाँचवटा अभियोगनेपाली युवतीको अभियोगमा पक्राउ परेका ३५ वर्षीय डरेन साल्टमासलाई स्थानीय अदालतले पाँचवटा अपहरण, डरधम्की, दुर्व्यवहार, झुटो प्रलोभन लगायतका पाँचवटा अभियोगमा जेल चलान गरेको छ। उनी २०१२ को फेब्रुवरी १० सम्म जेलमा बस्नुपर्नेछ। त्यसपछि मुद्दाको अन्तिम फैसला हुनेछ। स्थानिय कारखानामा काम गर्दै आएका साल्टमास केही हप्ता अघिदेखि ढाड दुख्ने समस्याको उपचार गराईरहेका थिए।
सामाजिक सञ्जालले बढेको अपराध
फेसबुकमार्फत् साथी बनेको एकजना पुरुषले धोका दिएपछि सिड्नीमा नेपाली महिला विद्यार्थीले समुन्द्रि भिरबाट हामफालेर आत्माहत्या गरेकी थिइन्। सिड्नीको कुजी बिचमा एक वर्षअघि भएको यो घटना सेलाउन नपाउँदै मेलबर्नबाट फेरि एक नेपाली विद्यार्थी अपहरणमा परेको खबर सार्वजनिक भएको छ। अपहरणकारीबाट मुक्त गर्न एक घण्टामात्र ढिला भएको भए ती युवतीलाई मारेर खाल्डोमा पुर्ने तयारी गरेको सन् हेराल्डले उल्लेख गरेको छ।
अपहरणकारीले नेपाली युवतीलाई दुई दिनसम्म नियन्त्रणमा राखेको घरको गार्डेनमा मारेर गाड्न खनेको खाल्डो। तस्बिर : सन् हेराल्ड
अपहरणकारीले घर पछाडि ४ फिट गहिरो खाल्डो खनेको र अपहरित युवतीको आँखा छापिरहेको अवस्थामा प्रहरीले उद्दार गरेको थियो। भिक्टोरीयाका महावाणिज्यदूत चन्द्र योञ्जनले प्रेस विज्ञप्ती प्रकासित गर्दै साथीभाई र प्रहरीसँग सधैं सम्पर्कमा रहन, नचिनेको मान्छेले दिएको खानेकुरा नखान, कुनै व्यक्तिबाट असुरक्षित महसुस भएमा सुरक्षा निकाय र नेपाल सामुदायिक संस्थालाई खबर गर्नका साथै अनलाइनमा भेटेको मित्रलाई सार्वजनिक स्थानमा पनि धेरै पटक भेटेर उसका बारेमा बुझ्ने र अरुलाई पनि बुझाउन र चिनाउन आग्रह गरेका छन्। nagariknews, kartik 5 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध