पुस्तक समिक्षा : महान् वाणी
Posted by
purwanews
Published on
Saturday, October 22, 2011
“ तिमी आफ्नो जीवनलाई सफल बनाउन चाहन्छौं भने सर्वप्रथम खराब सोचलाई त्याग, पुरानो सोचलाई त्याग, भित्र्याउ नयाँ सोच, नयाँ दृष्टिकोणलाई आफूभित्र । ”
– स्वेट मार्डेन
संकलक तथा सम्पादक रामप्रसाद खरेलले भनेझै हरेक कुराको अध्ययन पछि नयाँ तरिकाले जीवन जिउनु पर्छ । यही नयाँ तरिकाले जीवन जिउन उपयोगी तरिकाले जिउन उपयोगी पुस्तकको रुपमा महान् वाणी पुस्तक बजारमा आएको छ । जसलाई रेडियो परिवर्तन इटहरीले प्रकाशन गरेको हो । यो पुस्तक सबैका लागि उपयोगी छ । झन यूवा पुस्ताका लागि अझै वढी उपयोगी हुनसक्छ । पुस्तक भित्र संसारमा जीत हासिल गरेका भनौं सफल जीवन जिएका र जिरहेका महान् व्यक्तिहरुका महान् विचारहरुलाई समेटिएको छ । जुन विचारहरु पढ्नाले हामी भित्र एक प्रकारको उर्जा प्राप्त हुनसक्छ । यो एउटै पुस्तक पढ्दा धेरै लेखक, विचारक, दार्शनिक, राजनितिज्ञ आदिका विचारहरु अध्ययन गर्न पाईन्छ । साथै सयौं पुस्तकको सार पढेको अनुभूति पनि हुन्छ । केही लेख्न चाहनेका लागि पुस्तक सहयोगी हुनसक्छ । यस प्रकारका पुस्तक बजारमा धेरै आइसकेका छन् । यही भिडमा महान् वाणीले थोरै अलिक फरक अर्थ वोकेको छ । पुस्तकमा संकलक तथा सम्पादकले बिषयगत रुपमा विभिन्न महान् व्यक्तिहरुका विचारलाई समेटेका छन् । जस्तै सफलता, आध्यत्मा, नेतृत्व, राजनीति आदि । पुस्तकभित्र एक हजारका हाराहारीमा यस्ता भनाईहरु समेटिएका छन् जसले जीवनलाई सकारात्मक परिवर्तन गर्न सघाउछ । पुस्तक भित्र समेटिएको अर्को एक भनाई —
“ साँच्चैका का्रन्तिकारीहरु प्रेमका अमर अनुभूतिहरुबाट प्रेरित हुन्छन् । प्रेम गर्ने गुणको अभावमा कुनै पनि वास्तविक का्रन्तिकारीको कल्पना गर्नु असम्भव छ । ”
– चे ग्वेभारा
६४ पेज रहेको पुस्तकको आवरणलाई पनि कलाकार विक्रमश्रिले त्यति नै कलात्मक वनाएका छन् । रेडियो परिवर्तन इटहरीका स्टेशन मेनेजर समेत रहेका संकलक तथा सम्पादक राम प्रसाद खरेलको यो पुस्तक एक पटक अध्ययन गर्नै पर्ने र संग्रह गर्ने खालको रहेको छ । अन्त्यमा पुस्तक भित्र समेटिएको एक उपयोगी भनाई :
“ यहाँ अवसर प्रशस्त छन् । तर अवसरलाई खोज्ने आखाँ चाहिन्छ, टिप्ने हात चाहिन्छ । हामी सुनखानीमा बसिरहेका छौं तर थाहा नपाएर ढुङ्गाको खोजीमा वाहिर पुग्छौं। कमजोरी हाम्रो तर दोष हामी अरुलाई दिन्छौं । ” — कर्ण शाक्य
पुस्तक – महान् वाणी
संकलक/सम्पादक – राम प्रसाद खरेल
प्रकाशक – रेडियो परिवर्तन, इटहरी
आवरण कला – विक्रमश्रि
पृष्ठ – ६४ पेज
मूल्य – रु. १०० ।–
गोविन्दपुर – ७, मोरङ्ग हाल – इटहरी
समिक्षक : प्रदिप पराजुली
प्रतिक्रिया दिनुहोस् >>