एनसेल भर्सेज एनटीसी : खरो उत्रिने तयारी


कमजोर सेवाका कारण दशकौंको वर्चश्व तोड्दै निजी क्षेत्रले उछिनेपछि पुनः १ नम्बरमा आउन नेपाल टेलिकमले आक्रामक योजना अघि सारेको छ ।
मोबाइलको सेवा र संख्यामा नौ महिनाअघि एक निजी कम्पनीले उछिनेपछि टेलिकमले गुणस्तर सुधारका साथै एक करोड जिएसएम थप्ने घोषणा गरेको हो ।
'विगतमा केही कमजोरीले ग्राहकको माग अनुसार काम गर्न सकेनौं,' प्रबन्ध निर्देशक अमरनाथ सिंहले भने, 'तर फेरि पहिलो स्थानमा आउने प्रयासमा छौं ।'
उनले योजना अनुसार एक करोड जिएसएम थप्ने प्रक्रिया अगाडि बढाएको जानकारी समेत दिए । यसअघिको ३५ लाख लाइन क्षमताको आयोजनाको काम पनि पूरा भएको उनले बताए । उपभोक्ताको संख्या वृद्धिसँगै सेवा गुणस्तरमा पनि ध्यान दिइरहेको उनले बताए । 'अब हामी गुणस्तरीय सेवामा पनि विशेष ध्यान दिने छौं,' उनले भने ।
नौ महिनाअघि एनसेलले जिएसएम मोबाइलमा टेलिकमलाई पछि पारेको हो । असारसम्मको तथ्यांक अनुसार टेलिकमका जिएसएम ग्राहक ५१ लाख र एनसेलका ५६ लाख छन् । अहिले पनि एनसेलका ग्राहक टेलिकमको भन्दा बढी छन् ।
थप गर्न लागिएको एक करोड लाइनको जिएसएम मोबाइल सेवा खरिदका लागि बोलपत्र भई मूल्यांकन प्रक्रियामा रहेको सिंहले जानकारी दिए । टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेका अनुसार चालू आर्थिक वर्ष १२ लाख ३७ हजार लाइन जिएसएम वितरण गर्ने योजना लिइएको छ । बितेको चार महिनामा ५ लाख लाइन वितरण गरिएको उनले बताए ।
कम्पनीले गुणस्तर सुधारका लागि पुराना बिटिएस प्रतिस्थापनको काम पनि गरेको जनाएको छ । राजधानीमा पुरानो प्रविधिका बिटिएस हटाएर उच्च क्षमता र कम ऊर्जा खपत गर्ने २ सय १२ बिटिएस जडान गरेको छ ।
पोस्टपेड मोबाइल, एडिएसएल र आधारभूत टेलिफोनको बिल रिचार्जकार्डबाट तिर्ने व्यवस्थाका लागि उपकरण जडानको काम भइरहेको उनले बताए । 'कम दरका रिचार्ज कार्डको मागलाई ध्यान दिएर इलेक्ट्रोनिक पिनलेस रिचार्ज कार्डको व्यवस्था गरेका छौं,' उनले भने, 'कात्तिक ३ गतेबाट सुरु भएको यो सेवा अन्तर्गत १० देखि १ हजार रुपैयाँसम्मका रिचार्ज कार्ड उपलब्ध गराएका छौं ।'
२० लाख लाइन क्षमताको आइपी सिडिएमए टेलिफोन विस्तार कार्यका लागि उपकरण जडानको काम भइरहेको थिकेले बताए । 'दुई महिनाभित्र यो सेवाको परीक्षणको तयारी गरेका छौं,' उनले भने, 'यसले ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड सेवाको पहुँच बनाउन पनि सहयोग गर्छ ।' कम्पनीले चालू आवमा २ सय भिस्याट जडान गर्ने तयारी गरेको बताए । 'सन् २०१२ भित्र सबै गाविस २ सय ५६ केबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा पुर्‍याउने गरी २ लाख लाइन क्षमताको वाइम्याक्स सेवा विस्तारका लागि उपरकण खरिद प्रक्रिया अगाडि बढाएका छौं,' उनले भने । यस्तै कम्पनीले चालू आवको पहिलो ३ महिनामा ८ अर्ब २५ करोड रुपैयाँ आम्दानी भएको जनाएको छ । उसले यस आवमा ३१ अर्ब आम्दानी गर्ने लक्ष्य लिएका थियो ।

३ बिटिएस भ्यान आइपुगे
भीडभाडमा फोन नलाग्ने समस्याबाट मुक्ति दिलाउन टेलिकमले तीनवटा बिटिएस भ्यान ल्याएको छ ।
'सभा, सम्मेलन वा प्रदर्शनीमा एकै पटक धेरै उपभोक्ता जम्मा भएको बेला फोन नलागेको गुनासो आएकाले त्यसलाई कम गर्न भ्यान ल्याएका हौं,' थिकेले भने । थाइल्यान्डको एएलपी इन्टर कर्पोरेसनबाट ल्याइएका यी भ्यानमा उपकरण जडानको काम भइरहेको उनले बताए ।
कम्पनीले १३ भ्यान ल्याउने सम्झौता गरेको छ । पहिलो चरणमा ३ भ्यान ल्याइएको हो । '१३ मध्ये ८ वटा कम क्षमता र ५ उच्च क्षमताका हुने छन्,' उनले भने । यस्ता भ्यानमा बिटिएस टावर, ब्याट्री, जेनेरेटर लगायत आवश्यक सामग्री हुने छन् । मोबाइल बिटिएस जडान गरेको यस्तो भ्यान धेरै जना जम्मा भएको स्थानमा लगेपछि सहज रूपमा नेटवर्क कनेक्सन हुने छ । धेरै उपभोक्ता जम्मा भए कम्पनीले भ्यान लगेर राख्ने उनले बताए ।
२०६८ मंसिर २०, ekantipur


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध