तिहारको खाना र स्वास्थ्य


चाडपर्वको रमाइलो, उमङ्ग अनि आनन्द दसैंसँग सुरु भए पनि दसैंसँगै सकिँदैन। तिहार सेल र अनरसाबिना रमाइलो हुँदैन। तिहार भन्नेबित्तिकै बत्तीको झिलिमिली, जुवा-तास अनि दिदीबहिनीसँगको रमाइलोको सम्झना आउनु स्वाभाविक हो। दिदीबहिनीहरूले  आफ्ना दाजुभाइका लागि तयार गरेका खानेकुराले भोक मात्र मेटाउँदैनन्, आपसी सद्भाव पनि बढाउँछन्। उनीहरूको कोसेली अर्थात् सेल, अनरसा, मिठाई, मसला र फलफूल आदिको सम्झनाले मात्र पनि मन प्रसन्न हुन्छ। घरबाहिर विभिन्न किसिमका खानेकुरा  खाएर दिक्क भएकाहरूलाई घरमा पकाएका शुद्ध घिउका तात्ताता सेल खान पाउँदा जति आनन्द आउछ, स्वास्थ्यलाई उति नै राम्रो गर्छ। यद्यपि त्यही खानेकुरा उचित तरिकाले, मात्रा मिलाएर खाइएन भने स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ।
तिहारका खानेकुरामा मिठाई अर्थात् गुलियोको स्थान सबैभन्दा माथि छ। सेल, अनरसा, मिठाई सबैमा चिनी प्रयोग गरिएको हुन्छ। चिनी गुलियो हुन्छ, धेरैलाई मन पर्छ तर स्वास्थ्यका दृष्टिकोणले चिनीलाई राम्रो मानिँदैन। हुन त चिनी खाएर 'चिनी रोग' अर्थात्  मधुमेह हुन्छ भन्ने होइन। चिनी खानेबित्तिकै अर्थात् तत्काल शक्ति दिनेबाहेक यसले कुनै फाइदा दिदैन। चिनी अर्थात् ग्लुकोजको रासायनिक बनोट भिटामिन 'सी' सँग मिल्दोजुल्दो हुन्छ। रगतमा ग्लुकोजको मात्रा बढेपछि शरीरका कोषहरूमा बस्छ र भिटामिन  सीको कमी हुन्छ। यसले गर्दा रोगविरुद्ध लड्ने शक्तिमा र्‍हास आउँछ। रगतमा ग्लुकोजको मात्रा उच्च रहेको अवस्थामा 'इन्सुलिन' को मात्रा पनि बढ्छ। यसले 'ग्रोथ हार्मोन' को उत्पादनमा कमी आउँछ र हाम्रो रोगविरुद्ध लड्ने शक्ति र्‍हास हुन्छ। इन्सुलिनले  शरीरमा बोसो भण्डार गर्न तथा 'ट्राइग्लिस्राइड' नामक बोसोको मात्रा बढाउन पनि सहयोग गर्छ। यसले गर्दा मुटु तथा धमनीका रोगहरू लगाउने, उच्चरक्तचापका रोगी बनाउने हुनसक्छ।
बढी मात्रामा चिनीका परिकार खाने वा पटक-पटक चिनीका परिकार खानेमा मोटोपनको समस्या पाइन्छ। गुलिया खानेकुराले चाँडै नअघाउने र पटक-पटक खाइरहने भएकाले पनि उनीहरूमा मोटोपनको समस्या देखिने गरेको हो। ग्लुकोज अर्थात् चिनीले खनिज  तत्वहरूको सञ्चित तथा भण्डारणमा पनि कमी ल्याउँछ। शिशुहरूमा दाँतको समस्याको कारकतत्व पनि चिनी हुन सक्छ। अत्यधिक चिनीको सेवनले मानसिक एकाग्रतामा कमी, झर्किने बानी तथा डिप्रेसन गराउँछ। यसले मिर्गौलामा पनि नकारात्मक असर  गर्नुका साथै शरीर पनि सुन्निन सक्छ। धेरै गुलियो खानेहरूलाई पेटको समस्या, हड्डी खिइने समस्या, टाउको दुख्ने तथा माइग्रेनको समस्या बढी हुने गरेको छ।
चिनीको यति धेरै बेफाइदा भए पनि 'चकलेट' केही गुणकारी हुन्छ। चकलेटको सेवनले रक्तसंचार राम्रो हुनु, रक्तचाप नियन्त्रणमा ल्याउनुका अतिरिक्त रक्तनलीमा रगतको क्लट -थोरै जमेको टुक्रा) बन्ने खतराबाट मुक्त गर्छ। चकलेटमा राखिएको 'कोका' अर्थात्  फ्लाभनोलको प्रयोगले गर्दा त्यस्तो भएको हो। सामान्यतया चकलेटमा ७ देखि ८० प्रतिशतसम्म कोका प्रयोग गरिएको हुन्छ। सेतो तथा मिल्क चकलेटमा कम मात्रामा कोका हुन्छ भने कालो -चकलेटी) चकलेटमा ८० प्रतिशतसम्म कोका हुन्छ। यद्यपि चकलेट  सेवनबाट लाभान्वित हुन चकलेटको प्रयोगमा नियन्त्रण गर्नुपर्छ। एकदिनमा एक औंन्स अर्थात् करिब २८ ग्रामभन्दा बढी चकलेट खानु हुँदैन।
हाम्रो समाजमा रङ्गीचङ्गी मिठाई खाने चलन बढ्दो छ। हरेक चाडपर्वमा पसलमा सजाइएका मिठाईहरू किन्ने चलन बढ्दै गएको छ। घरमा विभिन्न किसिमका मिठाई बनाउन धेरै किसिमका सामान जुटाउनु मात्र पर्दैन सोहीअनुसारको सीप पनि चाहिन्छ। घरमा  मिठाई वा अन्य परिकार बनाउन श्रम, सीप र समय खर्चिएर पनि आकर्षक परिकार बन्न गार्‍हो हुन्छ। त्यसैले हामी आकर्षक मिठाईहरूका लागि बजारतिर भौतारिन्छौं। बजारका मिठाईमा अनावश्यक रंग, पि्रजर्भेटिभ्स तथा एडेटिभ्स जस्ता रसायनहरू प्रयोग  गरिएको हुन सक्छ। चाडपर्वमा खाद्यपदार्थमा गुणस्तरहीन वस्तु मिसाइने सम्भावना बढी हुन्छ। यस किसिमका रसायन तथा रंगले पेटको गडबडी गराउनुका साथै पखाला लाग्ने सम्भावना पनि बढाउँछ। कतिपय रंगले दीर्घकालीन असर गर्न सक्छ। मिठाईहरू तथा  प्याकेटका खानेकुरा कुहिन वा बिग्रनबाट जोगाउन विभिन्न किसिमका रसायन पि्रजर्भेटिभ्स प्रयोग गरिएको हुन्छ। त्यसबाट जिब्रोमा खटिरा आउने सम्भावना हुन्छ। बालबालिकाहरूले यस्ता मिठाई सेवन गरे चाँडै असर पुग्छ। यस्ता रसायनले पेट पोल्ने, मुखमा  अमिलो पानी आउने, सास गन्हाउने समस्या हुन सक्छ।
धेरै तेल, घिउ प्रयोग गरेका तथा तारेका वा फ्राई गरेका खानेकुरालाई हामी उच्च प्राथमिकतामा राख्छौं। स्वास्थ्यका दृष्टिकोणले चिल्लो खानेकुराले पनि धेरै रोगलाई जन्म दिनसक्छ। १ ग्राम बोसोले ९ किलो क्यालोरी अर्थात् कार्बोहाइड्रेडको तुलनामा दुई गुणा  शक्ति दिन्छ। चिल्लो अर्थात् तेल, घिउ वा बोसोले मोटोपन, मुटु तथा धमनीका रोगहरू, उच्च रक्तचाप र मधुमेहलाई निम्त्याउन सक्छ। यसले खाना अपच गराउने, कब्जियत वा पखाला लगाउने, आन्द्राका रोगहरू, पित्तथैलीमा समस्या र पत्थरी तथा आन्द्राको  क्यान्सर हुन सक्छ। खानेकुराहरू फ्राई गरेर पकाउँदा स्वादिलो त हुन्छ तर बढी चिल्लो हुनुका साथै त्यसमा पाइने अधिकांश पौष्टिक तत्व नष्ट भएर जान्छ।
हाम्रो खानामा मसला तथा पिरो पनि प्रयोग गरिएको पाइन्छ। मसलेदार तथा साँधेको अमिलो अचारले एसिडिटी बढाउनुका साथै पेटको अल्सर गराउँछ भन्ने मान्यता छ। पेट रोग विशेषज्ञ डा एरनोल्ड लेभी र उनका सहयोगीहरूले गरेको एक अध्ययनले पिरो  खानेकुराले पेटको माथिल्लो मुख -अप्पर स्पिन्चर) खुल्छ, जसले गर्दा पेटमा रहेको एसिडमाथि -ओसोफेगस्मा) जान्छ। त्यसले यस्ता खानेकुराले मुखमा अमिलो पानी आउने, डकार आउने तथा पेट पोल्ने हुनसक्छ। डा लेभीको अध्ययनले पेट पोल्ने समस्याले  सताएका मानिसले चिल्लो, पिरो, मसलेदार खानेकुरा खान छाडेपछि यस्ता समस्या पनि कम भएको देखायो। त्यसैले पेटका समस्या भएका मानिसले चिल्लो, पिरो, अमिलो अनि मसलेदार खानेकुराभन्दा पनि त्यसका विकल्पका बारेमा सोच्नु उपयुक्त हुन्छ। चिल्लो,  पिरो अनि मसलेदार खानेकुराले मानिसको रक्तसंचारमा वृद्धि गर्छ भन्ने वैज्ञानिक मान्यता पनि छ। यसले शरीरको तापक्रम पनि वृद्धि गर्छ। कतिपय मसलाले विभिन्न किसिमका पाचनरसको उत्पादनमा पनि वृद्धि गर्छ। कालो मरिचमा भिटामिन सी, ए र केही  खनिज पर्दाथका साथै प्रोटिन पनि पाइन्छ। जोर्नीहरूको पीडा, टाउको दुखेको, ज्वरो आएको, यौन दुर्बलता मात्र होइन, खाना अपच भएको अवस्थामा पनि कालो मरिच प्रयोग गरिन्छ। कालो मरिचले कसरी यस्ता समस्यालाई ठीक गर्न सहयोग गर्छ भन्ने कुरा  खुल्न अझ बाँकी नै छ।
चाडपर्वको रमाइलो वातावरण तथा विभिन्न परिकारको सुगन्धले जिब्रो रसाएको अवस्थामा के खाने र के नखाने भन्दा पनि अलिअलि सबै कुरा खाँदा खासै फरक पर्दैन। यद्यपि आफ्नो नियमित खानामा गुलियो, चिल्लो, पिरो, नुनिलो आदि खानेकुरामा कमी  ल्याउनु उचित हुन्छ। दिदीबहिनीहरूले तिहारमा आफ्नै हातले बनाएका खानेकुरा ख्वाउनाले अनावश्यक रंग एवं रसायनबाट बच्न सकिन्छ। संयमित भएर उचित मात्रामा खाए सेल, अनरसा, अचार, फलफूल, मिठाई, पान तथा मसलाले स्वास्थ्यलाई फाइदा  पुर्‍याउनुका साथै मनलाई सन्तोष पनि प्राप्त हुन्छ। यसले तिहारको रमाइलोलाई अझ वृद्धि गर्छ। आफ्ना दाजुभाइलाई गुलियो, चिल्लो, पिरो, अमिलो अनि मसलेदार खानेकुरा भन्दा फलफूल खान बढी जोड दिनुपर्छ। naari

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध