होलीमा रंग, रमाइलोमा नगरौं हेलचेक्रयाइँ



  • लोला र रंगले दम, एलर्जी, अन्धोपना, बहिरो  
  • भाङले  हृदयाघात, मस्तिष्काघात

रंगहरूको पर्व होली आउँदै छ । कसलाई कसरी रंगाउने वा भिजाउने भन्ने योजना प्रायःले बनाइसकेका छन् । तर केही सावधानी नअपनाउने हो भने यो रमाइलो चाड तपाईंलाई समस्यामा पारेर बिदा हुन सक्छ ।
विशेषज्ञहरूका अनुसार, असुरक्षित होलीमा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, सुन्ने क्षमता गुमाउने, छाला सम्बन्धी विभिन्न समस्या हुने, एलर्जी, दम जस्ता समस्या देखिने हुन सक्छ । होलीमा उपयोग गरिने रंगमा भएको रसायन खतरनाक हुन्छ । होली खेल्ने बेला रंगरअबिरलाई मुख, नाक, आँखा, कानभित्र पस्न दिनु हुँदैन । होली खेल्दा धेरैजसो व्यक्तिलाई प्रायः छाला पोल्ने, रंग परिवर्तन हुने र छाला सुक्खा हुने जस्ता समस्या पाउने गरिएको छ ।
छाला सुक्खा हुनुको कारण रंगको अत्यधिक उपयोग हो, धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा। धर्मेन्द्र कर्ण भन्छन्, यसैले गर्दा थुप्रै प्रकारका रसायनहरूले छालाको भित्री सतहलाई नोक्सान पुर्‍याउँछन् । रंगमा भएको रसायनले छाला पोल्ने, एलर्जी हुने, डाबर वा बिमिरा निस्कने जस्ता समस्या निम्त्याउँछ ।
होलीमा सम्भव भएसम्म प्राकृतिक रंगको उपयोग गर्नुपर्छ । पुरानो जमानामा उपयोग गरिने प्राकृतिक रंगले नै होली खेल्नु छाला र स्वास्थ्यका लागि सही हो । बजारमा पाइने रंगमा माटो, चुन, सिसा, अभ्रख, मर्करी जस्ता हानिकारक तत्त्व मिसाइएको हुन्छ । रंग रसायन र हर्बल दुवै प्रकारले बनाइन्छ । हर्बल रंग भने राम्रो हो ।
हाल बजारमा जैविक अबिरसमेत पाउन थालिएको छ, त्रिवि रसायन शास्त्र केन्द्रीय विभागका डा। विनयकुमार झा भन्छन्, हरियो अबिर तुलसीको पत्ता र पहेंलो अबिर बेसारले बनाइन्छ । यस्तो प्राकृतिक रंग खतरनाक हुँदैन ।
यस्तै, इको फ्रेन्ड्ली र शरीरलाई नोक्सान नपुर्‍याउने रातो अबिर तयार पार्न रक्त चन्दन उपयोग गर्न सकिन्छ । रक्त चन्दनको दुई चम्चा अबिर पाँच लिटर पानीमा उमालेर अनि त्यसमा चार गुणा बढी पानी हालेर पनि धेरै पानी रंग बनाउन सकिन्छ । होलीको रंगमा थुप्रै मात्रामा बाइल कलर, केमिकल डाई, विषाक्त पदार्थ र नोक्सानी पुर्‍याउने तत्त्व हुन्छन् । डन्डिफोर र छालाको समस्यासँग जुधिरहेकाहरूलाई यस्ता रासायनिक रंगले झन् समस्यामा पार्न सक्छन् ।
होलीमा रासायनिक रंग उपयोग गर्नु खतरनाक हो, डा। कर्ण भन्छन्, होली खेल्दा यस्तो लुगा लगाउनुस् जसले तपाईंको शरीरको बढी भाग छोपिएको होस् । टोपी लगाएर होली खेल्दा कपालको बचाउ हुन्छ । होली खेल्नुअघि शरीरमा कुनै तेल वा मोइस्चराइजर लगाए यसले गर्दा रंग छालाभित्र जान पाउँदैन ।
अबिर बनाउन थुप्रै रसायनको उपयोग गरिने भएकोले यो धेरै हानिकारक हुन्छ, डा। झा भन्छन्, कालो रंग लेड अक्साइले निर्माण गरिन्छ । यसले गर्दा मृगौलाको समस्या देखिन सक्छ । हरियो रंग कपर सल्फेट (निलो तुथो) ले बन्छ, जसले आँखामा एलर्जी वा अस्थायी अन्धोपना ल्याउन सक्छ, छाला रोग हुन सक्छ । बैजनी रंग क्रोमियम आयोडाइडले बन्छ । यसले दम र एलर्जी हुन सक्छ । चम्किलो रंग एल्मुनियम ब्रोमाइडले बनाइन्छ । यो क्यान्सरको कारक हुन सक्छ । नीलो रंग पर्सियन ब्लु नामक रसायनले बन्छ, जसले छालामा एलर्जी उत्पन्न गर्न सक्छ । रातो रंग मर्करी सल्फेटले बन्छ । यसले छालाको क्यान्सर र बुद्धि मन्द हुन सक्छ । सुक्खा अबिरमा एसवेस्टस र अभ्रख मिसाइन्छ । यसले दम, छाला र आँखामा जलन र संक्रमण हुन सक्छ ।

होली खेल्नुअघि
उसो त होलीमा रासायनिक रंगको उपयोग नगर्नु नै राम्रो, तर रंग खेल्नैपरे केही उपाय अपनाउँदा तपाईं छाला र कपाल सम्बन्धी बढी समस्या हुनबाट जोगिन सक्नुहुन्छ । डा। कर्णका अनुसार, रंग खेल्नुअघि शरीरका खुला भागहरू ९अनुहार, हात लगायत० मा मोइस्चराइजर र फाउन्डेसन लगाउनुपर्छ । कपालमा तेल लगाउनुपर्छ । नङमा पालिस लगाउनुपर्छ । रंग खेल्नुअघि नङ काट्नुपर्छ ।

होली खेलेपछि
रंगरअबिरले गर्दा हुने छाला पोलाइ कम गर्न अनुहार राम्ररी सफा गरेपछि मोइस्चराइजर उपयोग गर्नुपर्छ । यसले छालाको सुक्खापनमा कमी आउनेछ । छालालाई बारम्बार साबुनले धुनु हुँदैन, डा। कर्ण भन्छन्, यसो गर्दा छाला सुक्खा हुन्छ, पोल्छ । सम्भव भएसम्म फेसवास अर्थात् नरम साबुन उपयोग गर्नुपर्छ । रंग हटाउन छाला बेस्सरी माड्नु हुँदैन । जीउ, टाउकोमा भएको सुख्खा रंग पुछेपछि मात्रै नुहाएर अन्य रंगहरू सफा गर्नुपर्छ ।

होलीमा के गर्ने 
    परमानेन्ट रंगबाट टाढै बस्नुपर्छ
    टल्किने सिल्भर, गोल्डेन रंग उपयोग गर्नु हुँदैन
    अबिरमा सिलिका हुनाले छालालाई नोक्सान पुर्‍याउँछ
    राम्रो गुणस्तरयुक्त रंग उपयोग गर्नुपर्छ
    पानीमा घुलनशील रंग उपयोग गर्नुपर्छ
    अबिर पाउडर जस्तै हुनुपर्छ, दाना भएको रुखो हुनु हुँदैन
    प्राकृतिक रंग उपयोग गर्नुपर्छ

आँखामा रंग परे
होली खेल्दा धेरैजसोको आँखामा रंग पर्ने समस्या देखिन्छ । यी रंगमा रसायन भएकोले यस्तो हुँदा आँखा रातो हुनुका साथै पोल्छ, आँसु बग्छ, सुन्निन्छ । रंगले आँखाको कर्निया वा कन्जेक्टाइवालाई नोक्सान पुर्‍याउँछ । कन्जेक्टाइवा आँखाको सेतो भाग हो । यो सेतो भागमा रंगले गर्दा रातोपना र घाउ हुन सक्छ । अबिरमा उपयोग गरिने टल्किने अभ्रखले समेत कर्नियालाई नोक्सान पुर्‍याउन सक्छ ।
आँखामा रंग वा कुनै रसायन गए तुरन्त सफा गर्नुपर्छ । उमालेर चिसो पारेको खाने पानीले बीसदेखि तीस मिनेटसम्म आँखा धुनुपर्छ । यसरी आँखा धुँदा पानी बेसरी छ्याप्नु हुन्न । दृष्टिमा धमिलोपन, आँखामा पीडा वा रातोपनामध्ये कुनै एक मात्रै लक्षण देखिए पनि तुरुन्त नेत्र विशेषज्ञको सल्लाह लिनुपर्छ । यस्तो हुँदा आँखा माड्नु हुन्न । नेत्र चिकित्सकको सल्लाह लिनुअघि आफैंले वा पसलमा सोधेर औषधि हाल्नु हुँदैन ।

लोलाले अन्धो
लोलाले गर्दा आँखाको दृष्टि गुमेको उदाहरण हामीले आफ्नै अस्पतालमा देखेका छौं, बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा। डीएन साह भन्छन् । लोलाले गर्दा आँखामा चोट लाग्न सक्छ । लोलाले आँखामा तीन प्रकारको क्षति पुर्‍याउन सक्छ( यान्त्रिक घाउ, रासायनिक घाउ र आँखाको बाहिरी सतहमा घाउ ।
लोला प्रहारले आँखामा हुने यान्त्रिक घाउमा आँखाको बाहिरी सतहदेखि भित्री भागसम्म असर पर्न सक्छ । यस्तै, लोलामा रंग र रसायन भरिएको हुन्छ । लोला फुट्दा यसमा भएको रंग र रसायनले आँखामा रासायनिक घाउ उत्पन्न गर्छ । रासायनिक घाउको स्थिति भने लोलामा उपयोग गरिएको रसायन, रंग आदिको मात्रामा निर्भर हुन्छ । लोलाका कारण आँखामा रगत आउनुको साथै रेटिना च्यातिन सक्छ, फुलो पर्न सक्छ ।

लोलाले बहिरो
लोला प्रहारले कानमा समेत समस्या उत्पन्न गर्छ । लोलाले कानको जाली फुट्ने, नसा नष्ट हुने सम्भावना उच्च हुन्छ, त्रिवि शिक्षण अस्पताल, नाक, कान घाँटी विभागका डा। राकेशप्रसाद श्रीवास्तव भन्छन्, ुलोला प्रहारले सुन्ने क्षमता प्रभावित हुन्छ, बहिरो समेत बनाउन सक्छ । लोला लागेर नाकबाट रगत आउने समस्या समेत पाउने गरिएको छ ।

रंगले दम
होलीमा दमका रोगीले झन् बढी सावधानी अपनाउनुपर्छ । ुदम रोगीले सकेसम्म सुक्खा रंगको प्रयोगबाट जोगिनुपर्छ, वरिष्ठ छाती रोग विशेषज्ञ डा। काशीकान्त झा भन्छन् । सुक्खा रंगमा भएका रसायन र एलर्जी उत्पन्न गर्ने तत्त्वहरू सासको माध्यमले फोक्सोमा पुग्छन् । अनि दमको आक्रमण बढ्न सक्छ ।

भाङ र रक्सीको उपयोग
होलीमा रक्सी, भाङ आदिको उपयोग पनि गरिन्छ । तराईतिर होलीमा भाङ हालिएको सर्बत, लस्सी, पेडा जस्ता मिठाईहरू बढी मात्रामा सेवन गरिन्छ । भाङ खाँदा त्यसको असर मस्तिष्कमा पर्छ । भाङ खानेहरूमा युफोरिया (रमाइलो लाग्ने सक्रियता बढ्ने०, एङ्जाइटी हुने, स्मरणशक्तिको असन्तुलन हुने, साइकोमोटर परफर्मेन्स जस्ता समस्या देखिन्छ । भाङले मुटुको चालमा वृद्घसिँगै रक्तचाप समेत बढाउँछ । भाङको मात्रा बढी हुँदा उल्टो असर देखिन थाल्छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीका अनुसार यसको अत्यधिक मात्रामा सेवनले हृदयाघात, मस्तिष्काघात जस्ता खतरा उत्पन्न हुन सक्छन् ।
भाङको बढी मात्राबाट शरीरमा हुन सक्ने खराबीसँग जुध्न बिरामीलाई अस्पताल भर्ना गर्न सकिन्छ । स्नायु प्रणालीमा परेको असर हटाउन समय लाग्छ । प्रभावितलाई शरीरमा पानीको कमी हुन नदिन ग्लुकोज सेवन गराउनुपर्छ ।
उसो त रक्सी नखानु नै राम्रो तर होलीको उमंग र मस्तीमा मन कहाँ मान्छ र रु तर रक्सी खाली पेटमै खाने भने गर्नु हुन्न । डा। रेग्मीका अनुसार, सामान्यतः कुनै पनि शारीरिक समस्या नभएका स्वस्थ व्यक्तिहरूले एक दिनमा दुई पेग हार्ड ड्रिंक, एक ग्लास वाइन र एक बोतल बियर खाएसम्म खासै बिगार गर्दैन । हार्ड ड्रिंक भन्नुको अर्थ ह्विस्की, जिन, रम, भोडका जस्ता ४५ प्रतिशत अल्कोहल भएको रक्सी हो । यसको दुई पेग भन्नुको अर्थ जम्मा ६० मिलिलिटर हो ।
एक ग्लास भन्नुको अर्थ दुई सय मिलिटिर वाइन हो, डा। रेग्मी भन्छन्, वाइनमा १२ प्रतिशत अल्कोहल हुन्छ । यस्तै, एक बोतल अर्थात् ७ सय ५० मिलिलिटिर बियरले खासै असर गर्दैन । तर, बियरमा अल्कोहलको मात्रा भने ४ प्रतिशत हुनुपर्छ । तर कलेजो, मुटुको समस्या, युरिक एसिड लगायत रोग भएकाहरूले भने न्यून मात्रामा समेत मद्यपान नगर्नु नै राम्रो हुन्छ । ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध