नबिलको अवकाश कोष व्यवस्थापन सेवा

नबिल इन्भेस्टमेन्ट बैंकिङले कर्मचारी सञ्चय कोष जस्तै अवकाश कोष व्यवस्थापन (रिटायर्डमेन्ट फन्ड म्यानेजमेन्ट) सेवा सुरु गर्ने भएको छ । नबिल बैंकको सहायक संस्थाका रूपमा रहेको यस कम्पनीले सञ्चालनका लागि सरकारसँग अनुमति मागेको छ । 'सेवा सञ्चालनका लागि आवश्यक तयारी गरिरहेका छौं,' नबिल बैंकका प्रमुख लगानी अधिकृत भुवन दाहालले भने, 'नबिल इन्भेस्टमेन्ट अन्तर्गत वा छुट्टै कम्पनी खोलेर सेवा दिने योजनामा छांै ।'
हाल अवकाश कोष योजना कर्मचारी सञ्चय कोषले मात्र सञ्चालन गरिरहेको छ । सञ्चय कोषसँग विभिन्न संस्थामा कार्यरत कर्मचारीको १ खर्ब २ अर्ब ४१ करोड रुपैयाँ छ । ४५ लाख कर्मचारी आबद्ध कोषमा २८ हजार कार्यालयले सुविधा लिइरहेका छन् । ठूलो बजार हुनुका साथै प्रतिस्पर्धी नभएकाले नबिल बैंकले सहायक कम्पनी मार्फत यस्तो सेवा सुरु गर्ने तयारी गरेको हो ।
कोष सञ्चालन गर्नका लागि १ करोड रुपैयाँ चुक्ता पुँजी र १० हजार ग्राहक आवश्यक हुन्छ । इन्भेस्टमेन्ट बैंकिङको १० करोड रुपैयाँ चुक्ता पुँजी भएकाले सेवा सञ्चालन गर्न सकिने दाहालले बताए । नबिलले अवकाश कोष मार्फत सञ्चय कोषले जस्तै विभिन्न कम्पनीमा कार्यरत कर्मचारीलाई योजना बिक्री गर्ने छ । निजी तथा सरकारी सेवामा कार्यरत कर्मचारीले योजनामा सहभागी हुन पाउने छन् । योजना अनुसार रोजगार रहेको समयमा तलबको निश्चित रकम कोषमा जम्मा हुने छ । अवकाश पाएपछि उक्त रकम एकमुष्ट फिर्ता दिने वा पेन्सनका रूपमा आजीवन प्रदान गर्ने योजना कम्पनीले ल्याउने जनाएको छ । 'अन्तर्राष्ट्रिय मान्यता अनुरूपका सबै अवकाश कोषका योजना हामीले लागू गर्ने तयारी गरेको हौं,' दहालले भने ।
यससँगै बैंकले विदेशमा शाखा खोल्ने पुरानो योजनालाई पनि अघि बढाएको छ । २००८ मा बैंकले लिएको ५ वर्षे रणनीतिक योजना अनुरूप विदेशमा शाखा खोल्नका लागि काम अघि बढाइएको थियो । यसका लागि बैंकमा 'अन्तर्राष्ट्रिय बैंकिङ युनिट' ले काम गरिरहेको दाहालले बताए । उक्त युनिटले २००८ मै भुटानमा शाखा खोल्नका लागि सबै अध्ययन पूरा गरे पनि अन्तिम समयमा रोकिएको थियो । भुटानको केन्द्रीय बैंकले थप वाणिज्य बैंक र विदेशीको शाखा खोल्न नदिने नीति लिएपछि काम रोकिएको थियो ।
'हामी दक्षिण एसियाली मुलुकमा साझेदारी, शाखा वा प्रतिनिधि कार्यालय खोल्नका लागि अध्ययन गरिरहेका छौं,' दाहालले भने, 'विभिन्न मुलुकको अध्ययन भइरहेको छ ।' कम्बोडिया, भियतनाम, बर्मा लगायत मुलुकका प्रावधानबारे बैंकले अध्ययन गरिरहेको हो । विदेशमा शाखा खोल्नका लागि चुक्ता पुँजी वृद्धि आवश्यक हुन सक्ने भएकाले यस सम्बन्धी तयारी पनि बैंकले गरेको छ । 'बोन्ड जारी गरेर पुँजी बढाउने काम अघि बढाउँछौं,' दाहालले भने ।
नबिल इन्भेस्टमेन्टलाई सम्पूर्ण इन्भेस्टमेन्ट कम्पनीको काम गर्ने संस्थाका रूपमा अघि बढाउने योजना बैंकले लिएको छ । पोर्टफोलियो व्यवस्थापनको काम गरिरहेको इन्भेस्टमेन्टले सामूहिक लगानी कोषका लागि पनि आवेदन दिएको छ ।
नबिल बैंकमा सबैभन्दा ठूलो लगानी रहेको एनबी इन्टरनेसनलका बंगलादेशी कन्ट्री म्यानेजर माहियुद्दिन अहमदले बैंक रणनीतिक योजना अनुसार अघि बढिरहेको बताए । 'बैंकको व्यवस्थापनबाट सबै सन्तुष्ट छौं,' उनले भने, 'स्थानीय विशेषज्ञ सामेल भएकाले बैंकले अझै उचाइ लिने छ ।' मर्जरको कुनै सोच नबनाए पनि 'भ्यालु एड' हुने भए यसबारे सोच्न सकिने उनी बताउँछन् ।
बैंकले इन्भेस्टमेन्ट बैंकिङ, बैंकास्योरेन्स, रेमिट्यान्स, जलविद्युत् इकाई लगायतमा विशेष ध्यान दिने योजना बनाएको छ । यसका साथै बैंकले मोबाइल बैंकिङलाई पनि परिर्माजित गर्नेे भएको छ । 'अन्य बैंकसँग पनि जोडिने गरी मोबाइल बैंकिङको काम गर्ने तयारीमा छौं,' दहालले भने । सूचना प्रविधि र ग्राहक सेवामा ध्यान पुर्‍याउने योजना सुरु भइसकेको उनी बताउँछन् ।
बैंकले दिएको तथ्यांक अनुसार एनबी इन्टरनेसनलले १९९९ मा नबिलको ५० प्रतिशत सेयर खरिद गरेको हो । त्यसयता बैंकको खुद नाफा ४ सय २ प्रतिशतले बढेको छ । यही अवधिमा निक्षेप ४ सय २५, ऋण लगानी ५ सय ७२ प्रतिशतले बढेका छन् । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । नबिल विदेशी संयुक्त लगानीमा स्थापित मुलुकको पहिलो वाणिज्य बैंक हो ।
२०६८ मंसिर २६, ekantipur
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध