बढ्दैछन् मधुमेह रोगी

शरीरमा चिनी अर्थात् ग्लुकोजको व्यवस्थापन र उपयोग गर्न सहयोग गर्ने इन्सुलिनको कमी भएमा वा कुनै कारणवश यसको काममा अवरोध आएमा रगतमा चिनीको मात्रा बढ्ने अवस्थालाई हामी मधुमेह भन्ने गर्छौ । यो एक दीर्घरोग हो, जसले विस्तारै शरीरका सम्पूर्ण प्रणाली प्रभावित गर्छ । खासगरी यसले शरीरका मुख्य संवेदनशील अंगहरूः जस्तै आँखा, मृगौला, मुटु, स्नायु र खुट्टामा असर गरी विभिन्न समस्या निम्त्याउँछ ।
हाल विश्वभर नै मधुमेह रोग एक विकराल स्वास्थ्य समस्याको रूपमा देखापरेको छ र दिनानुदिन यो संख्या बढ्ने क्रममा देखिन्छ । विश्व स्वास्थ्य संगठनको एक तत्थ्यांकअनुसार सन् २००० मा २.८५ प्रतिशत जनसंख्यालाई मधुमेह भएको र सन् २०३० सम्ममा यो संख्या झन्डै दोब्बर अर्थात् ४.४५ प्रतिशत हुने अनुमान गरिएको छ । यीमध्ये करिब ७० प्रतिशत बिरामी विकासोन्मुख देशमा र त्यसमा पनि करिब आधाभन्दा बढी मधुमेहका बिरामीको हिस्सा एसियाली मुलुकहरूमा हुने आँकडा छ । हाल विश्वमा करिब २८४ मिलियन मधुमेहका रोगी भएको र प्रत्येक दस सेकेन्डमा दुई जना नयाँ मधुमेहका बिरामी थपिने, एकजना भन्दा बढी व्यक्तिको मधुमेहजन्य समस्याबाट मृत्यु हुने गरेको छ । जसमध्ये ८० प्रतिशत मृत्यु विकासोन्मुख देशमा हुने गरेको तत्थ्यांकमा देखाइएको छ ।
नेपालमा पनि मधुमेह रोग एक प्रमुख स्वास्थ्य समस्याको रूपमा देखापरेको छ । खासगरी सहरी क्षेत्रका वासिन्दमा अत्यन्तै बढ्दो मात्रामा देखिएको छ । नेपाल मधुमेह संघको एक प्रतिवेदनअनुसार सहरी क्षेत्रमा २० वर्ष माथिका कुल जनसंख्यामध्ये १५ प्रतिशत र ४० वर्ष माथिका करिब १९ प्रतिशतमा मधुमेह रोग भएको देखाइएको छ । हाल नेपालमा करिब आठ लाख मधुमेहका बिरामी रहेको अनुमान गरिएको छ । बढ्दो सहरीकरणसँगै शारीरिक व्यायामको कमी, खानपिनमा आएको परिवर्तन, मोटोपनको नै यो रोग फैलनुका प्रमुख कारक तत्त्व हुन् । ९०-९५ प्रतिशत मधुमेहका बिरामी खासगरी वयस्क अर्थात् ४० वर्ष माथिकालाई हुने गर्छ । जसलाई दोस्रो प्रकारको मधुमेहमा वर्गीकरण गरिएको छ । बच्चाहरूमा देखिने पहिलो प्रकारको मधुमेह पनि वाषिर्क ३ प्रतिशतले बढेको छ । जसअनुसार प्रत्येक वर्ष संसारमा ७०,००० बालबालिका यस समस्याबाट प्रभावित हुने अनुमान छ । तेस्रो प्रकारको मधुमेह गर्भावस्थामा देखिन्छ । जसबाट करिब एक प्रतिशत गर्भवती महिला प्रभावित हुने गरेको पाइन्छ । धेरैमा शिशु जन्मेपछि मधुमेहको अवस्था हटे पनि कतिपय महिलामा यो रोग जीवनभर नै हुनसक्छ ।
मधुमेह सरुवा रोग होइन, तर यो हुने कारणहरूमध्ये वंशानुगत पनि प्रमुख कारणको रूपमा देखिएको छ । बुबाआमामध्ये एकजना अथवा दुवैजनामा मधुमेह भएमा छोराछोरीलाई पनि हुने सम्भावना अत्यन्तै बढी हुन्छ । अतः परिवारमा मधुमेह भएमा अन्य व्यक्ति विशेष सचेत हुनु आवश्यक छ । मधुमेह रोग भएमा देखिने प्रमुख लक्षणमा धेरै पिसाब हुने, तिर्खा ज्यादै लाग्ने, भोक धेरै लाग्ने र राम्ररी खाए पनि दुब्लाउँदै जाने, बराबर घाउखटिरा आउने तर छिटो निको नहुने, बेहोश हुने, आँखा धमिलो हुनेजस्ता लक्षणहरू देखापर्न सक्छन् । यद्यपि कतिपयमा यी लक्षण नहुन पनि सक्छन् । रगतमा ग्लुकोजको मात्रा जाँच गरेपछि मात्र यस रोगको निदान गर्न सकिन्छ ।

मधुमेह हुँदा आँखामा देखिने असर
मधुमेहले शरीरका अन्य भागहरू जस्तै- आँखाको दृष्टि पर्दा (रेटिना) का रक्त नसाहरूमा असर पुर्‍याई दृष्टि कमजोर पार्नुका साथै व्यक्तिलाई अन्धोसमेत  बनाउन सक्छ । जसलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ । रेटिना आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्त्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो । जसलाई नाङ्गो आँखाले देख्न सकिँदैन । मधुमेहले असर गर्दा सुुरुमा रेटिनामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुजन देखापर्छ । तर यदि समयमै उपचार (लेजर पद्धति) नभए नयाँ-नयाँ रक्तनसाको वृद्घकिा साथै अत्यधिक रक्तस्राव हुने, पर्दा खुम्चिने, उप्कने र जलविन्दुको समस्या भई दृष्टि सधैंका लागि गुम्ने हुन्छ । सुरुको अवस्थामा बिरामीलाई कुनै पनि लक्षण देखिँदैन, तर दृष्टि धमिलो हुँदा रेटिनामा धेरै असर तथा क्षति भइसकेको हुन्छ । जसबाट दृष्टि बचाउन धेरै नै गाह्रो हुन्छ । नेपालजस्तो विकासोन्मुख देशमा यो संख्या निकै बढी हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ । सही ज्ञानको अभावका कारण धेरै बिरामी दृष्टि धमिलो भएपछि मात्र आँखा जचाउन आउने हुँदा यो रोगले आँखामा धेरै असर पुर्‍याइसकेको हुन्छ र दृष्टि बचाउन निकै गाह्रो पर्छ । डाइबेटिक रेटिनोपेथीको कारण मधुमेह भएको १५ वर्षको अवधिमा २ प्रतिशत मधुमेहका बिरामी दृष्टिविहीन हुने र १० प्रतिशतमा ज्यादै न्यून दृष्टि हुने गरेको देखिएको छ ।
रेटिनामा छिटो असर देखापर्ने अन्य कारणहरूमा सानै उमेरमा देखापर्ने मधुमेह, रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा नहुनु, साथमा उच्च रक्तचाप, रगतमा चिल्लो पदार्थको अधिकता, मृगौलाको समस्या, धूमपान सेवन, मोटोपन, रक्तअल्पता र गर्भावस्था प्रमुख मानिन्छन् । मधुमेहका बिरामीमा आँखामा देखापर्ने अन्य समस्यामा आँखाको परेलामा पटक-पटक खटिरा (आनो) देखापर्ने, दृष्टि तिरमिर हुने, चस्माको पावर छिटोछिटो परिवर्तन हुने, आँसुको कमी (सुख्खापन बढ्ने), आँखाको संक्रमण बढी हुने, मोतीविन्दु छिटो देखापर्ने र जलविन्दुको सम्भावना बढी हुन्छ । हाल विश्वमा भएका कुल दृष्टिविहीनमध्ये ४.८ प्रतिशत मधुमेहका कारण भएको पाइएको छ ।
मधुमेहले हुने अन्धोपनबाट बच्ने उपाय ४० वर्ष नाघेका र परिवारमा मधुमेह हुने व्यक्तिहरूले नियमित रगतमा ग्लुकोजको जाँच गराइराख्नुपर्छ, ताकि समयमै रोग पत्ता लगाउन सकियोस् । प्रत्येक वर्ष कम्तीमा एकपटक आँखाको रेटिना परीक्षण गराउनुपर्छ । उच्च रक्तचाप, चिल्लोपनाको अधिकता, मृगौलामा असर भएका  र धूमपान गर्ने व्यक्तिहरू तथा गर्भावस्थामा रेटिनामा असर धेरै देखापर्ने हुँदा यस्ता व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्छ । यदि मधुमेहका बिरामीको रेटिनामा असर देखा परिसकेको भए नेत्र विशेषज्ञले भनेको समयमा नियमित परीक्षण र आँखाको उपचार गराउनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ, जुन खानपिनमा परहेज, शारीरिक व्यायाम र औषधीको प्रयोगले सजिलै नियन्त्रण गर्न सकिन्छ । यी सावधानी अपनाउन सकेको खण्डमा मधुमेहले गर्दा हुने अन्धोपनबाट धेरै हदसम्म बच्न सकिन्छ । स्वास्थ्य शिक्षा र जनचेतनामा अभिवृद्घ िगर्नु नै मधुमेह रोगको रोकथाम र नियन्त्रणको सजिलो र प्रभावकारी उपाय हो ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध