अब झन् हेपिन्छन् महिला


नेपाली समाजमा महिलामाथि विभिन्न किसिमका विभेद भइरहेको अवस्थामा तथ्याङ्क विभागले भर्खरै सार्वजनिक गरेको जनगणना विवरणले महिलामाथि झनै विभेद हुने अवस्था देखाएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको ०६८ सालको जनगणनाको प्रारम्भिक विवरणले नेपाली समाजमा महिला झनै उपेक्षित र अपहेलित हुनसक्ने देखाएको छ । शिक्षा, स्वास्थ्य, रोजगारजस्ता क्षेत्रमा गुणात्मक फड्को नमार्ने हो भने आगामी दिन महिलाका लागि झन् दर्दनाक हुनेछन् ।
जनगणनाको प्रारभिक प्रतिवेदनअनुसार, अहिले नेपालको जनसंख्या २ करोड ६६ लाख पुगेको छ । यसमा पुरुषको संख्या १ करोड २९ लाख (४८.५६ प्रतिशत) र महिलाको संख्या १ करोड ३७ (५१.४४ प्रतिशत) छ । यसको अर्थ अहिले नेपालमा पुरुषभन्दा आठ लाख बढी महिला छन् । त्यसैले पुरुषभन्दा महिलाको संख्या धेरै हुनुका कारण र असरबारे खोजबिन हुन थाल्नुपर्छ । यसका सामाजिक, आर्थिक र जानसांख्यिक असर बारेमा अध्ययन नहुने हो भने मुलुकले निर्धारण गर्ने दीर्घकालीन नीति र कार्यक्रमबाट वाञ्छित उपलब्धि हासिल गर्न सम्भव हुने छैन । घर, परिवार, समाज र समग्र देशमा यो असन्तुलनको कुनै गम्भीर असर पर्छ या पर्दैन ? किनकि असन्तुलित जनसंख्याका आधारमा सन्तुलित विकास र दिगो शान्तिको परिकल्पना गर्न सकिन्न । अहिलेसम्म 'अर्काको घर जाने जात' भन्ने समाजले अब 'छोरा भए बुहारी फालाफाल' भन्न थाल्ने छ । यसले समाजमा छोरा हुनुको महत्त्व अहिलेभन्दा बढ्ने र छोरी हुनु अहिलेभन्दा अपमानित हुनुपर्ने अवस्था पनि आउन सक्छ ।
जनसंख्याविद पदम खतिवडाका भनाइमा, महिलाको संख्या बढ्नु भनेको समाजमा पुरुषले गर्ने सामाजिक, आर्थिक र सांस्कृतिक काम पनि महिलाको जिम्मामा आउनु हो । त्यस्तै बहुविवाहलाई कुनै न कुनै रूपमा स्वीकार गर्दै लैजाने वातावरण बनाउनु हो । किनकि कानुनी रूपमा दण्डनीय भनिए पनि सामाजिक रूपमा अहिले पनि बहुविवाह गर्नेहरू सबैले जेल जानु पर्दैन । अब त 'केटीको संख्या नै धेरै छ' भन्ने नाममा समाजले बहुविवाहलाई सामान्य ठान्ने अवस्था आउन सक्छ । यसको परिणाम समाजमा महिलामाथि उत्पीडन झन्-झन् थपिन सक्छ ।
तर कतिपयका भनाइमा, महिला र पुरुषको संख्यामा देखिएको यो असन्तुलनले तत्कालै केही असर पर्दैन । नेपालमा जनसंख्याको ठूलो हिस्सा क्रियाशील जनसंख्याको छ । जनसंख्याविदहरू यसलाई 'बोनस पपुलेसन' भन्छन् । क्रियाशील उमेर समूहको यो जनसंख्याको मुलुकमा सदुपयोग हुनसकेको छैन । यो जनसंख्याको ठूलो हिस्सा कामको खोजीमा अरब र पूर्वी एसियाली देशतिर हानिएको छ । जब उनीहरू नेपाल र्फकन्छन्, तब जनसंख्याको सन्तुलन आफंै मिल्ने अवस्था आउन सक्छ ।
पछिल्लो जनगणनाले एउटा अनौठा तथ्य पनि बाहिर ल्याएको छ । उमेरले वयस्क जनसंख्याको ठूलो हिस्सा विदेशिएका कारण मुलुकमा जनसंख्या वृद्धिदरसमेत प्रभावित भएको छ । 'सेक्स्युएल्ली एटिक्भ पपुलेसन खाडी गएका कारण फर्टिलिटी रेट घटेको' भन्ने विषय विज्ञका भनाइले उमेर पुगेका केटाकेटी विदेश जानुले समाजमा नयाँ असर देखिएको स्पष्ट गरेको छ । जस्तो कि जनगणनाअनुसार, अहिले १९ लाख १७ हजार युवा विदेशिएका छन् । जसमध्ये १६ लाख ६३ हजार पुरुष र २ लाख ५४ हजार महिला छन् ।
पछिल्लो दस वर्षमा करिब ३५ लाखले जनसंख्या बढेको छ । ०५८ सालको भन्दा यो करिब १५ प्रतिशतले धेरै हो । पछिल्लो दसकमा  जनसंख्या वृद्धिदरचाहिँ घटेको छ । गएको गणनामा २.५ थियो भने यो दर अहिले १.४ मा झरेको छ । बच्चा जन्माउने उमेरका केटाकेटी विदेश जानु र एक वा दुईभन्दा धेरै छोरा नजन्माउने प्रचलन बढ्दै गएका कारण जनसंख्या वृद्धिदर घटेको देखिन्छ । वर्षौंदेखि परिवार नियोजनको चेतनाका लागि डोनरको पैसाले घटाउन नसकेको जनसंख्या वृद्धिदर युवाहरू विदेशिएका कारण ह्वात्तै घटाएको छ । यति हुँदाहुँदै पनि महिलाको संख्या बढ्नुमा छोराको चाहनामा धेरै छोरी जन्माउनु एउटा मुख्य कारण हुनसक्छ ।
जेजस्ता कारणहरू भए पनि समाजमा पुरुषको तुलनामा महिलाको संख्या धेरै देखिनु लैङ्गकि दृष्टिले गम्भीर विषय हो । यसले समाजले महिलामाथि गर्ने उपेक्षा र हेयको भावलाई झन्-झन् बढाइदिन्छ । आरक्षण वा कोटाबाट प्राप्त गरेको अधिकार र अवसरमा पनि पुरुषको तुलनामा धेरै प्रतिस्पर्धा हुन पुग्छ ।
तर यी सबै सम्भावनाका बाबजुद पनि झन्डै ५२ प्रतिशत जनसंख्या रहेका कारण नेपाललाई 'महिलाको देश' भन्न सकिने अवस्थाचाहिँ भएको छ । नीति, योजना र कार्यक्रम जनसंख्याको आधारमा हुनुपर्ने मान्यता स्थापित हुँदै गएको अवस्थामा अब बन्ने संविधानले जनसंख्याको आधारमा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्छ । किनकि अहिले प्रस्तावित संघीय राज्यमा करिब एक चौथाइ जनसंख्यासमेत नपुग्ने जातजातिहरूसमेत सम्बन्धित राज्यलाई आफ्नो जातको नाममा नामकरण गराउन चाहन्छन् भने महिला जनसंख्या ५२ प्रतिशत भएको देशलाई महिलाको देश किन नभन्ने ? यसो भएमा सामाजिक रूपमा महिलामाथि हुने उत्पीडन पनि कम हुँदै जाने थियो कि ?
निर्मला शर्मा, published on ekantipur


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध