रुवाइ : चिनारी
जसरी गजल अरबी साहित्यको उब्जनि हो, त्यसै गरि रुवाइ पनि अरब मुलुककै फारसी भाषाबाट सुरु भएको इतिहास छ । गजललाई नेपालमा भित्र्याउने श्रेय मोतिराम भट्ट लाई जान्छ तर रुवाई कसले भित्र्यायो, दरिलो प्रमाण भेटिएको छैन । तर यसको रचना गरि पुस्तकको रुपमा प्रकाशन गर्ने श्रेय भने साहित्यकार प्रकाश आङ्गदेम्बेलाई जान्छ ।
उनले 'ग्याँसको च्याम्बरमा बुद्ध' रुवाई संग्रह प्रकाशनमा ल्याएका छन् । रुवाई नेपालमा धेरै लामो समयबाट लेखिँदै आए पनि यसलाई असर भने मुक्तक र टुक्रे साहित्यले ग¥यो ।
यस विधामा हजारौं वर्ष अघिबाट लेखिँदै आए पनि यसलाई एघारौं शताब्दीमा जन्मिएका फारसका आदि स्रष्टा अमर खैय्यामले नामकरण गरी पुर्नजन्म दिएका थिए । खैय्यामले लेखेको करिब हजार बर्ष पछि मात्र यसले हाँगिने अवसर प्राप्त ग¥यो । रुवाइ विधा जीवन र जगतमा अति नै नजिक भएर लेखिता पनि खैय्यामको समयमा स्रोत, सामाग्रि, छापा र सञ्चारको विकास नभएको कारण उनको निधनपछि खैय्यामका रचना व्यवस्थित हुन सकेनन् । अन्त्यमा उनका रचना वेवारिसे, लथालिङ्ग भयो ।
एकदिन अग्रेंजी साहित्यकार फिट्ज्जेरल्डले पसलमा सामान किन्दा पसलेले सामान पोको पारेर कागज दियो । उनले त्यस कागजमा लेखिएको कुरा कुनै महत्वपूर्ण हुनुपर्छ भन्ने ठाने अनि नौ वर्ष लगाएर फारसी भाषाको अध्ययन गरे । उनले फारसी भाषामा लेखिएको रुवाई अंग्रेजिमा रुपान्तरण गरेपछि यस बिधाका रचनाले दिन दुई गुना र रात चैगुनाका दरले प्रशंसा पाउन थाल्यो । पछि हिन्दि भाषामा हरिवंश राय वच्चनले ल्याए । हरिवंश भारतिय अभिनेता अमिताभ बच्चनका पिता हुन् ।
अवधिको खाडि बोलिमा रुवाइलाई रोलाइ भनिन्छ । रुवाइको उत्पति हेर्ने हो भने करुण रसबाट आवाज वा शब्द निस्कन्छ । यहि नै रुवाइको पृष्ठ भुमि हो । अहिले नेपाली साहित्यमा पनि रुवाइले विस्तारै आफ्नो स्थान सुरक्षित गर्दै बढेको पाईन्छ । रुवाइका केही नियमहरु निम्न छन् ः
१. दुई शेरमा पुर्ण हुन्छ, शेरहरु अलग अलग हुनुहुँदैन ।
२. एउटै भावमा केन्द्रित हुन्छ ।
३. यसमा रदिफ आवश्यक छैन । भए सुनमा सुगन्ध हुन्छ ।
४. यसलाई अनिवार्य चार हरफमा समेट्नु पर्छ ।
क) पहिलो हरफ ः विषय वस्तुको उठान
ख) दोस्रो हरफ ः विषय वस्तुमाथि व्याख्या
ग) तेस्रो हरफ ः विषय वस्तुमा जिज्ञासा वा कौतुहलता
घ) चौथो हरफ ः एक मुष्ठ भावगत प्रहार
५. रुवाइमा करुण रसको आवश्यकता पर्दछ ।
अन्त्यमा,
रुवाइ एक साहित्य बगैचाको फूल हो । यसको गोडमेलको जिम्मा हाम्रो पनि हो ।
एक रुवाइ:
तिम्ले माया लुटी लुटी दिउसै रातका कुरा ग¥यौ
फगत माया लुटी लग्यै जीवन तिम्ले घात ग¥यौ
ज जस लाईनै जतिखेर जेनै हुन्छ भनि तिम्ले
भावनामा डुबायौ र यैवन रशको बात ग¥यौ
(आफ्नै रचना)
- पशुपति अबिरल, रेडियो परिवर्तन ८९.४Photo : file photo from purbelitimes
प्रतिक्रिया दिनुहोस् >>