सतबीज छर्ने पर्व


बाला चतुर्दशीको अवसरमा विभिन्न धार्मिक मठ मन्दिरहरुमा सत्विज छर्नेहरुको भीड लागेको छ । सुनसरीको धरान, रामधुनीका धार्मिक क्षेत्रहरुमा सत्बिज छर्नेहरुको भीड बिहानैदेखि लागेको छ ।
हिन्दू संस्कृतिमा प्रत्येक वर्ष मार्गकृष्ण चतुर्दशीको दिनलाई बाला चतुर्दशी भनिन्छ । यस दिनलाई सतबीज छर्ने दिन पनि भनिन्छ । यस दिन आमा-बाबु नभएका सन्तान अथवा सन्तान नभएका आमाबाबुले मरेका आफन्तको चिरशान्ति र मोक्षको कामनासहित पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा गई शतबीज छर्ने गर्दछन् । सतबीज भन्नाले धान, गहुँ, जौ, मास, मुगी, मास, कागुनु र सामा मिसाएर बनाइएको पदार्थको साथै केरा, सुन्तला, स्याउ, मुला, काँक्रो, सखरखण्ड, पिँडालु आदि सय किसिमका फलफूल मिसाई बनाइएको पदार्थको सम्मिश्रण हो । सप्तधान्यादि अन्नहरू भुइँमा छर्ने वा रोप्ने दिन भएकाले यस दिनलाई शतबीज छर्ने दिन भनिएको हो । श्रीस्कन्दपुराण हिमवत्खण्ड मृगस्थली माहात्म्य अनुसार यो शतबीजारोपण कर्म मार्गकृष्ण चतुर्दशीका दिन गरिन्छ ।
यस पर्वको क्रममा मार्गकृष्ण त्रयोदशीका दिनमा नै श्रद्धालुहरू आ-आˆनो चलन अनुसार भगवान् श्रीपशुपतिनाथ मन्दिरको आसपासमा बसी आ-आˆना दिवङ्गत पितृको आत्माको चिरशान्तिका लागि रातभर 'महादीप' बालेर भजन कीर्तन गरी जाग्राम बस्दछन् र बिहानीपख बाग्मतीमा नुहाई पशुपति क्षेत्रका सम्पूर्ण देवीदेवताको परिक्रमा गरी पशुपति क्षेत्रमा शतबीज छर्दछन् । साथै दोस्रो वर्ष पनि अखण्ड महादीप बाली उद्यापन हवन गरी शतबीज छर्ने चलन छ । यसलाई 'चतुर्दशी यज्ञ' पनि भनिन्छ । यस दिन मृगस्थलीमा टेक्ने व्यक्तिको मोक्ष हुन्छ भनी हिमवत्खण्डमा उल्लेख गरिएको छ । पशुपतिनाथ, गुहृयेश्वरी र वासुकी आदि देवताको दर्शन गर्नाले प्रशस्त फल मिल्ने वर्णन पनि उक्त ग्रन्थमा पाइन्छ । काठमाडौंको पशुपतिमा आउन नसक्नेहरू आˆनै ठाउँपायकका शिवमन्दिरमा गई शतबीज छर्दछन् । यसैले यस पर्वलाई देशव्यापी पर्व राष्ट्रिय पर्व भन्न पनि सकिन्छ ।
शतबीजारोपण पर्वको उत्पत्ति र महत्त्वका बारेमा हिमवत्खण्डको ४२ अध्यायमा उल्लेख गरिएको छ । त्यहाँ उल्लेख भए अनुसार भगवान् शिवजीले मृगरूप लिएर जहाँ जहाँ घुम्नुभयो, खेल्नुभयो, खानुभयो, त्यहाँको क्षेत्र पुण्यक्षेत्र भएकाले ती पावन ठाउँहरूमा सप्तधान्य छर्दा धेरै पुण्य हुने देखिन्छ । अतः शतबीजारोपण चतुर्दशीले पितृपक्ष तथा प्राणी रक्षाको महत्त्वलाई विशेष स्थान दिएको छ । यस चतुर्दशीको कथन यस्तो छ- बाला चतुर्दशीको दिन मृगस्थलीको प्रदक्षिणा तथा पशुपतिनाथ, गुहृयेश्वरी, वासुकी आदिको पूजा गर्नाले सुख शान्ति मिल्छ । शतबीज क्रमशः कैलाश, सूर्यघाट, आर्यघाट, गुहृयेश्वरी, पशुपतिनाथ, मृगस्थली, विश्वरूप, किराँतेश्वर, १०८ शिवलिङ्ग आदि क्षेत्रमा छर्ने भनिन्छ । यी स्थानहरूमा एक गेडो मात्रै पनि बीउ छर्नाले सुवर्ण दान गरे जत्तिकै पुण्य मिल्दछ । सो घुम्ने प्रक्रियामा मृगस्थलीको गणेशस्थानमा पुगेपछि गणेश -बहिरा गणेश) को मूर्तिलाई हल्लाउँदै कानमा चिच्याएर आˆना पितृहरूलाई सन्देश पुर्‍याउन अनुरोध गर्ने अनौठो परिपाटी अहिलेसम्म पनि छ । त्यसो गरेमा गणेशले आफन्त मृकतहरूसँग तिम्रा परिवारका सदस्यहरू पनि सतबीज छर्न आएका छन् भनी सुनाइदिन्छन् भन्ने भनाइ छ । साथै उक्त स्थानमा दर्शन मात्रै गर्नाले पनि निकै फल मिल्ने भएकाले उक्त चतुर्दशीको दिन अति महत्त्वपूर्ण छ ।
यस पर्वको उत्पत्ति कहिले र कसरी भयो भन्ने सन्दर्भमा तथ्यपरक जानकारी छैन तापनि प्राचीनकालदेखि चलिआएको भने मान्नैपर्छ । यस चतुर्दशीको नाम बाला चतुर्दशी हो र यस दिन बाला नामको एउटा राक्षसलाई यसै दिन मारिएको हुँदा उसैको नामबाट रहन गएको हो भन्ने कुरा एउटा रोचक किंवदन्तीले बताउँछ । किंवदन्ती अनुसार परापूर्वकालमा नेपाल उपत्यकामा भुवनेश्वरी नाम गरेका राजाको राज्यकाल थियो उनको पालामा बालासुर नामका एक व्यक्ति थिए । ती व्यक्ति बालानन्द नामको आर्यघाटमा मृतकहरूको दाहसंस्कार गराउने पेसाका व्यक्ति थिए । एक दिन मुर्दा पोल्ने काम गर्दागर्दै थाकेर बसी खाजा खान लाग्दा संयोगवश चिताबाट आगोको रापले मुर्दाको तालु फुटी गिदीको टुक्रा उछिट्टएिर उनको खानामा पर्न गएछ । उनले त्यो मुर्दाको गिदी खानामा परेको थाहा नपाई गिदीसमेत खाएछन् । पछि उनलाई त्यसको स्वाद मन पर्न थाल्यो र घर पनि नगई घाटको आसपास बसी जलाउन ल्याएको मुर्दाको गिदी खोजी खोजी खान थाले । यसरी क्रमशः बालानन्दले मानिसबाट राक्षसको रूप धारणा गरे । अब घाटमा गएका मृतकका आफन्तलाई पनि यस व्यक्तिले मुर्दालाई त खायो खायो, ज्यूँदालाई समेत समातेर खान बेर नलगाउने भयो भन्ने किसिमको भय उत्पन्न भएकाले सुविस्तासँग दाहसंस्कार गर्न जान पनि कठिन भयो । मानिसहरू घाट जान डराउन थाले । बालासुरका कारणले मानिसहरूलाई साह्रै भय भएपछि उसको मृत्युको उपाय खोज्न थालियो । यही क्रममा एक व्यक्तिले बालानन्दको मित वृषसिंहलाई धेरै धनसम्पत्ति दिने वचन दिई उनीमार्फत बालासुरको हत्या गर्ने उपाय सोच्न थाले । योजना अनुसार ती वृषसिंहले एक घ्याम्पो रक्सी, प्रशस्त मासु चिउरा आदि खानेकुरा भरियालाई बोकाई बालासुरलाई खुवाउन पठाए । बालासुर बडो खुशी भएर जम्मै खानेकुरा खायो र रक्सी पनि पियो । रक्सीको नशाले बालासुर राक्षस त्यहीं अचेत भयो । त्यही मौकामा वृषसिंहको जमातले त्यस बालासुरलाई डोरीलेे कसेर बाँधी इनारमा खसाले र माथिबाट ढुङ्गामुढा प्रहार गरी मारे । बालानन्दका मीत वृषसिंहलाई आफू आˆनो मीतको मृत्युको कारण भएकोले त्यस पापको प्रायश्चित्त गर्न मन लाग्यो । यस्तै विचारमा मग्न रहँदा एक रात सपनामा उनलाई भगवान् शिवजीले दर्शन दिई पापमुक्तिका लागि त्यस क्षेत्रमा सतबीज छर्ने राय दिनुभयो । त्यसपछि वृषसिंहले पशुपतिकै आज्ञाअनुसार मृतकहरूका मोक्षका लागि पशुपति क्षेत्रमा सतबीज छरी यो पर्व मनाउन थालियो ।
यस दिनलाई सतबीज छर्ने दिन भनी नामकरण कहिलेदेखि गरियो भनी खोजीनीति गर्दा निश्चित मिति किटान गर्न नसके पनि लोककथाहरूमा केही किंवदन्ती भने पाइन्छ । एकपटक भगवान् शिवजीले एकसिङे मृगको रूप धारण गरी कैलाशबाट पशुपतिको श्लेष्मान्तक वनमा आई यताउति उपि|mँंदै अरू मृगसाथ वन विहार गरिरहनुभएको थियो । उता धेरै दिनसम्म पनि कैशालमा नफर्किएकाले पार्वतीलाई चिन्ता लाग्यो र दिव्यदृष्टिले हेर्दा आˆनो स्वामी बाग्मतीको किनारमा रहेको मृगस्थलीमा मृगरूप लिई विहार गर्नुभएको कुरा थाहा पाउनुभयो । माता पार्वती मृगरूपी महादेवको दर्शन गर्न श्लेष्मान्तक वनमा आउनुभयो तर उहाँले महादेवलाई भेट्न सक्नुभएन । त्यसपछि शिवरूपी मृगलाई चिन्न पार्वती माताले मृगलाई मन पर्ने विभिन अन्न, विभिन्न फलफूलका टुक्राटुक्रा पारेर यताउति जङ्गलमा छर्दै जानुभयो र कलिला बोटहरू उमार्न प्रशस्त अन्नका बीउ पनि छर्दै जानुभयो । ती छरिएका सम्पूर्ण अन्न र बीउ धमाधम उमि्रन थाले र झुण्डका झुण्ड मृगहरू त्यहाँ आउन थालेकोले पार्वतीलाई मृगरूपी महादेव चिन्न गाह्रो परेन । यसरी मृगरूपी महादेवलाई चिन्न पार्वतीद्वारा गरिएको शतबीज छर्ने काम कालान्तरमा एउटा परम्परा नै बन्न पुग्यो । यो कार्य मार्गकृष्ण चतुर्दशीको दिन परेकाले यस्तो कार्य गर्नेले महादेवकै लागि पूजाकार्य गरेको बराबरको फल सम्भिmइन्छ । त्यसैले यस दिन जुन व्यक्तिले उक्त बमोजिमको कार्य गर्दछ उसको कैलाशको वास हुन्छ भनेर महादेवले वरदान दिनुभएको थियो भन्ने भनाइ हिमवत्खण्डमा वर्णन पाइन्छ ।
यस दिन पूर्वमा रहेको हलेसी महादेवको मन्दिरमा ठूलो मेला लाग्दछ । यस पर्वले मृतकप्रति आफन्तहरूले प्रकट गर्नुपर्ने भाव र कर्तव्यबोध गराउने हुनाले हाम्रो संस्कृतिमा यसको महत्त्वपूर्ण स्थान छ । त्यसैले अझै पनि देवस्थल वरिपरि सतबीज छरेमा आफू पापबाट मुक्ति हुने र पितृसमेत मुक्त हुन्छन् भन्ने भनाइ प्रचलित छ । यसरी यस पर्वले मृतकप्रति आफन्तहरूले प्रकट गर्नुपर्ने भाव र कर्तव्यबोध गराउने हुनाले हाम्रो संस्कृतिमा यसको महत्त्वपूर्ण स्थान रहेको छ । with the help of gorkhapatra
 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध