म पर्दा बाहिरकी सुन्दरी
नेपाली सिनेमा क्षेत्रमा महिला निर्मात्रीहरुको अभाव देखिन्छ । महिलाहरु अझै पनि सिनेमा क्षेत्रमा आउन र लगानी गर्न हिचकिचाईरहेका छन् । तर १८ वर्षको उमेरदेखि नै सिनेमा वनाउन अग्रसर एक महिला निर्मात्रीको नाम हो, कृषा चौलागाई । चलचित्र ‘ईन्साफ’ पहिलो पटक निर्देशन गरेकी चौलागाईले यसपछि चलचित्र ‘कसम हजुरको’ निर्माण गरिन् । अहिले उनले तेश्रो चलचित्र ‘के म तिम्रो साथी वन्न सक्छु’ को निर्माण गरेकी कृषासँग गरेको कुराकानीः
के गर्दै हुनुहुन्छ आजकाल ?
अहिले म चलचित्र ‘के म तिम्रो साथी वन्न सक्छु’को प्रमोशनमा नै व्यस्त छु । यो चलचित्र नेपालमा वैशाख या जेठ तिर रिलीज गर्ने तयारीमा छु ।
सिनेमा वनाउन कत्तिको गाह्रो रहेछ ?
सिनेमा वनाउन सजिलो पनि छ गाह्रो पनि छ । सजिलो यसअर्थमा छ कि, सवैसाथीहरु वसेर काम गर्न रमाइलो हुन्छ । तर पैसा जान्छ, दर्शकलले विभिन्न आरोप लगाउछन्, मिडियाको पनि विभिन्न आरोप खेप्नुपर्छ ।
महिलाहरुलाई सिनेमा वनाउन कत्तिको सजिलो रहेछ त ?
सजिलो गाह्रो त पुरुष महिला दुवैलाई उस्तै नै हो । तर, महिलालाई वढि नै ध्यान दिएर हेरिन्छ । फिल्म वनाउन आएकोमा सकारात्मक रुपमा हेर्नु भन्दा पनि विभीन्न नजरले हेरिन्छ, यसैले गाह्रो छ ।
तपाई त वेलावेलामा निर्देशकको दुव्र्यवहारमा पर्नुहुन्छ रे नी ?
सानो उमेरवाट नै मैले सिनेमा वनाउन थाले । कति मैले वुझिन होला, कति उहाँहरुले वुझ्नु भएन होला । यसैले यस्तो घटना घटेको हो ।
सिनेमा वनाउन महिलाको आकर्षण कम हुनु किन होला ?
नामको लागि काम गर्दा यहाँ दुव्र्यवहार वढी हुन्छ । अर्कोतिर नेपाली सिनेमामा लगानी गरेर फिर्ता हुने अवस्था नै छैन, यसकारण पनि यस्तो भएको हो ।
तपाइलाई आफैमाथि लगानी गर्ने सोच छैन ?
म पर्दावाहीकी सुन्दरी हो ।
फिल्म कहिलेसम्म वनाइराख्ने ?
म त विरामी भएर डक्टरले मृत्युको डेट नै तोकीदियो भने पनि त्यसको अघिल्लो दिन सम्म सिनेमा वनाइराख्छु ।
अव वनाउन मन लागेको सिनेमा कस्तो हो ?
म एउटा वास्तवीक घटनामा आधारीत सिनेमा वनाउने तयारीमा छु ।
तपाईलाई कुन सेलीव्रेटीले निक्कै आकर्षित गर्छन् ?
लियो नार्दो र सलमान खान ।
चुम्वन गर्न मन लागेको सेलीव्रेटी ?
लियोनार्दो नै हो । उसको ओठ देख्दा चुम्वन गर्न मन लाग्छ ।
गर्न अल्छि लाग्ने काम ?
घरयासी काम त म खासै गर्दिन । तर सुतेर उठेपछि विस्तारा मिलाउन निक्कै गाह्रो लाग्छ ।
मिठो पकाउने खानेकुरा ?
चिकेन करी ।
विहे कहिले गर्ने त ?
सहि समय आएपछि गर्छु । मिस्टर पर्फेक्ट नै फेला पारेकी छैन ।
कस्तो केटा खोज्नु भएको हो ?
काम प्रति निक्कै लगाव भएको, हेर्दा आकर्षक र मलाई निक्कै सपोर्ट गर्ने ।
विहे अघिको सेक्सको वारेमा तपाईको धारणा ?
नेपालमा यो कुरा खासै पच्दैन । तर सहमती भयो भने हुनसक्छ । म एकदमै उपयुक्त समयको खोजी गरिरहेको छु । यो उपयुक्त समय भनेको विहेपछि मात्र हो ।
अमेरिका जाने सोच छैन ?
मलाई नेपाल नै अमेरिका हो ।
अमेरिकामा कलाकार किन लुक्छन् जस्तो लाग्छ ?
अमेरिकामा कलाकार लुक्नुको पछाडि धेरै कारण छन् । पहिलो कुरा त, हामिले उनीहरुको स्तरलाई वचाईदिन सकेनौ होला । दोश्रो कुरा, आर्थिक, सामाजीक कारण पनि छन् । यसैले पनि उनीहरु गलत तरिकावाट वसेका छन् ।
व्लु फिल्म हेर्नु भएको छ ?
एक पटक दिदीसँग वसेर हेरेकी थिएँ, यसपछि एकजना नेपाली कलाकारको पनि हेरेकी थिएँ । त्यसपछि भने हेरेकी छैन । र मेरो मोवाईलमा यस्तो फिल्म पनि छैन् ।
कुनै कार्यक्रममा कोही फ्यानले सेक्सको प्रपोज राखे के गर्नुहुन्छ ?
म सजिलो भाषामा भनिदिन्छु, आई एम सरी ।
अन्त्यमा के म तिम्रो साथी वन्न सक्छुको वारेका के भन्नुहुन्छ ?
विना स्वार्थ, विना नाता पनि कोही व्यक्ति कसैको साथी वन्न सक्छ । साथी भनेको नाताका कारणले हुदैन । संसारको सवैभन्दा मिठो सम्वन्ध भनेकै साथीको नाता हो । चलचित्रले यही भन्छ । onlinekhabar
प्रतिक्रिया दिनुहोस् >>