आर्मीका लुगा धुन्थे बम पड्काउने देवराज
बबरमहल विस्फोटका नाइके देवराज लामा ‘विश्वक्रान्ति’ले अफगानिस्तानमा क्यानेडियन सैनिकको क्याम्पमा समेत काम गरेको खुलेको छ । क्यानेडियन सैनिकका लुगा धुने काम पाएका देवराजले त्यहाँ पनि अवैध काम गरेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।
‘ऊ असाध्यै धूर्त व्यक्ति हो’ अफगानिस्तानमा लामासँग काम गरेका एक व्यक्तिलाई उधृत गर्दै बम विस्फोट छानविन समितिका संयोजक डिआइजी उपेन्द्रकान्त अर्यालले भने, ‘पैसाका लागि ऊ जे पनि गर्छ ।’ लामाको दिमागमा अपराध र पैसाबाहेक केहीपनि नभएको अफगानिस्तानस्थित लामाका तत्कालीन समकक्षीले प्रहरीलाई जानकारी दिएका आजको नयाँपत्रिका दैनिकले छापेको छ ।
क्यानेडियन सैनिकको कपडा धुने शाखामा २२ महिना काम गरेपनि लामा त्यहाँबाट पैसासमेत चोरी गरेर भागेको प्रहरीको दाबी छ । करीब पाँच वर्षअघि अफगानिस्तानबाट भागेका उनी नेपालमा आएलगत्तै आपराधि गतिविधिमा सक्रिय भएका थिए । बबरमहल विस्फोट पनि उनले पैसाकै लागि गरएको प्रहरीको ठहर छ । उनले संयुक्त जातीय मोर्चाका नाममा धम्काउँदै पैसा माग्दै आएका छन् । बम विस्फोटपछि पनि उनले राजधानीका विभिन्न व्यापारीलाई फोन गरी धम्क्याएर पैसा मागेका बताइएको छ । onlinekhbar, fagun 24
प्रतिक्रिया दिनुहोस् >>