होलीमा के गर्दैछन् नायिकाहरु ?


नेपाली सिनेमाका कलाकाहरुलाई पनि होलीले छोइसकेको छ । कलाकारहरु आ-आफ्नै तरीकाबाट होली मनाउने योजनामा छन् । कोही बिभिन्न कार्यक्रममा होली खेल्न जाने तयारीमा छन् भने कोही भने नखेल्ने मूडमा छन् ।
नायिका रेखा थापा यसपालीको होलीलाई आफ्नो चलचित्र रावणको प्रमोशनमा लगाउने सोचमा छिन् । होलीको दिन बिभिन्न संचारमाध्ममा पुगेर होली खेल्ने र रावण चलचित्रको गीत गाउने योजनामा छिन् उनी ।
चलचित्रको प्रमोशनमा भएकाले नायिका बिनिता बराल होली खासै जमेर खेल्न नसक्ने अवस्थमा छिन् । हल्का ज्वरो आएकाले खासै होली नखेल्ने उनले बताईन् । ‘चलचित्रको प्रमोशन चलिरहेको छ, कतै बिरामी भईयो भने फेरि प्रमोशन गर्न पाईदैन’ उनले भनिन् । नायिका बेनिशा हमाल पनि यसपालीको होली बिन्दास ढंगले मनाउने सोचमा छिन् । ‘साथी भाइसँगसँगै बिभिन्न ठाउँबाट निमन्त्रणा आईरहेको छ, सायद केही ठाउँमा पुग्छु होला’ उनले भनिन् । ‘आखीर वर्ष दिनमा एक पटक आउने पर्व नमनाउने त कुरा नै छैन नि’ उनले भनिन् ।
नायिका निता ढुंगाना भने यसपटक होली मनाउन नसक्ने भएकी छिन् । एक कार्यक्रमबाट र्फकदै गर्दा उनी मोटरसाईकल दुर्घटनामा परेकी थिईन् । मोटरसाईकल दुर्घटनामा परेपछि उनको अनुहारमा चोट लागेको छ, जसका कारणले उनी होली खेल्न नसक्ने भएकी हुन् । नायिका सुमिना घिमिरे पनि होलीको दिनमा बाहिर निस्कन डर मानिरहेकी छिन् । ‘बिभिन्न कार्यक्रमबाट त निम्तो आएको छ नै, तर बाहिर हिँड्दा बीच बाटोमै समातेर रङ दले भने के गर्ने ?’ उनले भनिन् । तर पनि केही ठाउँमा गएर सिनेमाका साथीहरु होली खेल्ने सोचमा छिन् उनी ।
नायिका जिया के.सी.लाई पनि होली खेल्न खुबै रहर लाग्दो रहेछ । ‘नेपाली सिनेमाको नायिका भएपछि होली खेल्न बिभिन्न ठाउँबाट निमन्त्रणा आउँछ, सवै ठाउँमा खेल्दा खेल्दै होलीको दिन बितिहाल्छ’ उनले भनिन् । अघिल्ला वर्षहरु जस्तै यसपटक पनि उनी बिभिन्न ठाउँमा होली खेल्न पुग्ने योजनामा छिन् ।
यसरी नेपाली सिनेमाका नायिकाहरु होलीलाई उल्लासमय तवरबाट मनाउने सोचमा छन् । आखिर वर्षमा एक दिन आउने पर्व हो, नमनाउने त कुरा नै भएन हैन र ? onlinekhabar


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध