फलहरुको राजा इटहरीमा
फलहरुको राजा के होला ? आँप, स्याउ, सुन्तला, स्ट्राबेरी ? हामीमध्ये धेरै कमले चाखेको किवि फललाई फलफूल व्यवशायीहरु फलहरुको राजा मान्छन् ।
विभिन्न १७ किसिमका पौष्टिक पदार्थ पाइने यो फल अन्य फल भन्दा बढी स्वास्थ्यबद्र्धक मानिन्छ । यो फलको अर्को विशेषता थाहा पाउनुभयो भने तपाइ अचम्ममा पर्नुहुन्छ । किविको एउटै फलमा १७ वटा स्याउ, ८ वटा केरा, ४ वटा कागती र दुई वटा सुन्तलामा पाइने पौष्टिक तत्व पाइन्छ । अर्थात् ती सबै फल खानु भन्दा किवि फल एउटा चाखे पुग्छ । अब सोच्नुस् त यो फल मोटा मानिसको लागि कति उपयोगि होला ? दिनमा ३० वटा फल खाँदा मोटो मानिसलाई अझ मोटाउने डर हुन्छ । तर किवि फल एउटै मात्र खाने हो भने पौष्टिक पदार्थ पाइनुका साथै मोटाउने डर पनि हुँदैन ।
यो फल पुर्वाञ्चलको इलाममा व्यवशायीक खेती गरिन्छ । अन्य जिल्लाहरुमा पनि किसानहरुले प्रयास गरेका छन् । यो फललाई किसानहरुले सुनसरीको इटहरी लिएर आएका छन् । फलको व्यापार प्रबद्र्धनको लागि इटहरीमा लागेको क्षेत्रीय महोत्सवमा आएका व्यापारीहरु नयाँ फल र विशेषताका कारण ग्राहकहरुको जिज्ञासा बढेको अनुभव सुनाउछन् ।
किवि फललाई इलामको वातावरण संरक्षण तथा वैकल्पिक ऊर्जा विकास प्रालिले विभिन्न स्थानमा उत्पादन तथा बजार प्रबद्र्धन गर्दै आएको छ । दाजिंलिंगबाट विउ तथा बिरुवा ल्याएर खेति गरिने यो किवि फल नौलो भएकाले इटहरीको महोत्सवमा समेत धेरैको आकर्षणको केन्द्र बनेको व्यवशायीले बताएका छन् ।
किवि फलको नियमित सेवनबाट मुटुरोग, दम, क्यान्सर, चिनिरोगका बिरामीहरुको लागि स्वास्थ्यवद्र्धक हुने बताइएको छ । बहु गुणकारी यो फल किन्ने बिचार गर्नुभयो भने किलोको छ सय रुपैया पर्छ है । तपाइ पनि चाख्ने हो किवि फल ? मंसिर ५
प्रतिक्रिया दिनुहोस् >>