प्रभावकारी बन्दै हेल्लो सरकार

जनताको गुनासो प्रत्यक्ष सुन्न गत बिहीबार प्रधानमन्त्री बाबुराम भट्टराईले कार्यालयमै 'हेलो सरकार' कक्ष सञ्चालन गरे । शुक्रबार जनकपुरस्थित एक परीक्षा केन्द्रमा चिट चोरिरहेको भन्ने गुनासो आयो । प्रधानमन्त्रीले उक्त परीक्षा केन्द्रमा भइरहेको चिट चोराउने कार्य तत्काल रोक्न निर्देशन दिए । निर्देशन गर्नेबित्तिकै कडाइकासाथ चिट चोराउने कार्य रोकियो पनि ।
दोस्रो दिन स्नातकोत्तर तह मानवशास्त्र समाजशास्त्र विषयको प्रथम वर्षको परीक्षा दिनका लागि प्रवेशपत्र नपाएकी पुल्चोककी कृष्णा पौड्यालले ११११ मा फोन गरी आफ्नो अप्ठ्यारो सुनाइन् । शनिबार दिनभर हेलो सरकारले उनलाई परीक्षा दिलाउन सम्बन्धित निकायमा ताकेता गरिरह्यो ।
'विश्व विद्यालयका कर्मचारीले प्रवेशपत्रबिना परीक्षा दिन नपाउने भनेपछि आत्तिएर हेलो सरकारमा फोन गरेँ,' कृष्णाले भनिन्, 'कर्मचारीको लापरबाहीले प्रवेशपत्र हराएको गुनासो गरेपछि हेलो सरकारले तत्काल परीक्षा दिने वातावरण मिलाइदियो ।' प्रवेशपत्र उपलब्ध गराइदिन चार दिनदेखि सबै सम्बन्धित निकायलाई आग्रह गर्दा सुनुवाइ नभएको विषय हेलो सरकारबाट तुरुन्तै सुनुवाइ भएको उनले बताइन् ।
शनिबार राति एक युवकले डीभी भर्ने काममा अनियमितता भएको भन्दै न्युरोडबाट फोन गरे । गत १९ गते राति १२ बजेसम्म डीभी भर्ने समय थियो । 'न्युरोडको खिचापोखरीमा रहेको 'इ स्पट' ले समय सकिएपछि डीभी भरेर प्रत्येक व्यक्तिबाट दुई सय पचास लिइरहेको सूचना आएको थियो' हेलो सरकार कक्षका उपसचिव ज्ञानराज पाण्डेले भने, 'तुरुन्त प्रमुख जिल्ला अधिकारीलाई जानकारी गरायौं, उहाँले रातारात कर्मचारी परिचालन गरी इस्पट छानबिन गर्न लगाउनुभयो । तर छानबिन पछि अनियमितता भएको पाइएन ।'
आइतबार दिउँसो अनामनगरस्थित गोरखा एफएम नजिकै आगलागी भएको र सहयोग गर्न आग्रह गर्दै प्रधानमन्त्री कार्यालयको फोन बज्यो । कक्षमा खटिरहेका कर्मचारीले तुरुन्तै प्रहरी कन्ट्रोलमा फोन गरी दमकल पठाए । 'आधा घन्टा नबित्तै स्थानीयवासीले दमकल आइपुग्यो धन्यवाद भन्दै फोन गरे' कक्षका शाखा अधिकृत जयनारायण आचार्यले खुसी हुँदै सोमबार कान्तिपुरलाई भने, 'हेलो सरकारले जनताको गुनासो लिनेमात्र होइन राहत पनि दिइरहेको छ ।'
हेलो सरकारमा देशभरबार आएको जनताको गुनासो टिपेर कारबाही प्रक्रिया अगाडि बढाउने काम भइरहेको उपसचिव पाण्डेले जानकारी गराए । उनका अनुसार स्थापनापछि चार दिनभित्र आएका सबै जसो मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढाइएको छ । टेलिफोन, फ्याक्स र इमेलमार्फत कक्षमा दैनिक दुई सय गुनासो आउने गरेका छन् ।
उनका अनुसार कसैको ज्यानै जाने, सरकारमा ठूलो हानि नोक्सानी हुने, शान्ति सुरक्षामा आउने, विद्यार्थीको भविष्यमा खेलवाड हुने जस्ता सूचनाको तत्काल कारबाही गरिएको हो । अन्य सूचना र गुनासोको सुनुवाइका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ । जनताको गुनासो मुख्य सचिवमार्फत प्रधानमन्त्रीसम्म पुर्‍याउने उनले जानकारी दिए । उनले गुनासोबारे जानकारी लिन मुख्य सचिव माधव घिमिरे दैनिक कक्षमा आउने गरेकोसमेत बताए
देशभरबाट विभिन्न किसिमका गुनासो आइरहन्छन् । हेलो सरकारमा सेना समायोजन, भ्रष्टाचार, ठगी, सडक, पुल नबनेको, अस्पतालमा उपचार नपाएको, विश्वविद्यालयमा पडाइ नभएको, शान्ति सम्झौता, सार्वजनिक चासोका विषयमा गुनासो आउने गरेका छन् ।
कक्षमा प्रत्येक मन्त्रालय, योजना आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका फाइलहरू राखिएका छन् । 'आएका उजुरीको सम्बन्धित मन्त्रालयलाई कारबाही गर्न निर्देशन गछौर्ं,' सहसचिव शंकरप्रसाद अधिकारीले भने ।
हेलो सरकारलाई व्यवस्थापन गर्न सरकारले २४ सै घन्टा कर्मचारी खटाएको छ । तीन समूहमा विभाजन गरेर १८ कर्मचारी खटाइएको छ । राति खट्ने कर्मचारीलाई सुत्नका लागि प्रधानमन्त्री कार्यालयको एउटा कोठामा दुईवटा बेड, ओड्ने, ओच्छ्याउने, पिउनेपानीको व्यवस्था गरिएको छ ।
२०६८ कार्तिक २२, ekantipur


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध