अर्को वर्षको मिस वर्ल्ड चीनको भित्री मंगोलियामा हुने भएको छ।
काली सुन्दरीले जितिन् मिस वल्र्डको ताज
Posted by
purwanews
Published on
Monday, November 7, 2011
लन्डनमा गएराति अबेर सकिएको प्रतियोगितामा भेनुजुएलाकी सुन्दरी इभियान सार्कोसले मिस वर्ल्ड २०११ को ताज पहिरेकी छिन्। हीराजडित गुलाबी पहिरन लगाएकी २२ वर्षीया सार्कोसले आफूलाई मिस वर्ल्ड घोषणा गरिँदा पहिला अचम्म मानिन्, त्यसपछि आफ्ना हातले मुख छोपिन्। "म यति खुसी भएँ कि म चिच्याउन चाहन्थेँ, रुन चाहन्थेँ, हलचल नगरी उभिन चाहन्थेँ र मुस्कुराउन चाहन्थेँ, यति धेरै भावना मनमा पलायो", उनले भनिन्।
आठ वर्षको उमेरमा अनाथ भएकी सार्कोस ननरीमा हुर्केकी हुन्। उनले मानव स्रोतसंसाधनमा डिग्री हासिल गरेकी छिन् र प्रसारण कम्पनीमा काम गर्छिन्।
उनलाई गत वर्षकी मिस वर्ल्ड अलेक्ज्यान्ड्रिया मिलिसले ताज पहिराइदिइन्। गत वर्ष यो ताज अमेरिकी सुन्दरीले जितेकी थिइन्। यस पटक पनि दक्षिण अमेरिकी सुन्दरीले यो हात पारिन्। मिस फिलिपिन्स रनर अप भइन् भने मिस पुएर्टो रिको तेस्रो भइन्।
अर्को वर्षको मिस वर्ल्ड चीनको भित्री मंगोलियामा हुने भएको छ।
टप १५ मा परेका सुन्दरीहरु।
nagariknews and other agencies, kartik 21
प्रतिक्रिया दिनुहोस् >>