Buddha was born in Nepal not in India (बुद्ध भारतमा होइन, नेपालमा जन्मिएका हुन्)
Posted by
purwanews
Published on
Saturday, October 29, 2011
बुद्धको जन्मस्थलसम्बन्धि भ्रम हटाउन उपयोगि सामाग्री भएमा पूर्वन्युजको ठेगानामा पठाउनुहोस् । संकलक र लेखकको नामसहित यो पेजमा राखिनेछ ।
वुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देश हटाइयो
ब्रिटिस म्युजियममा राखिएको वुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देशलाई विश्व नेपाली साहित्य महासङ्घको पहलमा हटाइएको छ । ब्रिटिस म्युजियममा वुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देश राखेर अनावश्यक सन्देश फैलाउन खोजेको भन्दै विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत गठित नेपाल सम्बन्धि सूचना सुधार कार्यदलले बुद्धको जन्मस्थल सच्चाउन सुझाव दिलएपछि उक्त सन्देश हटाइएको हो । महासंघद्धारा गठित कार्यदलका संयोजक तथा वेलायतको लागि नेपाली पूर्व राजदुत मुरारीराज शर्मा र कार्यदल सदस्य डा. गोविन्दराज भट्टराईले संयुक्त रुपमा वुद्ध भारतमा नभई नेपालमा जन्मिएकाले उक्त गलत सुचना हटाउन अनुरोध गर्दै संयुक्त पत्र पठाउनु भएको थियो ।बेल्जियम । ब्रिटिस म्युजियममा राखिएको वुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देशलाई विश्व नेपाली साहित्य महासङ्घको पहलमा हटाइएको छ । ब्रिटिस म्युजियममा वुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देश राखेर अनावश्यक सन्देश फैलाउन खोजेको भन्दै विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत गठित नेपाल सम्बन्धि सूचना सुधार कार्यदलले बुद्धको जन्मस्थल सच्चाउन सुझाव दिलएपछि उक्त सन्देश हटाइएको हो ।
विश्व सम्पदा सूचिमा रहेको तथ्यलाई आधार मान्नु पर्दछ र अहिंसावादी भगवान बुद्ध लुम्बीनी नेपालमा जन्मिएका हुन भनि गलत जानकारी अविलम्ब सच्चाउन आग्रह गरिएको थियो । प्रत्येक बर्ष विश्वभरबाट ६० लाख पर्यटकले अवलोकन गर्ने लण्डन स्थित ब्रिटिस म्युजियमको द डिर्पाटमेट अफ एसिया कक्ष अन्तर्गत द लाइफ अफ द बुद्ध शिर्षकमा बुद्ध भारतमा जन्मिएको भन्ने गलत जानकारी रहेको थियो । onlinekhabar, kartik 27ब्रिटिस संग्रहालयमा बुद्ध भारतमा जन्मिएको सन्देश
नेपालमा पर्यटन विकासका लागि करोडौं रकम खर्च गरिसकिएको छ । सन् २०११ लाई पर्यटन वर्षको रुपमा समेत मनाइसकेको छ । करोडौं बजेट स्वाहा भयो । तर न त नेपालको बारेमा विश्व समुदायले कुनै जानकारी पायो, न त नेपालका पर्यटकीय स्थानहरुको विकास नै हुनसक्यो । यहाँसम्म कि बेलायतको एउटा पार्कले वर्षौंदेखि गौतमबुद्ध भारतमा जन्मिएको भनेर भ्रम फैलाइरहँदा समेत पर्यटन विकास गर्छु भन्दै कुर्लने पर्यटन बोर्ड र सम्बन्धित संस्थाहरुको ध्यान जान सकेन ।
वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश म्यूजियममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश छ ।
'उहाँ दरवार रहँदा विवाहित हुनुहुन्थ्यो र उहाँबाट एक छोरा भएको थियो । उहाँले आफ्नै आँखाबाट बिरामी, भोका र मृत्यु देखेपछि मानव जीवनमा यी घट्ना किन भइरहेका छन् भन्ने जिज्ञासा लिएर भौतिक जीवन त्यागी बोधगयाको वृक्षमुनी बसि ध्यान गर्नुभएको थियो,' म्युजियममा उल्लेख छ । उक्त दस्तावेजमा बुद्धको मृत्यु ४८० बीसीमा भएको र उनको समाधिपछि बुद्धका उपदेश शिष्यहरुमा बाँडिएको लेखिएको छ ।
ग्रेट रसेल स्टि्रटमा अवस्थित विश्वकै पहिलो राष्ट्रिय स्तरको यो सार्वजनिक संग्रहालयका कर्मचारीले भने गलत तथ्यबारे अनभिज्ञता प्रकट गरे । 'हामी त यहाँ उल्लेख गरिएको जानकारीमात्र पर्यटकलाई वर्णन गरिदिने हो, अन्य कुरा थाहा भएन,' एक कर्मचारीले भने ।
बि्रटिश म्यूजियमका निर्देशक निल म्याकग्रेगोरले विश्व इतिहाससम्बन्धी जानकारी दिन बीबीसी रेडियो फोरमा प्रस्तुत गरेको एकसय श्रृंखलाको 'अ हिस्टि्र अफ द वल्र्ड इन हन्ड्रेड अव्जेक्ट्स' मा समेत बुद्धबारे त्यही भ्रमपूर्ण तथ्य प्रसारण भएको थियो ।

कपिलवस्तु दिवस अभियानसंग सम्बद्ध इन्जिनियर रामकुमार श्रेष्ठले म्यूजियमको गल्ती सच्याउन नेपाल सरकारकै पहल आवश्यक हुने बताए । सर्च इन्जिन गुगलले पनि यसअघि 'गौतम बुद्ध भारतमा जन्मिएको' भन्ने गलत विवरण सच्याइसकेको स्मरण गर्दै श्रेष्ठले थपे, 'नेपाल सरकारले कुटनीतिक तवरमा यसको समाधान खोज्नुपर्छ ।'
नेपालमा जन्मेका बुद्धलाई भारतमा जन्मेको भनी भारतले प्रचार प्रसार तीव्र पारेको छ । भारतमा नक्कली कपिलवस्तु समेत बनाइरहेको छ । विश्वसुचीमा परेको सम्पदाको नक्कल स्वरुप आफ्नो देशमा बनाउनु र सोही अनुसार गलत सुचना प्रवाह गर्ने काममा भारतीय सरकारका साथै भारतीय सञ्चारमाध्यमहरु समेत लागेका छन् । यस्तो कुकृत्यको पर्दाफास गर्दै बुद्ध नेपालमै जन्मेको हो भनी विश्व समुदायलाई विश्वस्त पार्न अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ । kartik 13, ekantipur
तिलौराकोटमुनी शहरको अबशेष भेटियो
बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।
हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी जहाजबाट गरिएको एक्स-रेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको हो । बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ ।
एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ ।
त्यहाँ पाइने इँटालगायतका अन्य सामग्रीबाट पनि तिनीहरू कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । बुद्धकालीन वा सोभन्दा पुरानो सहर, दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने अनुसन्धानमा संलग्नहरुले जनाएका छन् । यसअनुसार, ३ वर्ष उत्खनन, एक वर्ष संग्रहालयका रूपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ ।
के गर्दै छ भारतले ?
(India is building a replica of Kapilvastu, Lumbini (birthplace of Buddha) at Piparhawa, state of Uttar prades of India.) |
बुद्ध भारतमा जन्मिएका हुन् भनेर किताब छाप्ने भारतले अब नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ ।
नेपालको कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माणकार्य अन्तिम अवस्थामा छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ ।
विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका भए पनि उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो । उनी तिलौराकोटमा राजा शुद्धोधनको दरबारमा जन्मिएका थिए ।
तर, भारतले भने शुद्धोधनको दरबार तिलौराकोट, गौतमबुद्धको मावली देवदह र उनको जन्मस्थल लुम्बिनी सारा भारतमै बनाउन थालेको छ । अलिगढवामा बुद्धसित सम्बन्धित विभिन्न निर्माणकार्य तीव्र गतिमा भइरहेका छन् । निर्माणकार्यमा ट्रयाक्टरमात्र होइन, ५० औँ मजदुर खटिएका छन् ।
नक्कली लुम्बिनीको सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्ध नेपालमा होइन, भारतमै जन्मिएको दाबी गरे । उनका अनुसार त नेपालले भारतीय सम्पदाको नक्कल गरेर लुम्बिनी र तिलौराकोट बनाएको हो । ‘बुद्धसँग सम्बन्धित धेरै प्रमाण भारतसँग छन्, नेपालले त नक्कल गरेको हो । अब भारतले बुद्ध गन्तब्यलाई थप आकर्षक बनाउँदै छ त के खराबी भयो ?’ उनले भने ।
माइतीबाटै र्फकंदै गरेकी आमा मायादेवीको कोखबाट बाटोमै (लुम्बिनीमा) जन्मिएका बुद्ध २९ वर्षको उमेरमा दरबार छाडेको नेपाली संस्कृतिविद्हरूको दाबी छ । ‘हामीलाई त थाहा भएन, देवदह, तिलौराकोट र लुम्बिनी सारा यतै बन्दै छन्’ अलिगढमा काम गर्दै भेटिएका भारत नौगढका एक मजदुरले भने ।
निर्माणमा खटिएका मजदुरका अनुसार सन् २०१२ भित्र देवदह र लुम्बिनीसहित नक्कली कपिलवस्तुले अन्तिम रूप लिँदै छ । भारतीय योजनाअनुसार आगामी दुई वर्षभित्र निर्माण पूरा गर्न करोडौँ रुपैयाँ खर्च भइसकेको छ ।
नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । निर्माण पुरानो देखाउन पुराना भारतीय घरमा प्रयोग भएका इँटा किन्नसमेत भारतले करोडौँ रुपैयाँ लगानी गरिसकेको अलिगढवाका स्थानीय वासिन्दाले बताए । तर, कसैले पनि आफ्नो नाम भने बताउन चाहेनन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको सडकदूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह,जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाइएको छ ।
राजा शुद्धोधनका पालाका भेटिएका माटाका भाडालगायतका अधिकांश वस्तु तथा ठाउँसमेत भारतले नक्कल गर्दै उतै बनाइरहेको छ । माटाका भाँडा र वस्तुमा पुरानोजस्तै देखिने लेप पनि लगाइँदै छ ।
भारतले नक्कली कपिलवस्तु निर्माण गरिरहेको जानकारी जनस्तरबाट पाए पनि नेपाल सरकार भने मौन छ । तर,वास्तविक कपिलवस्तुबासी र बौद्धधर्मालम्बीले भारतको यो प्रयास दुखद् र निन्दनीय भनेका छन् । बुद्ध भारतमा नै जन्मिएको भनेर दाबी गर्दै ‘पुरातत्त्व’ नै निर्माण गर्ने भारतीय प्रयासका बाबजुद नेपाल सरकार मौन रहनु दुःखदायी भएको बताउँछन् पुरातत्त्वविद् वसन्त विडारी ।
भारतले कपिलवस्तुको तिलौराकोट, कुदान, अशोकस्तम्भलगायतका बुद्धस्थल अवलोकनका लागि भारतीयमार्ग भएर आउने पर्यटकलाई भ्रमित गर्ने र उतै राख्ने उद्देश्यले यस्तो निर्माण गरिएको कपिलवस्तुका वासिन्दाको भनाइ छ । संस्कृतिकर्मी प्रेमनारायण पाण्डेले भने, ‘उसैले धेरै किताब छाप्छ, उसैले धेरै प्रचार गर्छ, पयर्टक त भ्रममा पर्ने भए अब ।’कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले भने आफू भारत नगएकाले यस्तो जानकारी नपाएको बताए । ‘खोइ, म त भारततिर गएको छैन, त्यस्तो जानकारी छैन,’ उनले भने । कपिलवस्तुका प्रहरी उपरीक्षक शरद् चन्दले स्थानीयस्तरमा भन्दा पनि केन्द्रबाट नै समस्या समाधान गर्नुपर्ने बताए । ‘यो राष्ट्रियस्तरको समस्या हो, दुई देशका नेताहरूले मिलाउनुपर्छ, हामीले यहाँ बसेर के बोल्ने ? के गर्ने ?’ उनले भने । तर तौलिहवाका वासिन्दा तथा नेपाल विद्यार्थी संघका सहमहामन्त्री राजेश ज्ञवालीले भने भारतद्वारा निर्मित नक्कली कपिलवस्तु तथा लुम्बिनी र तिलौराकोट हटाउन नेपाल सरकारले पहल गर्नुपर्ने बताए । तर, नेपाल सरकारले औपचारिक रूपमा विरोध नगरेका कारण भारतले नक्कली कपिलवस्तुमा प्रत्येक डिसेम्बर २९, ३० र ३१ तारिखमा विभिन्न कार्यक्रम गरी बुद्धमहोत्सव मनाउँदै आएको छ । गत डिसेम्बरमा पनि बुद्धमहोत्सव मनाइएको थियो ।
भारतका अनुसार देवदह, लुम्बिनी र तिलौराकोटलाई व्यवस्थित गर्न भारतले दसवर्षे नीति ल्याएको भए पनि करिब ५ किलोमिटरको क्षेत्रमा भारतले ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको छ । nayapatrika/published in 2066chaitra
Buddha was born in Nepal, not In India :
An article form http://whc.unesco.org : Siddhartha Gautama, the Lord Buddha, was born in 623 B.C. in the famous gardens of Lumbini, which soon became a place of pilgrimage. Among the pilgrims was the Indian emperor Ashoka, who erected one of his commemorative pillars there. The site is now being developed as a Buddhist pilgrimage centre, where the archaeological remains associated with the birth of the Lord Buddha form a central feature.
Justification for Inscription:The Committee decided to inscribe this site on the basis of criteria (iii) and (vi). As the birthplace of the Lord Buddha, the sacred area of Lumbini is one of the holiest places of one of the world's great religions, and its remains contain important evidence about the nature of Buddhist pilgrimage centres from a very early period.
Long Description:As the birthplace of the Lord Buddha - the apostle of peace and the light of Asia was born in 623 BC - the sacred area of Lumbini is one of the holiest places of one of the world's great religions, and its remains contain important evidence about the nature of Buddhist pilgrimage centres from a very early period. Lumbini, in the South-Western Terai of Nepal, evokes a kind of holy sentiment to the millions of Buddhists all over the world, like Jerusalem to Christians and Mecca to Muslims.
Lumbini is the place where the Buddha, known as the Tathagata, was born. It is the place which should be visited and seen by a person of devotion and which should cause awareness and apprehension of the nature of impermanence. The site and its surrounding area is endowed with a rich natural setting of domesticable fauna and favourable agricultural environ. Historically, the region is an exquisite treasure-trove of ancient ruins and antiquities, dating back to the pre-Christian era. The site, described as a beautiful garden in the Buddha's time, still retains its legendary charm and beauty.
The birthplace of the Gautama Buddha, Lumbini, is one of the four holy places of Buddhism. It is said in the Parinibbana Sutta that Buddha himself identified four places of future pilgrimage: the sites of his birth, Enlightenment, First Discourse, and death. All these events happened outside in nature under trees. There is no particular significance in this, other than it perhaps explains why Buddhists have always respected the environment and natural law.
Lumbini is situated at the foothills of the Himalayas in modern Nepal. In the Buddha's time, Lumbini was a beautiful garden full of green and shady sal trees (Shorea robusta ). The garden and its tranquil environs were owned by both the Shakyas and the clans. King Suddhodana, father of Gautama Buddha, was of the Shakya dynasty and belonged to the Kshatriya (warrior caste). Maya Devi, his mother, gave birth to the child on her way to her parent's home in Devadaha while resting in Lumbini under a sal tree in the month of May, 642 BC. The beauty of Lumbini is described in Pali and Sanskrit literature. Maya Devi, it is said, was spellbound to see the natural grandeur of Lumbini. While she was standing, she felt labour pains and catching hold of a drooping branch of a sal tree, she gave birth to a baby, the future Buddha.
In 249 BC, when the Indian Emperor Ashoka visited Lumbini, it was a flourishing village. Ashoka constructed four stupas and a stone pillar with a figure of a horse on top. The stone pillar bears an inscription, which in translation runs as follows: 'King Piyadasi (Ashoka), beloved of devas, in the 20th year of the coronation, himself made a royal visit, Buddha Sakyamuni having been born here; a stone railing was built and a stone pillar erected to the Bhagavan having been born here, Lumbini village was taxed reduced and entitled to the eight part (only)'.
Lumbini remained neglected for centuries. In 1895, Feuhrer, a famous German archaeologist, discovered the great pillar while wandering about the foothills of the Churia range. Further exploration and excavation of the surrounding area revealed the existence of a brick temple and sandstone sculpture within the temple itself, which depicts the scenes of the Buddha's birth.
It is pointed out by scholars that the temple of Maya Devi was constructed over the foundations of more than one earlier temple or stupa, and that this temple was probably built on an Ashokan stupa itself. To the south of the Maya Devi temple there is the famous sacred bathing pool known as Puskarni. It is believed that Maya Devi took a bath in this pool before the delivery. By the side of the Ashoka pillar a river which flows south-east and is locally called the Ol. In 1996, an archaeological dig unearthed a 'flawless stone' placed there by Ashoka in 249 BC to mark the precise location of the Buddha's birth more than 2,600 years ago. if authenticated, the find will put Lumbini even more prominently on the map for millions of religious pilgrims.
Source: UNESCO/CLT/WHCHistorical Description :The Shakya Prince Siddharta Gautama, better known as the Lord Buddha, was born to Queen Mayadevi, wife of King Suddodhana, ruler of Kapilavastu, in 623 BC at the famous gardens of Lumbini, while she was on a journey from her husband's capital of Tilaurakot to her family home in Devadaha.
In 249 BC the devout Buddhist Emperor Ashoka, third of the Mauryan rulers of India, made a pilgrimage to this very sacred area in company with his teacher, Upagupta, and erected pillars at Lumbini, Gotihawa, and Niglihawa, as he did in many parts of India, to commemorate his visit. The inscription on the Lumbini pillar identifies this as the birthplace of the Lord Buddha.
Lumbini was a site of pilgrimage until the 15th century AD. Its early history is well documented in the accounts of Chinese travellers, notably Fa Hsien (4th century AD) and Hsuan Tsang (7th century AD), who described the temples, stupas, and other establishments that they visited there. In the early 14th century King Ripu Malla recorded his pilgrimage in the form of an additional inscription on the Ashoka pillar.The reasons for its ceasing to attract Buddhist pilgrims after the 15th century remain obscure. The only local cult centred on worship of a 3rd-4th century image of Mayadevi as a Hindu mother goddess. The Buddhist temples fell into disrepair and eventually into ruins, not to be rediscovered until they were identified in 1896 by Dr A Fiihrer and Khadga Samsher, then Governor of Palpa, who discovered the Ashoka pillar.
Origional Lumbini and actual birth place of Lord Budhha Kapilvastu, Nepal
An Article form Damodar Prasad Acharya :
This is the proper time to say with pride that Buddha was born in Nepal not in India. Truth cannot be changed. But, the India is trying to create an illusion that the Lord Buddha was born in India. Released about a year ago, an Indian movie “Chandani Chok to China” has focused on the same illusion in that story. The movie was banned in Nepal with the pressure of some political parties and the outburst of the people. Finally, as a result of pressure, the Indian film producer has apologized on his wrong doing in the movie.
After that, few months ago, some news medias have highlighted a news about India is building a replica of Kapilvastu, Lumbini (birthplace of Buddha) at Piparhawa, state of Uttar prades of India. It shows the real intention of India, time and again, to make vague propaganda on the matter of Buddha’s birth place.
In my opinion, it is interesting and right time to focus the recent news which is regarding the birthplace of Buddha. On 16 November 2009, Asian Development Bank board of directors approved total $57.5 millions on grants and loans for three nation to develop the tourism infrastructure & services for key tourism sites. After the efforts made by Nepal, India & Bangladesh to take advantage of the tourism potential of their rich natural and cultural attractions, including many of the eminent Buddhist sites of Asia are getting financial support from the ADB to promote the tourism and services.
The world renowned site The Financial has published a news article whereby they stated South Asia as one of the poorer regions of the world but has many renowned natural and cultural attractions, including the world’s highest mountain and the Sacred Garden in Lumbini, Nepal, where Buddha was born, the Rumtek Buddhist Monastery in India’s Sikkim state, and ancient monasteries and temples in western Bangladesh. Countries in the sub-region, including India, Nepal and Bangladesh have formed a working group for collective action to tap the synergies of their complementary tourism sites in order to expand tourism.
In this context, we should not forget to raise our voice and focus on the ongoing invasive activities of India and its direct interference on Nepal. India’s move is clear that it wants to annex Nepal as its state. Thus, it is interfering on Nepal’s political, geographical, social, cultural & religious sectors.
There are lots of reports of border encroachment of Nepal territory by India. As the renowned Nepalese border expert Buddhi Narayan Shrestha reported, India has encroached about 59,970 hectares of Nepali territory at 54 points in 21 districts. (written in 29 November 2009, Belgium)
बुद्धको जन्मभुमी लुम्बिनीका केही दृश्यहरु (A glance at Lumbini, birth place of Buddha)
Bodhitree and the pond Mayadevi (Buddha's mother) took a bath before giving birth to the future Buddha.source:Wikipedia |
Temple, pillar, pond and remains (08/05/2004) © UNESCO / Junko Okahashi | Image Source: Junko Okahashi |
he Asokan pillar at Lumbini, where Gautama Buddha was born (current Nepal). |
The exact birth place of Gautama Buddha, in Lumbini, Nepal. |
Bhuddhist monks |

प्रतिक्रिया दिनुहोस् >>