मिस अर्थको आयोजक कारोस्लेल प्रोडक्सनका लोरेन्सन स्चकले पठाएको पत्रमा भनिएको छ, 'अहिलेको थाइल्यान्डको अवस्थाले गर्दा हामीले फिलिपिन्समा कार्यक्रम गर्ने भएका छौं।'
पत्रमा उनले उल्लेख गरेका छन्, 'थाइल्यान्डमा आएको बाढीले थाइबासीहरूको जनजीवन प्रभावित भएको छ। धेरै कलकारखाना बन्द भएका छन्। कैयौं मानिसहरू विस्थापित भएका छन्। थाइ सरकारले अनिश्चितकालिन बिदाको व्यवस्था गरेको छ।'
मिस अर्थको अन्य तालिका एउटै भए पनि ठाउँ फरक पर्दा केही अफ्ठ्यारो भएको उल्लेख गरिएको छ। 'हामीले मिस अर्थमा प्राकृतिक प्रकोपसम्बन्धी कार्यशाला पनि थपेका छौं,' पत्रमा लेखिएको छ। परिवर्तित तालिका अनुसार कार्यक्रम आगामी मंसिर १८ मा मनिलामा हुँदैछ। 'हामीले सम्बन्धित देशका प्रतियोगीहरूलाई खबर गरिसकेका छौं,' पत्रमा भनिएको छ।
यता नेपालका लागि आधिकारिक हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपति भने यसप्रति बेखबर छन्। भने, 'मलाई यसबारे केही जानकारी आइसकेको छैन।' यसपटक नेपालको प्रतिनिधित्व गर्दै मिस अर्थमा सहभागी हुन लागेकी अनुपमा ओरा गुरुङलाई यसबारे जानकारी भए पनि कुनै औपचारिक पत्र आइसकेको छैन। 'मैले अनलाइनबाट यसबारे जानकारी पाएकी थिएँ। तर औपचारिक पत्र आइसकेको छैन । त्यसैले कहाँ जाने, कहिले जाने र कतिको तयारी गर्नेबारे दुविधामा छु,' उनले भनिन्। कात्तिक १३, nagariknews