दशैंमा पुर्वमा १३ को मृत्यु
Posted by
purwanews
Published on
Saturday, October 8, 2011
यस वर्षको दशैं अवधिभर सवारी दुर्घटनामा परी पूर्वमा १३ जनाले ज्यान गुमाएका छन् । क्षेत्रीय ट्राफिक कार्यालय इटहरीका अनुसार घटस्थापनादेखि दशमीको दिन सम्ममा अन्य ६६ जना घाईते भएको समेत कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । घाइतेहरुमध्ये २५ जना गम्भीर घाइते भएको समेत जनाइएको छ ।
कार्यालयका अनुसार १२ गते १ जना, १३ गते १ जना, १४ गते १ जना, १५ गते ४ जना, १६ गते १ जना, १७ गते २ जना, १८ गते १ जना र १९ गते २ जनाको पुर्वका विभिन्न स्थानमा सवारी दुर्घटनामा मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमध्ये ४ बर्षिया बालिका सृजना सिवा, ३ जना महिला, १ जना ६५ बर्षिय वृद्ध र अन्य पुरुष रहेका छन् ।
यता ८ दिनको अवधिमा १३ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको कार्यालयले दशैं अवधिभर भने ट्राफिक व्यवस्थापनमा लापरवाही देखाएको छ । क्षमताभन्दा बढी यात्रु चढाएका कारण बारम्बार दुर्घटना हुने भएपनि बसभित्र र छतमा समेत यात्रुहरु चढेर यात्रा गरिरहँदा ट्राफिक प्रहरीहरु भने मुकदर्शक बनेका छन् ।
ट्राफिक प्रहरीको लापरवाहीका कारण विजयादशमीको तेस्रो दिनसम्म पनि सुनसरीमा बसमा जोखिमपूर्ण यात्रा गर्न यात्रुहरु बाध्य बनेका हुन् । दशैंअघि चेकजाँचको नाममा जथाभावी नजराना संकलन गरेको ट्राफिक प्रहरीहरुको चेकजाँच दशैंको आवश्यक समयमा भने शुन्य देखिएको हो ।
ट्राफिक लापरवाहीबाट यातायात व्यवशायीहरुलाई फाइदा भएपनि यात्रुहरु भने जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका हुन् ।
purwanews, 21 aswin
प्रतिक्रिया दिनुहोस् >>