यसवर्षको नोबेल पुरस्कार : कुन कसले पाए ?


विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिलाई दिइने बहुचर्चित नोबेल पुरस्कार यसवर्ष धमाधम घोषणा गरिँदैछ । शनिबारसम्ममा विभिन्न पाँच विधामा नोबेल पुरस्कारको घोषणा गरिसकिएको छ भने अर्थशास्त्र तर्फको नोबेल पुरस्कारको घोषण सोमबार गरिँदैछ । कुन विधामा कसले नोबेल पुरस्कार पाए, प्रस्तुत गरिएको छ :
शान्ती तर्फको नोबेल पुरस्कार तीन महिलालाई :
Peaceलाइबोरियाली राष्ट्रपति एलेन जोनसन सरलिफ, लाइबेरियाली ‘‘शान्ति योद्धा’’ लिमाह ग्बोवी तथा यमनमा अरब क्रान्तिका कार्यकर्ता तावाकुल कारमानलाई शुक्रबार शान्तिका लागि नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको, नोबेल छनौट समितिले बताएको छ ।यी तीनै विजेताले सन् २०११ को शान्तिका लागि नोबेल पुरस्कार साझेदारी गर्नुहुनेछ । उहाँहरूले शान्ति स्थापनाको कार्यमा महिला सहभागिताको अधिकार तथा महिलाको सुरक्षाका लागि अहिंश्रक सङ्घर्षका लागि यो पुरस्कार प्राप्त गनुभएको जानकारी नर्वेको नोबेल समितिका अध्यक्ष थोर्बजोर्न जगल्यान्डले दिए ।
Liberian women demonstrate at the American Embassy in Monrovia at the height of the civil war in July 2003‘‘समाजका सबै तहको विकासमा महिलाले पुरुषले जस्तै प्रभाव प्राप्त नगरेसम्म हामीले विश्वमा प्रजातन्त्र तथा दिगो शान्ति प्राप्त गर्न सक्दैनौँ’’, उनले भने ।
बहत्तर वर्षीया सरलिफले अफ्रिकी मुलुकको पहिलो महिला राष्ट्रपति बन्नु भई इतिहास रच्नुभयो । उहाँले १४ वर्षसम्म हिंश्रक गृहयुद्धपछि स्तब्ध बनेको मुलुकको शासन आफ्नो हातमा लिनुभयो । यो युद्धमा दुई लाख ५० हजार व्यक्तिको मृत्यु भएको थियो, अर्थतन्त्र पूर्णरूपमा बिग्रिएको थियो, विद्युत् तथा पानी थिएनन् र आधारभूत संरचनाहरू ध्वस्त भएका थिए ।
‘‘उहाँले सन् २००६ मा राष्ट्रपति पदमा बहाली गरेपछि लिबियामा शान्ति सुनिश्चित गर्न, आर्थिक प्रवद्र्धन गर्न, सामाजिक विकास गर्न तथा महिलाको अवस्था बलियो बनाउन योगदान गर्नुभयो’’, नोबेल समितिले भनेको छ ।
Ellen Johnson Sirleafउनाचालिस वर्षीय ग्बोवीको सहयोग नभएको भए सरलिफलाई सत्ता प्राप्त गर्न सम्भव हुँदैन थियो होला । ग्बोवीले लाइबेरियाली महिलालाई युद्धका नेताहरूसँग नडराउन सहयोग गरेकी थिइन ।
उनले इसाइ तथा इस्लाम महिलाहरूको एक ठूलो समूहलाई अफ्रिकाको रक्तपातपूर्ण युद्धमा यौन हड्ताल गर्न अभिप्रेरणा दिँदै पुरुषलाई शान्तितर्फ आकर्षण गरेकी थिइन ।
ग्बोवीले ‘‘जातीय तथा धार्मिक विभाजनकारी रेखामा रहेका महिलालाई सङ्गठित पारी लाइबेरियामा चलिरहेको लामो युद्ध अन्त्य गर्न र महिलाको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न’’ गरेको प्रयासलाई नोबेल समितिले प्रशंसा गरेको छ ।
Tawakul Karman, in a tent during a sit-in in Sanaa, Yemen, on 5 October, 2011
बत्तिस वर्षीया यमनी कार्यकर्ता तथा पत्रकार तावाकुल कारमानले महिलाको अधिकार, प्रेस स्वतन्त्रता तथा यमनमा राजनीतिक पत्रकारको उन्मुक्तिका लागि काराबासका समयमा अनेकौँ पीडालाई बहादुरीपूर्वक सहेका थिए । उनी शान्तिका लागि नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम अरब महिला हुन् ।
अरब क्रान्तिताका तथा त्यसअघि महिलाको अधिकार, प्रजातन्त्र तथा यमनमा शान्तिका लागि उहाँले नेतृत्वपूर्ण भूमिका खेलेर निकै कठिन परिस्थिति भोगेर सफलता प्राप्त गरेको भनी नोबेल निर्णायक समितिले प्रशंसा गरेको छ ।
Literature

साहित्यका लागि नोबेल पुरस्कार ट्रान्सट्रोमरलाई


स्कयान्डिनेभियाका सबैभन्दा परिचित जीवित कवि टोमस ट्रान्सट्रोमरले मानवको आत्मा र वाह्य विश्वसँगको सम्बन्धका विषयमा अनुसन्धान गरेका थिए र यसका लागि उनलाई सन् २०११ को साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरिएको छ ।
मनोविज्ञानको तालिम लिएका ट्रान्सट्रोमर प्रकृतिको कवितात्मक परीक्षणले मानव पहिचान तथा त्यसको आध्यात्मिक पक्षको अनुभूति गराउने र प्रायः यस्तो अवस्थामा अमूर्त क्षेत्रमा प्रवेश गरिने बताउँछन् ।

Tomas Tranströmer‘‘मानवको अस्तित्व उसको छुवाईसम्म मात्र अन्त्य हुँदैन’’, एक स्विडिस आलोचकले ट्रान्सट्रोमरका कविताका विषयमा भनेका छन् र उनी यसलाई निरपेक्ष प्रार्थना भनि व्याख्या गर्छन् ।
ट्रान्सट्रोमरका ख्याति अङग्रेजी बोल्ने विश्वमा उनका अमेरिकी कवि रोबर्ट ब्लीसँगको सम्बन्धमा आधारित छ र उहाँले नै ट्रान्सट्रोमरको कवितालाई अनुवाद गरिदिएको हो । त्यसो त ट्रान्सट्रोमरका कविता ५० भाषामा अनुवाद भइसकेका छन् ।
उनको कविता लाक्षणिकता, चित्रात्मकता तथा दैनिक जीवन तथा प्रकृतिको सामान्य चित्रकारीबाट पूर्ण छन् ।
उनका आत्ममूल्याङ्कन शैलीलाई पब्लिसर्स विक्लीले सामान्य बुझाईभन्दा पृथक, अनेक आयामयुक्त तथा उहाँको जीवनभन्दा दुःखी रहेको बताएको छ । यसले मात्रै कविता लेख्नुभन्दा राम्रो विश्वका लागि निरन्तर रूपमा सक्रिय हुन निरन्तर वचनवद्धता देखाउँछ ।
सन् १९३१ को अप्रिल १५ मा स्टकहोममा जन्मनुभएका ट्रान्सट्रोमरलाई उहाँका बाबुले परित्याग गरेपछि आमाले एक्लै हुर्काएका थिए । उनले सन् १९५६ मा मनोविज्ञानमा स्नातक गरेको र सन् १९६० मा उनले बालअपराधीहरूका लागि स्थापना गरेको संस्थामा काम गर्नथालेका थिए । ekantipur

Medicineतीन दिनअघि निधन भएका वैज्ञानिकलाई नोबेल पुरस्कार

तीन दिनअघिमात्र निधन भएका एक वैज्ञानिकसहित चिकित्साशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार शरीरको प्रतिरोधी प्रणालीबारे अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका तीन वैज्ञानिकलाई प्रदान गरिएको छ। 
अमेरिकाका ब्रुस ब्युट्लर, लक्जमबर्गका जुल्स होफम्यान र क्यानडाका राल्फ स्टिनम्यानलाई यस वर्षको नोबेल पुस्कार प्रदान गरिएको हो। स्टिनम्यानको गत शुक्रबार ६८ वर्षको उमेरमा निधन भइसकेको छ। 
प्राध्यापक बेउट्लर र होफम्यानले शरीरको पहिलो सतह प्रतिरोधी प्रणालीले संक्रमणविरुद्ध कसरी सक्रिय हुन्छ भनेर पत्ता लगाएका छन्। प्राध्यापक संक्रमणबाट बचाउने शरीको कोष पत्ता लगाएका थिए।
बेउट्लर र स्टेइनम्यान अमेरिकामाका काम गर्छन् भने होफम्यान फ्रान्सेली संस्थासँग आवद्ध छन्। पुरस्कारको १ करोड क्रोनर ब्युट्लर र होफम्यानले २५-२५ प्रतिशत र बाँकी आधा स्टेइनम्यानले प्राप्त गर्नेछन्। nagariknews
Jules A. HoffmannRalph M. SteinmanBruce A. Beutler
तीनै जना वैज्ञानिकको खोजले संक्रमित रोगविरुद्ध औषधी निर्माण गर्न र क्यान्सर रोगविरुद्धको उपचार उनीहरुको खोजमा आधारित भएर गर्ने गरिन्छ। चिकित्सा शास्त्रका लागेका अन्य व्यक्तिहरुले तीन वैज्ञानिकको अनुसन्धानले रोगविरुद्ध लड्ने औषधी बनाउने कुरामा महत्वपूर्ण सहयोग पुगेको छ।
नोबेल पुरस्कार डाइनामाइटका आविस्कार तथा व्यापारी अल्फ्रेड नोबेलका स्मृतिमा सन् १९०१ मा स्थापित प्रतिष्ठिता पुरस्कार हो।

Chemistry
रसायन नोबेल पुरस्कार इजरायली बैज्ञानिकलाई
Dan Shechtmanयसवर्षको रसायन तर्फको नोबेल पुरस्कार दान सेचम्यानलाई प्रदान गरिएको छ । उनी इजरायली विद्वान हुन् । उनलाई क्वासीक्रिस्टलको आविष्कार गरेवापत सो पुरस्कार प्रदान गरिएको हो । 





Physicsभौतिक नोबेल पुरस्कार पनि बाँडियो
भौतिक तर्फको नोबेल पुरस्कार भने दुई जना अमेरिकी र एक जना अष्ट्रेलियाका बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ । 
अमेरिककाका ५२ वर्षिय साउल पर्लमुटर, अमेरिकाकै ४२ वर्षिय एडम जि राइज र अष्ट्रेलियाका ४४ वर्षिय ब्रायन पि सेमिडलाई ब्रह्माण्डको विस्तारको खोज गरेवापत पुरस्कार दिइएको हो ।
आश्विन २१, ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :