नेपल्जि काउन्सिलको आयोजनामा गत भदौ ३ गते आर्मी अफिसर्स क्लवमा भएको प्रतिष्पर्धामा उपाधि जितेर उनी लिटिल मिस वल्र्डमा भाग लिन टर्की गएकी थिइन। नेपालमा भएको प्रतिष्पर्धामा ३६ जना मध्ये उनी विजेता वनेकी थिइन। उनले उपाधिसंगै ५० हजार रुपैया बरावरको छात्रवृत्ति तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने मौका पाएकी थिइन।
आइतवार साढे ४ वजे टर्कीबाट विपश्वी, आयोजक संस्थाका कार्यकारी निर्देशक दीपेन्द्ररत्न शाक्य र उनका वुवा राजु र आमा साखी पौड्यालसंगै उनी नेपाल आउदैछिन्। आयोजक संस्था नेपल्जि काउन्सिलका निर्देशक रोहित शाक्यका अनुसार विपश्वीको यति ठूलो सफल्तामा पक्कै पनि देशले गर्भ गर्नुपर्छ। विपश्वी नेपालबाट एक साताअघि टर्की गएकी थिइन। उनले आफ्नो ट्यालेन्ट शोमा ‘नाचुनाचु लाग्यो मलाई’ वोलको गीतमा नृत्य देखाएकी थिइन, उनकी दश कक्षामा अध्ययनरत दिदी ओजश्वीले भनिन्। शुक्रवार राती दश वजे सकिएको कार्यक्रममा विपश्वीले जितेको थहाँ पाएपछि धेरै आफन्तले फोन गरेर धन्यबाद दिएका थिए, ओजश्वीले भनिन्। उनका अनुसार एक सातासम्मको प्रतिष्पर्धामा परिचयात्क राउण्ड, कल्चरल राउण्ड, ट्यालेन्ट शो र त्यसपछि अन्तिम प्रतिष्पर्धा भएको थियो। उनलाई अन्तिम राउण्डमा प्रवेस गरेपछि नेपालकै वारेमा सोधिएको थियो, तर वहिनीले के उत्तर दिइन त्यो भने सोध्नै भ्याइन, ओजश्वीले भनिन्।
काठमाडौं विशालनगर घर भएकी विपश्वी अध्ययनरत वेन्डी हाउस स्कूलकी प्रिन्सिपल ललिता प्रसाईका अनुसार विपश्वी एकदमै मेहनती, लगनशील र हरेक कुरामा रुचि राख्ने गर्थिन। उनको त्यै स्वभावकै कारण उनले अन्तरष्ट्रिय ख्याति कमाएकी हुन्। नर्सरीदेखि नै वेन्डी हाउसमै अध्ययनरत विपश्वी आफुमात्रै होइन आफ्नो पुस्तक समेत सफा राख्ने गर्थिन, प्रिन्सिपल ललिताले भनिन्,‘अन्य वच्चा जस्तो चन्चले स्वभाव उनमा कहिले देखिन।’ विमानस्थलबाट विद्यालय हुदै उनको घरमा मरसिडिज गाडीमा राखेर पु¥याइनेछ, ललिताले भनिन्।
यसअघि नेपालबाट अन्तराष्ट्रिय स्तरमा भाग लिएर आयुशा श्रेष्ठले सन् २००३ मा मिस वल्र्ड युनिभर्सिटी (कोरिया) र गत बर्ष दुवईमा भएको मिस वल्र्ड इन्डियामा सहभागी भएकी रोमी शाहले मिस ब्युटीफुल स्किन जितेकी थिइन। त्यस वाहेक अहिलेसम्म यस्तो ब्युटी प्याजेन्टको उपाधि अहिलेसम्म नजितेको कोरियोग्राफर रोजिन शाक्यले जानकारी दिए। Aswin 22, with the help of nepaleenews
लिटिल मिस वल्र्डको ताज नेपालकी विपश्वीलाई
Posted by
purwanews
Published on
Saturday, October 8, 2011
‘लिटिल मिस वल्र्ड २०११’ को क्राउन नेपाली किशोरीले पहिरेकी छन्। टर्कीको आन्टल्यामा शुक्रवार राती सम्पन्न अन्तिम प्रतिष्पर्धामा ११ बर्षिया विपश्वी पौड्यालले उपाधिसंगै मिस लिटिल कन्जेनिबलिटीको टाइटल समेत चुम्न सफल भएकी छन्। बालुवाटारस्थित वेन्डी हाउसमा कक्षा ५ मा अध्ययनरत विपश्वीले जितेको यो उपाधि अहिलेसम्मकै सवैभन्दा ठूलो अन्तराष्ट्रिय व्युटी प्याजेन्टको उपाधि हो। अन्तिम प्रतिष्पर्धामा ३५ देशका किशोरीहरुको सहभागिता रहेको थियो। ९ देखि १३ वर्ष उमेरसम्मका किशोरीहरुले प्रतियोतिगामा प्रतिष्पर्धा गरेका थिए।
प्रतिक्रिया दिनुहोस् >>