'जय भीम कमरेड' ले जित्यो ताजसँगै डेढलाख
Posted by
purwanews
Published on
Monday, October 3, 2011

तीन घन्टा २० मिनेट लामो उक्त वृत्तचित्रका निर्देशक आनन्द पटवर्धनलाई महोत्सवकी प्रमुख अतिथि बंगलादेशकी अनुभवी फिल्ममेकर क्याथि्रन मासुदले अवार्ड हस्तान्तरण गरिन् । ३५ प्रतिस्पर्धी वृत्तचित्रलाई पछि पार्दै 'जय भीम कमरेड' ले दुई हजार अमेरिकी डलरसमेत पायो । निर्देशक आनन्दले झन्डै तीन दशकदेखि राजनीतिक विषयमा वृत्तचित्र बनाउँदै आएका छन् ।
चार दिनसम्म चलेको दक्षिण एसियाली मुलुकका वृत्तचित्र महोत्सवमा 'जर्नी टु यार्सा' ले डेब्यु फिल्म अवार्ड जित्दै एक हजार अमेरिकी डलर पायो । दीपेन्द्र भण्डारी निर्मित उक्त वृत्तचित्रले हिमाली भेगमा यार्सागुम्बा टिप्न रुकुम, रोल्पा र बाग्लुङसम्मका स्थानीय बासिन्दाको अवस्थालाई देखाएको छ । दर्शकले अत्यधिक रुचाएको उक्त फिल्म उद्घाटनसँगै थप दुईपटक देखाइएको थियो । वृत्तचित्रले पछ्याएकी मुख्य पात्र पुनीमाया कामी समेत सहभागी बनेपछि महोत्सवको समेत रौनक बढेको थियो ।

प्रत्येक दुई वर्षमा आयोजना हुने हिमाल साउथ एसिया महोत्सवमा यसपटक तीन निणर्ा
यक भारतीय फोटोग्राफर, लेखक सतीश शर्मा, वन वल्र्ड फिल्म फेस्टिभलका संस्थापक इगोर ब्लेजेभिक र फिल्म साउथ एसियाकै पूर्वनिर्देशक मनीष श्रेष्ठले मूल्यांकन गरेका थिए ।
महोत्सवमा देखाइएका तीन दर्जन फिल्ममध्येबाट १५ फिल्म छनोट गरी आगामी दुई वर्षभित्रमा दक्षिण एसियाली मुलुकमा देखाइने महोत्सवकी सहनिर्देशक उपासना श्रेष्ठले जानकारी दिइन् ।
आश्विन १६, ekantipur
प्रतिक्रिया दिनुहोस् >>