कुन खानेकुरा कति खाने ?
Posted by
purwanews
Published on
Monday, October 3, 2011
दसैं लाग्नासाथ तिहारसम्मको रमझममा रक्सी, मासु लगायत विभिन्न परिकारको आनन्द लिनेको कमी हुँदैन । युरिक एसिड, मधुमेह, मुटु, कलेजो लगायत विभिन्न शारीरिक समस्याबाट पीडित व्यक्तिले रक्सी, रातो मासुको अत्यधिक सेवन, शारीरिक निष्त्रिmयतासँगै निरन्तर एकै ठाउँमा बसेर तास खेल्ने लगायतका प्रक्रियाले जीवन-मृत्युको दोसाँधमा पुग्न गरी बिरामी नै पर्ने गरेका छन् ।
'चाडपर्वका बेला बिदामा हुने रोग 'होली डे हार्ट सिन्ड्रोम'को समस्याले अस्पताल पुग्नेहरू धेरै हुन्छन्,' नेपाल हर्ट फाउन्डेसनका अध्यक्ष एवं मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी भन्छन्, 'यो रोगअन्तर्गत मुटुको धड्कन छिटो-छिटो हुनुका साथै बेताल हुन्छ, हार्ट फेल पनि हुन सक्छ ।' बिदाको बेला प्रशस्त खानपिन , रक्सी, चिल्लो, कम व्यायाम, धूमपानले गर्दा मुटुको चाल बढेर बिना तालको हुने समस्या देखिन्छ जसको मुख्य कारण रक्सी रहेको डा. रेग्मी बताउँछन् ।
स्वस्थ व्यक्तिले निर्धारित मात्रामा रक्सी सेवन गर्दा निष्त्रिmय बस्नु हुन्न । सागसब्जी, फलफूल प्रशस्त मात्रामा खानुपर्छ, पानी प्रशस्त खानुपर्छ, । धूमपान गर्नु हुन्न भने स्न्याक्सको रूपमा बढी नुन सेवन, चिल्लो रातो मासु बढी सेवन गर्नु हुँदैन । 'मासुभन्दा दोब्बर सलाद सेवन गर्नुस्,' डा. रेग्मी भन्छन्, 'कोलेस्ट्रोलको स्तर बढी भएकाले खसीको मासु खाँदा एकै चोटि बढी खानु हुन्न । अलिअलि गरेर सन्तुलित रूपमा खानुपर्छ ।' यस्तो मासु पकाउँदा भने कम चिल्लो र नुन हुनुपर्छ ।
पोलेको मासु खाँदा मिठो लागे पनि यसले दीर्घकालमा पेटको क्यान्सर उत्पन्न गर्ने जोखिमतर्फ सचेत रहनसमेत चिकित्सकको आग्रह छ ।
बिरामी मात्र नभई स्वस्थ व्यक्तिले समेत दसैं-तिहार जस्ता उत्सवको समयमा खानपानमा विशेष ख्याल पुर्याउनु आवश्यक छ । दसैं-तिहारताका रक्सी सेवन, एकै ठाउँमा बसेर तास खेल्नु, मासु लगायत गरिष्ठ भोजनको अत्यधिक सेवनले शारीरिक समस्या भएकाहरू मात्र नभई सामान्य व्यक्तिलाई पनि पेट लगायत विभिन्न समस्या देखिने गरेको छ ।
वीर अस्पतालका कलेजो रोग विभाग प्रमुख प्रा.डा. अनिलकुमार मिश्र भन्छन्, 'शारीरिक निष्त्रिmयता र आवश्यकताभन्दा बढी खाद्यपदार्थ सेवनले समस्या निम्त्याउँछ ।' उनी तिहारमा समेत आपmनो शरीरले पचाउन सक्ने गरी मात्र सेवन गर्नु उचित हुने बताउँछन् ।
तिहार, भोजभतेरमा आमव्यक्ति आपmनो आवश्यकताभन्दा बढी खाद्यपदार्थ सेवन गर्ने प्रवृत्तिलाई औंल्याउँदै प्रा.डा. मिश्र भन्छन्, 'पचाउने क्षमता सीमित हुन्छ, प्रोटिन नै बढी उपयोग गरे पखाला लाग्न सक्छ ।' प्रायः व्यक्तिलाई कुनै न कुनै शारीरिक समस्या हुने गरेको पृष्ठभूमिलाई ध्यानमा राख्दै दसैं-तिहार लगायत विभिन्न उत्सवमा खाद्यपदार्थ सेवन गर्नुपर्ने उनी बताउँछन् । 'आफनो स्वास्थ्यको पृष्ठभूमिलाई ध्यानमा नराखी टन्न खाना खानाले रोग झन् चर्को हुन्छ,' डा. मिश्र भन्छन् ।
तिहारमा दुब्लो-पातलोलाई मासु, बोसो, चिल्लो लगायत खाद्यपदार्थ जति खाए पनि फाइदै हुने सल्लाह समाजमा सबैले दिने गरेको उल्लेख गर्दै नर्भिक अस्पतालका मुटु रोग विशेषज्ञ डा. भारत रावत भन्छन्, 'यो दुर्भाग्यपूर्ण कुरा हो, दुब्लो व्यक्तिलाई पनि हृदयाघात हुन्छ र मुटुको नलीमा अवरोध २० वर्षको उमेरदेखि नै सुरु हुने गरेको हो ।' शारीरिक सक्रियता भएको मोटो मान्छे व्यायाम नगर्ने दुब्लो मान्छेको दाँजोमा बढी सुरक्षित रहने समेत डा.रावत बताउँछन् ।
'दसैं-तिहारमा आफन्तलाई मिठाईको सट्टा फलफूल उपहार दिनोस्,' डा. रावत भन्छन्, 'सकेसम्म तेलको कम उपयोग गर्नुस्, सबै तेल उस्ताउस्तै हुन्छन् । अर्थात् एक व्यक्तिले एक दिनमा १५ मिलिलिटिरभन्दा बढी तेल उपयोग गर्नु हुँदैन ।' एकपटक उपयोग गरिएको तेललाई पुनः तताउनु हुँदैन ।
दसैंमा मधुमेह, उच्च रक्तचाप र मुटुको शल्यक्रिया भएकाहरू, धूमपान गर्ने वा वंशानुगत मुटु रोग भएकाहरूले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने आवश्यकता चिकित्सकहरूले
औंल्याउँछन् । विभिन्न रोग भएकाहरू दुई सातासम्म पर्वाह नगरी खानपिन जारी राखे अचानक अनियन्त्रित उच्च रक्तचाप, मृगौलाको समस्या, मुटु, मस्तिष्क वा आँखामा गम्भीर समस्या हुने सम्भावना रहन्छ ।
अन्य दिनजस्तै दसैं-तिहारमा समेत सामान्य स्वस्थ व्यक्तिले क्यालोरीलाई मोटामोटी रूपमा अड्कल्दै भोजन गर्नु उपयुक्त हुन्छ । क्यालोरी ऊर्जाको नाप हो । दुब्लो पातलो र सामान्यभन्दा कम तौल भएकाहरूका लागि भने खर्च गरेको क्यालोरीको दाँजोमा बढी क्यालोरी ग्रहण गर्ने आवश्यकता हुन्छ । यस्तै मोटो वा सामान्यको दाँजोमा बढी तौल भएकालाई भने खर्च गर्ने क्यालोरीको दाँजोमा कम क्यालोरी ग्रहण गर्नुपर्छ ।
जो व्यक्ति दैनिक गतिविधि वा व्यायाम अन्तर्गत खर्चिने क्यालोरीको दाँजोमा बढी क्यालोरी ग्रहण गर्छन् भने उनीहरूलाई मोटोपना वा सामान्यभन्दा बढी तौलको समस्याको जोखिम रहन्छ ।
पौष्टिक घटकमा क्यालोरीको मात्रा एक ग्राम बोसोमा ९ क्यालोरी, एक ग्राम प्राटिनमा चार क्यालोरी, एक ग्राम कार्बोहाइड्रेटमा चार क्यालोरीसँगै एक ग्राम रक्सीमा सात क्यालोरी हुन्छ । कार्बोहाइड्रेट ऊर्जाको प्रमुख स्रोत भएकाले यसलाई दिनहुँ ५०-६० प्रतिशतसम्म आपmनो आहारमा मिलाउनुपर्छ । कार्बोहाइड्रेट चामल, आलु, पीठो, दाल, जौ आदिमा पाइन्छ । दिनहुँको खानामा प्रोटिनको १० देखि २० प्रतिशतसम्म क्यालोरीको मात्रा खानुपर्छ । मासु, दूध, अन्डा, चिज पूर्ण रूपमा प्रोटिनका स्रोत हुन् । यसको अन्य स्रोतमा भने होल ग्रेन, चामल, जौ, आँटा, मटर आदि पर्छन् ।
कति रक्सी ?
सामान्यतः कुनै पनि शारीरिक समस्या नभएका स्वस्थ व्यक्तिहरू एक दिनमा दुई पेग हार्डडि्रंक्स्, एक ग्लास वाईन र एक बोतल बियर खाएसम्म यसले शरीरलाई खासै बिगार गर्दैन । तर हार्डडिं्रक्स् भन्नुको अर्थ हि्वस्की, जिन, रम, भोड्काजस्ता ४५ प्रतिशत अल्कोहल भएको रक्सी हो । यसको दुई पेग भन्नुको अर्थ जम्मा ६० मिलिलिटर हो ।
'यस्तै एक ग्लास भन्नुको तात्पर्य दुई सय मिलिलिटिर वाइन हो,' डा. प्रकाशराज रेग्मी भन्छन्, 'वाइनमा १२ प्रतिशत अल्कोहल हुन्छ ।' यस्तै एक बोतल अर्थात् सात सय ५० मिलिलिटिर बियर एक दिनमा खासै फरक पार्दैन तर बियरमा अल्कोहलको मात्रा भने ४ प्रतिशत हुनुपर्छ ।
तर कलेजो, मुटुको समस्या, युरिक एसिड लगायतका रोग भएकाले भने न्यून मात्रामा पनि रक्सी सेवन नगर्नु नै राम्रो हुन्छ ।
मिठाई खाँदा ध्यान पुर्याऔं
खुसी, उत्सव तिहारमा मिठाईको उपयोग धेरै हुने गरेको पाइन्छ । तर तपाइ मोटोपनाबाट जोगिन चाहनुहुन्छ भने त्यसैअनुरूप मिठाई सेवन गर्नुस् । मिठाई खाँदा उमेरको समेत ध्यान राख्नुस् । अझै मुलुकमा मिसावटी मिठाई समातिने क्रम रोकिएको छैन । त्यसैले मिठाई मिसावट नभएको यकिन भए मात्र सेवन गर्नुस् । सकेसम्म मिठाई कम खानु नै राम्रो हुने डा. रेग्मी बताउँछन् ।
चिकित्सकले मिठाई सेवन गर्न रोकेका छन् भने या त नखानुस् या स्वास्थ्यमा असर नपर्ने गरी सेवन गर्नुस् । मधुमेह र मुटु रोगी तथा यस्तै अन्य प्रकारका समस्या भएकाहरूले मिठाई र चिल्लो एवं बोसो सेवनबाट जोगिनुपर्छ । यसले उनीहरूमा चिनीको मात्रा मात्र बढ्न सक्दैन, मुटुको दुखाइ समेत हुन सक्छ र अन्य स्वास्थ्यसम्बन्धी समस्या हुन सक्छन् ।
यदि मुटु रोगी मिठाईको सौखिन भए उनीहरूलाई त्यस्तो मिठाई सेवन गर्नुपर्छ जसमा चिल्लो नहोस् । मुटु रोगीहरू छेनाको मिठाई -रसबरी) खान सक्छन् ।
उत्सवका मौसममा बिक्री हुने मिठाई त्यति ताजा हुँदैन । यस्तो मिठाई धेरै पहिले बनाइन्छ र यसलाइ ताजा देखाउन, चम्किलो राख्न थुप्रै प्रकारका रसायनयुक्त रंग र रसायनको उपयोग गरिएको हुन्छ ।
सुरक्षित खानपानका लागि
दसैं-तिहारमा भान्साकोठामा छुट्टै रौनक हुन्छ । अझ दसैंमा माछामासु जस्ता खाद्यपदार्थको अधिकताले भान्साकोठामा थप दबाब सिर्जना गर्छ । यसैले अन्य दिनजस्तै यो समयमा भने खाना पकाउँदा विशेष ध्यान दिनुपर्छ । खाना छँुदा र खाना बनाउँदा हात साबुनपानीले सफा गरेर मात्र बनाउनुपर्छ । यस्तै पकाएको तथा नपकाएको खाद्यपदार्थलाई छुट्टाछुट्टै राख्नुपर्छ ।
विश्व स्वास्थ्य संगठन -डब्लुएचओ) का अनुसार नपकाएका खानेकुरा जस्तै माछामासु आदिमा हानिकारक सूक्ष्म जीव हुन्छन् । यी जीव खाना तयार गर्दा अरू खानेकुरामा सर्न सक्छन् । नपकाएको माछा/मासुजस्ता खाद्यपदार्थ छुट्टै राख्नुपर्छ । नपकाइएको खानेकुराका लागि प्रयोग गरिने चक्कु, चपिङ बोर्डजस्ता सामग्रीहरू छुट्टाछुट्टै प्रयोग गर्नुपर्छ ।
यस्तै, माछामासु अन्डाजस्ता खाद्यपदार्थलाई राम्ररी पकाउनुपर्छ । पकाउँदा हानिकारक जीवहरू प्रायःजसो मर्छन् । डब्लुएचओका अनुसार ७० डिग्री सेन्टिग्रेडभन्दा बढी तापक्रममा खाना तताएर खानाले हानि नहुने कुरा अध्ययनमा देखिएको छ । पोलेर, भुटेर तथा कम पकाएर खाने र ठूला आकारका चाँडै नपाक्ने खानालाई भने विशेष ध्यान दिनुपर्छ ।
दसैं-तिहारताका एकैपटक बढी मात्रामा खाद्यपदार्थ बनाएर यसलाई विस्तारै खानका लागि राख्ने चलन समेत छ । सामान्य तापक्रममा भने खानालाई दुई घन्टाभन्दा बढी राख्नु हुँदैन । डब्लुएचओका अनुसार पकाइएका तथा चाँडै बिगि्रने खानालाई ५ डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा रेपि|mजेनेटरमा राख्नुपर्छ । यस्तै, ६० डिग्री सेन्टिग्रेडभन्दा तातो खाना खानुपर्छ । रेपि|mजेरेटरमा समेत खानालाई लामो समय राख्नु हुँदैन । चिसोमा राखिएको खानालाई तत्काल नै तताउनुपर्छ र सामान्य तापक्रममा राख्नु हुँदैन । डब्लुएचओका अनुसार खानालाई सामान्य तापक्रममा राखेमा सूक्ष्म जीव चाँडो बढ्छन् । तर ५ डिग्री सेन्टिग्रेडभन्दा तल र ६० डिग्री सेन्टिग्रेडभन्दा माथिको तापक्रममा खाना राखेमा ती सूक्ष्म जीवको वृद्घ िरोकिन्छ वा मर्छन् । तर केही हानिकारक जीवहरू भने ५ डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा समेत बाँच्न र बढ्न सक्छन् । ekantipur
प्रतिक्रिया दिनुहोस् >>