सिस्नुपानी देउसी

तिहारमा देउसीभैलोको आफ्नै महत्व छ । यतिबेला कलाकार मात्रै होइन, गाउँठाउँका मान्छेलाई समेत देउसीभैलोले छोइसकेको छ । देउसी र भैलोलाई तिहारको मुख्य आकर्षणको रुपमा लिईन्छ । तिहारका पाँच दिनमध्ये पछिल्ला तीन दिन देउसी र भैलो खेल्ने परम्परा छ । तर केही ठाउँमा भने ठूलो एकादशीको दिनसम्मै देउसीभैलो खेलिन्छ ।
………हरियो गोबरले लिपेको

लक्ष्मीपूजा गरेको
हे औंशी बारो गाई तिहारो भैलो……..
यसरी भैलो गीत शुरु गर्दा घरआँगनको वातावरण नै भिन्नै हुन्छ । घरबेटीलाई खुशी पार्न निकै प्रशंसा समेत गरिन्छ ।
छानामाथि घिरौंला
के के दिन्छन् हेरौंला
हे औंशी बारो गाई तिहारो भैलो……….
वर्ष दिनमा एकपटक आउने तिहारमा देउसीभैलो खेल्न आउनेहरुलाई भेटी, सिदा, सेलरोटी आदि दान दिने गरिन्छ । अनि देउसीभैलो खेल्नेहरुलाई घरबेटीलाई आशीष दिन्छन् ।
जसले दिन्छ मुरी उसको सुनको धुरी
हे औंशी बारो गाई तिहारो भैलो………..
ठाउँ अनुसारको भाकामा नाचगान गर्दै देउसीभैलो खेलिन्छ । परम्परागत रुपमा चल्दै आएको देउसीभैलो बीचमा हराईसकेको थियो । तर अहिले फेरि जाग्न थालेको छ । ‘सञ्चारमाध्यमको विकास र संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने ज्ञान बढ्नाले देउसी भैलो फेरि पुनर्जागृत भएको हो’ देउसीभैलोलाई गीत मार्फत गाउँ ठाउँमा पुर्याउन योगदान गर्दै आएका पुराना लोकगायक बमबहादुर कार्कीले भन्नुभयो ।
विकृति पनि उस्तै
गाउँठाउँमा विकास निर्माण या अरु कुनै पवित्र कामको लागि सहयोग बटुल्न तथा केटाकेटीले मनोरञ्जनको लागि खेल्ने देउसी भैलोको रुपमा हिजोआज परिवर्तन आएको छ । घरबेटीलाई आफ्नो इच्छाले भन्दा पनि डरधम्की र जबर्जस्ती दक्षिणा दिनुपर्ने बाध्यता बढेको छ । बिभिन्न समूह र क्लवको नाममा चन्दा उठाउने हिसाबले मात्र देउसीभैलो खेल्ने क्रम बढ्यो भनेर धेरैले गुनासो गरेका छन् । बेसुरा स्वरमा घरबेटीलाई धम्क्याउने, आफूले मागेजति पैसा नदिए तोडफोड गर्ने, देउसी भैलो खेलेर आफ्नो पैसा मादक पदार्थ खाई होहल्ला गर्ने विकृतिले देउसीभैलोको साँस्कृतिक पर्वलाई ओझेलमा पार्ने डर छ । ‘संस्कृतिको नाममा विकृति भित्रिएको छ, पैसा कमाउने उदेश्यले देउसीभैलो खेल्ने चलन बसेको छ’ जनवादी गायक जीवन शर्माले भन्नुभयो -’यस्ता विकृतिलाई समाप्त पार्न सबै एकजुट हुन जरुरी छ ।’
कतिपय कलाकार देउसीभैलोको संस्कृति जोगाउने अभियानमा पनि छन् । गाउँठाउँमा हराउन लागेको देउसीभैलोको संस्कृतिलाई केही कलाकार समूहले जगेर्ना पनि गरेका छन् । अनि देउसीभैलोको सन्देशमा पनि परिवर्तन आएको छ । राजनीतिक र सामाजिक क्षेत्रका विकृति विसंगतिलाई व्यंग्य गर्दै सामाजिक विकासमा लाग्ने सन्देश सहितका देउसीभैलो पनि सुन्न थालिएको छ ।
सिस्नुपानीको भिन्नै स्वाद
१३ वर्षदेखि भिन्नै शैलीको देउसे पस्कँदै आएको सिस्नुपानी नेपालले यस वर्षको तिहारमा पनि यसलाई निरन्तरता दिएको छ । अध्यक्ष लक्ष्मण गाम्नागे र महासचिव टंक आचार्य काठमाडौं बाहिर जाने भएकाले यसवर्ष देउसे कार्यक्रम नगर्ने सिस्नुपानीको तयारी थियो । तर पछि मनोज गजुरेल लगायतका कलाकारको अग्रसरतामा देउसीलाई निरन्तरता दिईएको छ । यसपाली पनि सिस्नुपानीले आफ्नो देउसेमा राजनीति र सामाजिक क्षेत्रलाई तीखो व्यंग्य प्रहार गरेको छ ।
भन भन भाइ हो – राम राम
भन भन बैनी हो- राम राम
स्वर मिलाईकन – राम राम राम
राम्ररी भन – रामै राम
जोडले भने – जय जय राम
देशै भरी- रामै राम
प्रधानमन्त्री – बाबुराम
राष्ट्रपति – बरन-राम
विपक्षी नेता – चन्द्र-राम
विद्रोही नेता – बादल राम
ओलीका झोली – पर्शुराम
बाबुराम विचार – दिल्लीराम
सर्कारका मन्त्री – सिल्लीराम
आउने पो हो कि – राज्य राम
भइने पो हो कि – जिल्लाराम
हाम्रो देशका प्रधानमन्त्री मुस्ताङ्ग चढ्छन् लुरुलुरु नि लै लै
मन्त्राणीलाई प्राडो, प्र.म.ज्युलाई घाँडो
फष्ट लेडीको चुरुफुरु………..
गच्छेदारको अच्छा भाषन, खोजी गर्ने भ्रष्टाचारी नि लै लै
नखोज न धेर, आफैं ऐना हेर
कालो चस्मा फुकालेर
सबै डाक्टर प्रधानमन्त्री हुदैनन् है पढेर
देउसी खेल्न जाऔं साथी मुस्ताङ् चढेर
जुन पार्टीमा डाक्टर बैद्य त्यही पार्टी रोगी भो
पार्टी रोगी, नेता ढोंगी, जनता जोगी भो
कुद्न खोज्ने बाबुराम, बैद्य छिर्के लगाउने
नारानकाजी फुत्त निस्की खाने, अघाउने
माक्र्सबाद हो कि माक्र्स’बेद’ तिम्रो, बुझ्नलाई गाह्रो भो Û
प्रचण्डलाई ‘पथ’मा पुग्न कस्तो साह्रो भो
‘बैद्यजी’लाई जंगलतिरै फर्के राम्रो होला नि
जडीबुटी खोज्न लैजाऊ रातो झोला नि
पोहोर साल सिस्नुपानीको देउसीमा त्यहीबेलाको राजनीतिक घटनाक्रम समेटिएको थियो ।
हामी त्यसै आएनौ, सिस्नुपानीले जा भन्यो
सक्छस् भने तँ पनि प्रधानमन्त्री खा भन्यो
भनभन भाइ हो – देऊ सरकार
जोडले भन – देऊ सरकार
……….मकैमा दाना थिएन
नेताले संविधान दिएन
उस्ताउस्तै दुवैसँग बीजै थिएन
……..कालिबाबाको खुट्टामा लम्पसारै परे नि
राजतन्त्र आउँदैन अब मरे नि
……..सात दलका सात मुख
सत्रतिर चियाउँछन्
अनि यिनले संविधान कहिले ल्याउँछन् ?
……….न त नीति न त अडान
न बोलीको ठेगान छ
बुझिँदैन एमाले
कन्छ के भन्छ
भने भने जस्तो गर्छ
जिब्रो मात्रै चलाउँछ
जता फाईदा हुन्छ
उतै मुन्टो बटार्छ…………………..

त्यसो त सिस्नुपानी नेपालले तिहार बाहेक अरु बेला पनि राजनीतिक र सामाजिक क्षेत्रका विकृति विसंगतिलाई प्रहार गर्दै हाँस्यव्यंग्य कार्यक्रम गर्दै आएको छ ।
रिनमा डुब्छन् – जनता
भोकले मर्छन् – जनता
नेताले लुट्छन् – जनता
कराईमा भुट्छन् – जनता
कुटेपनि, चुनेपनि, भुटेपनि
जुरुक्क जुरुक्क उठ्छन् – जनता………………..
सिस्नुपानीकै शैली
सिस्नुपानी नेपालले यसवर्ष देउसी नगरे पनि त्यस्तै स्वादको देउसी भने पाइने भएको छ । काठमाडौं बत्तीसपुतलीको बागमती परिवारको पहलमा नयाँ शैलीको देउसीभैलो तयार भएको छ । उनीहरुले यो शैलीको देउसीलाई ब्यानर नै बनाएर टोलमा टाँगेका पनि छन् । अनि औंसी र भोलिपल्ट सडकमै देउसीभैलो भट्याउने टोलबासीको योजना छ ।
…..ए हाडे ओखर – देउसरे
जनता उल्टै जोकर – देउसरे
सत्ता भागबण्डा – दउसरे
सुनको अण्डा – देउसरे
जनताको भागमा – देउसरे
कुहिया आलु बन्दा – देउसरे
दशैंभरी वाल्ल – देउसरे
तिहारमा ट्वाल्ल – देउसरे
………आगौं आउँदा – देउसरे
मन्दी हटून् – देउसरे
समृद्धि छाओस् – देउसरे………………..

गच्छेदारको अच्छा भाषन, खोजी गर्ने भ्रष्टाचारी नि लै लै
नखोज न धेर, आफैं ऐना हेर
कालो चस्मा फुकालेर
सबै डाक्टर प्रधानमन्त्री हुदैनन् है पढेर
देउसी खेल्न जाऔं साथी मुस्ताङ् चढेर
जुन पार्टीमा डाक्टर बैद्य त्यही पार्टी रोगी भो
पार्टी रोगी, नेता ढोंगी, जनता जोगी भो
कुद्‍न खोज्ने बाबुराम, बैद्य छिर्के लगाउने
नारानकाजी फुत्त निस्की खाने, अघाउने
मार्क्सबाद हो कि मार्क्स’बेद’ तिम्रो, बुझ्नलाई गाह्रो भो!
प्रचण्डलाई ‘पथ’मा पुग्न कस्तो साह्रो भो
‘बैद्यजी’लाई जंगलतिरै फर्के राम्रो होला नि
जडीबुटी खोज्न लैजाऊ रातो झोला नि
संविधान फल्छ भन्थ्यौ, संघीयता ल्याउँछु भन्थ्यौ नि लै लै
न त संघी यता भो, न त संघी उता भो
उल्टै देश कता कता गो
छ सय एकको लामो ताँती, पुत्ले पाङ्ग्रे भाँती भाँती नि लै लै
संवि धान जप्छन्, म्यादमात्रै थप्छन्
लाग्दैन कि कुरी कुरी
चरी उड्यो भुरुरुरु, पर्शु दिउँसै हरायो
ओलीजीको जोक सुन्दा जोकै डरायो
बल्खु पनि बिरानो भो दिल्लीले नि फाल्दियो
दिल्लीले नि अर्कैलाई टेण्डर हाल्दियो
झलनाथको झिल्के सरकार छ महिना नि रहेन
किन आयो, किन गयो पत्तै भएन
‘वर्तमान परिप्रेक्ष’ माधवजीको नारा हो
न बिर्गाछन्, न सपार्छन् डमी पारा हो?
शुशिलदा र देउवा दाइको काँग्रेसभित्र रडाको
चुनाव हार्ने पालो सधैं पौडेल बूढाको
बुढै बूढा नेता छन्, अझै भन्छन् जवान
युवालाई उठ्नै दिन्नन्, कठै गगन।
मधेशीलाई मुक्ति दिन्छौं भन्छन् नेता मधेशका
काठमाण्डौमा घर ठड्याउँछन्, सयर विदेशका
भ्रष्टाचार अन्त्य गर्छु भन्दै हिड्छन् गच्छेदार
एउटा ऐना किनौं जनता, दिऊँ न उपहार
नेपाली हौं हामी भन्छन्, देश त्यागी कता कता नि लै लै
ऊ बेलामा फाले, अहिले माग्न थाले
एनआरएनले नागरिकता
घाँटी दुख्ने रोग लागे, नजाऊ भाउजू अस्पताल नि लै लै
डाक्टर सिस्टर आउलान्, बेहोस्को सुई लाउलान्
झिकी देलान् पाठेघर।

सिस्नुपानी को देउसी /आसिस 


ए दिदैछौं आशिष – गनेर
महङ्गी घटोस् – भनेर
ए सुनको भाउ– झन् बढोस्
नूनको भाउ – झन् घटोस्
शेयरको मूल्य – बढ्दो होस्
लोड सेडिङ् सधैं – घट्दो होस्
आयकर तिर्ने – बानी होस्
धारामा सधैं – पानी होस्
सिलिण्डरमा – प्वाल नहोस्
दूतावासको जस्तो – वाल नहोस्
थोत्रा पिलेन – नउडून्
भिरमा गाडी – नगुडून्
मिठाई बासी – नपरोस्
रोगले निम्तो – नगरोस्
कोशेली गुदपाक – नआओस्
आइहालेपनि – नखाओस्
प्रभुले ज्यान – नहरुन्
काशीको बास – नगरुन्
बाबुलाई अल्सर – नलागोस्
छोराले पल्सर – नमागोस्
चोरलाई खेद्ने – लाठी होस्
घरकी जहान – बाठी होस्
देउसीको जस्तो – लय होस्
नेपाली जनताको – जय होस्
sisnu paani deusi with the help of onlinekhabar and other onlines

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध