आयो 'रा-वन' (फिल्मको विशेषतासहित)
Posted by
purwanews
Published on
Wednesday, October 26, 2011
शाहरुखको यो फिल्म दक्षिण कोरिया र हङकङमा समेत प्रदर्शन भएको छ । दुबई, लन्डन र टोरन्टोमा फिल्मको एकसाथ पि्रमियर भएको थियो । यो साई फाई फिल्मको सबैभन्दा महत्त्वपुर्ण पक्षचाहिँ लागत हो । तीन करोड डलर लगानीमा यो फिल्म निर्माण गरिएको बताइएको छ । 'अवतार' जस्तै साइन्स फिक्सन भएकाले निर्माण लागत महँगो पर्न गएको निर्माण पक्षको दाबी छ । यो बलिउडकै अहिलेसम्मको सबैभन्दा महँगो फिल्म हो ।
शाहरुख र इरोज इन्टरटेनमेन्टले संयुक्त रूपमा निर्माण गरेको फिल्मको चर्चा पटकथा लेखनको बेलादेखि नै भएको थियो । शाहरुखले सबभन्दा पहिले जनवरी १ मा एक समाचारपत्र मार्फत् पहिलोपटक फिल्मसम्बद्ध आफ्नो तस्बिर सार्वजनिक गरेका थिए । यसपछि विश्वकपको बेला उनले फिल्मको ट्रेलर सार्वजनिक गरे ।
यो फिल्मले वलिउडमा हालसम्मकै सबैभन्दा बढी व्यापारको किर्तिमान राख्ने आशा निर्माण पक्षको छ । वलिउडमा आमिर खानको थ्री इडियट, रजनिकान्तको रोबर्ट, सलमानको दबंग र बडीगार्डले व्यवशायिक किर्तिमान कायम गरेका छन् ।
बितेको एक महिनामा शाहरुखले फिल्मको प्रचारप्रसारका लागि विभिन्न आठ सहरको यात्रा समेत गरेका छन् । साथमा 'इन्डियाज गट ट्यालेन्ट', 'जस्ट डान्स', 'सारेगम लिटिल च्याम्स' जस्ता टिभी रियालिटी सोलाई पनि प्रचारको माध्यम बताएका थिए । प्रचारकै लागि उनले 'कौन बनेगा करोडपति' को हट सिटको समेत प्रयोग गरेका थिए ।
रावनसँग सम्बन्धित केही रोचक तथ्यहरु :
- फिल्मको ५०० थ्री डी संस्करण समेत रिलिज हुँदैछ ।
- फिल्म तत्काललाई तमिल र तेलुगु भाषामा समेत डब हुँदैछ ।
- फिल्मका निर्देशक अनुभव सिन्हा र शाहरुख खानले यो फिल्म बनाउनको लागि विभिन्न भाषामा बनेका ६०० वटा सुपरहिरो फिल्म हेरेका थिए ।
- शाहरुखको यो फिल्ममा ओस्कार विजेता रेसुल पोकुट्टीले स्पेशल इफेक्ट दिएका छन् भने अडियो डविङ अमेरिकाको लस एन्जल्समा भएको थियो ।
- भारतमा ३५०० वटा भिएफएक्स स्पेशल इफेक्टको प्रयोग गरीएको यो पहिलो फिल्म हो ।
- लण्डन, पेरिस, बैंकक र अमेरिकाका धेरै नामी स्टुडियोहरुमा यो फिल्मको स्पेशल इफेक्ट तयार गरिएको छ ।
- फिल्ममा अभिनयको लागि चिनिँया नायक ज्याकि च्यानलाई समेत आग्रह गरिएको थियो । तर पछि उनको भुमिका चिनियाँ, अमेरिकी अभिनेता टम वु ले निभाएका छन् ।
- विश्वविख्यात गायक एकाँनले यो फिल्ममा दुई वटा गाना गाएका छन् । छम्मकछल्लो र क्रिमिनल बोलका दुई गीत यिनै गायकले गाएका हुन् ।
- शाहरुखले फिल्ममा लगाएको लुगा सिलिकन, स्टाइरोफोम र रवरबाट बनेको छ र निकै भारी पनि छ । यो पोशाक लगाएर सुटिङ सक्दा खानको शरीरको तौल पाँच किलो घटेको थियो ।
- शाहरुखले लगाएको पोशाक र मेकअपको लागि दिनको आठ घण्टा उनले केही खान हुँदैनथियो । त्यसैले शाहरुख खानको लागि यो फिल्म लगानी र स्वास्थ्यका हिसाबमा निकै जोखिमपूर्ण फिल्म हो । सोही अनुसार उनले राम्रो प्रतिफलको समेत आशा गरेका छन् ।
- तमिल भाषाका फिल्मका नायक रजनीकान्त र अभिनेत्री प्रियंका चोपडा समेत फिल्ममा देखिन्छन् भने अमिताभ बच्चनले यो फिल्ममा आफ्नो आवाज दिएका छन् ।
- फिल्मको स्याटेलाइट अधिकार ३५ करोड रुपैयामा बेचिएको छ भने यसको वितरण अधिकार ७७ करोड रुपैयामा बेचिएको छ । शाहरुखको १५० करोड रुपैया फिल्ममा लागेको छ । २५ करोड रुपैया त फिल्मको मार्केटिङमा मात्र खर्च गरिएको छ ।
- यो फिल्म बलिउडको सर्वाधिक महंगो फिल्म हो । यसअघि रजनीकान्त नायक भएको फिल्म रोबर्ट १२९ करोडमा बनेको थियो भने अक्षयकुमारले अभिनय गरेको ब्लु चलचित्र १२९ करोड रुपैयामा बनेको थियो ।
- रावनको प्रमोशनको लागि रावन नामक कम्प्युटर गेम पनि बन्ने क्रममा रहेको छ ।
- दिपावलीमा रिलिज भएको शाहरुख खानको यो तेस्रो फिल्म हो । यसअघि ओम शान्ती ओम र डन दिपावलीमै रिलिज भएका थिए र राम्रो व्यवशाय समेत गर्न सफल बनेका थिए ।
प्रतिक्रिया दिनुहोस् >>