पाँच वर्ष लामो नेपाल बसाइ सकेर फिलिपिन्स जान लागेका ५८ वर्षे डा. पंकज मेहताले गत शुक्रबार आयोजित बिदाइ समारोहमा भनेका थिए, 'नेपाल मेरो मुटुमा छ, सधैं रहिरहनेछ।'
युनिसेफ नेपालमा काम गर्ने मेहताले यहाँको बालमृत्यु र मातृमृत्यु दर घटाउन उल्लेखनीय योगदान पुर्याएको सम्बद्ध विज्ञहरू बताउँछन्। सहकर्मीहरूका अनुसार नेपालमा उनले लागू गरेको समुदायमा आधारित नवजात शिशु, एकीकृत बाल बचाउ र पोषण कार्यक्रमको अवधारणा युनिसेफले धेरै विपन्न मुलुकमा अपनाउँदैछ।अमेरिकी सहयोग नियोग (युएसएड) नेपालका स्वास्थ्य निर्देशक एन प्यानिस्टनको हात्तिसारस्थित घरमा भएको बिदाइ समारोहमा मेहताले नेपाल छाड्नुपरेकोमा घरिघरि दुःख व्यक्त गरे।
बसुञ्जेल यहाँका हिमालसँग लोभिएका र फेसबुकको 'वाल'मा समेत हिमाली क्षेत्रमै खिचिएको तस्बिर राखेका उनले आफ्ना सहकर्मीहरूलाई भनेका थिए, 'म एक वर्षअघि नै माउन्टेन फ्लाइटमा गइसकेँ, तर श्रीमती गएकी छैन। उसलाई एकचोटि नलगी म नेपाल छोड्दिनँ।'
नेपाल छाड्नुअघि अन्तिमचोटि श्रीमतीसित माउन्टेन फ्लाइटमा जाने त्यही धोकोले आइतबार ज्यान लियो मेहता र उनकी अन्दाजी ५५ वर्षीया श्रीमती डा. छायाँको।
'माउन्टेन फ्लाइटमा जान्छु त भन्दै थिए, तर आजै जान्छु भनेर साथीभाइसँग सेयर गरेका थिएनन्, बिदाको दिन एक घन्टामै फर्किहालिन्छ भनेर होला,' युनिसेफ नेपालमा कार्यरत उनका निकट सहकर्मी डा.सुधीर खनालले भने।
'नेपाल छाड्ने साता संसारै छाड्ने साता बन्यो।'

पाँचवर्षे बसाइ
भारतको कोलकाता स्थायी घर भएका मेहता पाँच वर्षअघि युनिसेफको लैनचौरस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालयमा खोप परामर्शदाताका रूपमा आएका थिए। दुई वर्ष त्यहाँ रहेपछि युनिसेफ नेपालको राष्ट्रिय कार्यालयमा स्वास्थ्य प्रमुखका रूपमा काम गर्न थाले। यस अवधिमा उनले नेपालका धेरै दुर्गम ग्रामीण क्षेत्र चाहारे।

उनलाई बढुवा गरी पोषण, बाल स्वास्थ्य र एचआइभीसमेत हेर्नेगरी फिलिपिन्स खटाइएको थियो। उनी अर्को साता नेपाल छाड्दै थिए। उनकी श्रीमती छायाँ आँखा रोग विशेषज्ञ हुन्। उनी तीन वर्षदेखि किस्ट मेडिकल कलेजमा प्राध्यापन गर्दै आएकी थिइन्।
अन्तिम साताको नेपाल बसाइमा रहेका मेहता केही दिनयता सहकर्मीहरूले दिने बिदाइ भोजमा व्यस्त रहँदै आएका थिए। अघिल्लो शनिबार स्वास्थ्य सेवा विभाग र एक्स्टर्नल डेभलपमेन्ट पार्टनर (इडिपिज) का सदस्यहरूले त्रिपुरेश्वरको एउटा रेस्टुरेन्टमा बिदाइ भोज गरेका थिए। उक्त कार्यक्रममा उनले भनेका थिए, 'म यो सरुवालाई नेपालमा सिकेको ज्ञान अन्यत्र फैलाउने अवसरका रूपमा लिन्छु।'
अर्को शुक्रबार युनिसेफका सहकर्मीले त्यस्तै भोज गर्ने तयारी थियो। 'त्यो कार्यक्रममा युनिसेफका हामी सबै सहकर्मीले उनीसँग खिचाएका तस्बिर र त्यससँग जोडिएका सम्झना समेटिएको एउटा किताब तयार पारेर दिने चाँजो मिलाएका थियौं,' उनले भने, 'अब त्यो किताब उनको परिवारका सदस्यलाई भए पनि दिन्छौं।'
मेहताका जेठा छोरा कैयुर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमडी तेस्रो वर्ष अध्ययनरत छन्। आगामी नोभेम्बरमा कैयुरको बिहे गर्ने तय भएको थियो। कान्छो छोरा धबल अमेरिकामा पढ्दैछन्। ९० वर्षे पिता कोलकातामै बस्छन्।
योगदान
बाल र जनस्वास्थ्य विशेषज्ञ मेहताले नेपालको मातृ र बाल स्वास्थ्य क्षेत्रमा धेरै राम्रा काम सुरु गरेका थिए। उनले समुदायमा आधारित नवजात शिशु र एकीकृत बाल बचाउ कार्यक्रमलाई प्राथमिकतामा पार्न नेपाल सरकार र दातृ निकायमा समेत 'लबिङ' गरे।
सहकर्मीहरूका अनुसार पोषण क्षेत्रमा 'बहुक्षेत्रीय योजना' बनाउनमा उनले दातृ निकायका तर्फबाट नेतृत्व नै गरेका थिए। नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणअनुसार सन् २००१ देखि २०१० सम्म आइपुग्दा पोषण अवस्थामा सुधार नआएपछि उनले यसलाई प्राथमिकतामा नराखे बालबालिकको जीवन रक्षा नहुने धारणा राख्दै आएका थिए।

उनले नेपालमा पोषणको क्षेत्रमा काम गर्न 'नेपाल न्युट्रिसन ग्रुप' नामक समूह खडा गरे। 'त्यसको प्रतिफल आउन थालिसकेको थियो, युएसएआइडी, नेपाल हेल्थ सेक्टर कार्यक्रम र विश्व स्वास्थ्य संगठनले थुप्रै पैसा राखिसकेका थिए,' डा.खनालले भने, 'तर उनले प्रतिफल देख्न पाएनन्।'
सेभ दी चिल्ड्रेनका स्वास्थ्य तथा पोषण कार्यक्रम प्रमुख डा.आशिष केसीका अनुसार मेहताले नेपालमा थालेका स्वास्थ्यसम्बन्धी धेरै कार्यक्रम अहिले 'सफलताको सिँढी' चढ्दैछन्।
स्वभाव
मेहता निकै रमाइलो गर्ने स्वभावको भएको उनका सहकर्मीहरू सम्झन्छन्। उनी जैन धर्म मान्ने भएकाले मासु खाँदैनथे। आफ्नै खर्चमा पार्टी दिँदा पनि मासुको पैसा नतिर्ने उनको स्वभाव थियो। 'म तिमीहरूलाई खुवाउन लैजान्छु, अरू सबै मै तिर्छु, मासुको तिमीहरूले नै तिर्नुपर्छ,' अक्सर जमघटमा मेहताले भन्ने गरेको सम्भि्कए खनालले।

बिदाइको तयारीमा किस्ट
किस्ट मेडिकलमा डा. छायाँको सम्झौता अक्टोबरसम्म थियो, तर उनले त्यसअघि नै कलेज छाड्ने जनाउ दिइसकेकी थिइन्।
किस्ट मेडिकलमा डा. छायाँको सम्झौता अक्टोबरसम्म थियो, तर उनले त्यसअघि नै कलेज छाड्ने जनाउ दिइसकेकी थिइन्।
'तीन वर्षअघि दसैंको अष्टमीकै दिन नेपाल आएकी थिएँ, सायद अब अष्टमीकै दिन नेपाल छोड्छु,' औपचारिक रूपमा कलेज छाडिनसकेकी छायाँको भनाइ उद्धृत गर्दै किस्ट मेडिकल कलेजका प्रिन्सिपल टिपी थापाले भने, 'सि वाज गुड टिचर (उनी असल प्राध्यापक थिइन्), हामी उहाँको फेयरवेल (बिदाइ) को तयारीमा थियौं, आजै दुःखद समाचार सुन्नुपर्यो।' nagariknews