समुद्रमा खस्यो भूउपग्रह

अमेरिकी अन्तरिक्ष सस्था नासाले ६ वर्षदेखि नियन्त्रण बाहिर रहेकेा मौसमी भूउपग्रहका भग्नावशेष आज प्रसान्त महासागरमा खसेको जनाएको छ ।

नेपाली समय अनुसार बिहान पौने ११ बजेको हाराहारीमा स्याटेलाइट पृथ्वीकेा वायुमण्डलमा प्रवेश गरेर जलेको र त्यसका टुक्राटाक्री प्रशान्त महासागरमा खसेको नासाको भनाइ छ । तर भूउपग्रह खसेको एकिन समय भने अझै थाहा हुन सकेको छैन ।
सन् १९९१ मा वातावरणको अध्ययनको लागि अमेरिकाले अन्तरिक्षमा पठाएको ६ टनको अपर एट्मोस्फीएर रिसर्च स्याटेलाइट इन्धन सकिएपछि सन् २००५ देखि नियन्त्रणबाहिर गएको थियो । नासाले पछिल्ला ३० वर्षमा नियन्त्रणबाहिर गएर पृथ्वीमा खस्ने यो स्याटेलाइट नै सबैभन्दा ठूलो रहेको जनाएको छ ।
यसअघि यो स्याटेलाइटका केही टुक्रा जमिनमा खस्नसक्ने खतरा समेत रहेको बताइएपनि सबै भग्नावशेष समुद्रमा खसेकाले कुनै मानवीय क्षति नभएको नासाको आधिकारिक भनाइ छ । तरपनि अर्को एक समाचार अनुसार स्याटेलाइटका केही टुक्रा पश्चिमी क्यानडामा समेत खसेको हुनसक्ने सम्भावना छ । झण्डै ५ सय किलो तौलका टुक्राटाक्री ८ सय किलोमिटर आसपासका क्षेत्रमा खसेका बताइएको छ । नासाका प्रवक्ता स्टेफेन कोल भन्छन् , “स्याटेलाइट ठूलो बस जत्तिकै आकारको रहेपनि पृथ्वीमा निकै साना टुक्रा खसेका छन् र ती पनि खस्ने क्रममा ध्वस्त भएका छन् । स्याटेलाइटको धेरै भाग वायुमण्डलमा जलेको छ र केही दर्जन टुक्राहरु मात्र बाचेर पृथ्वीमा खस्ोका छन् र ती टुक्रा पनि समुद्रमा खसेर विलय भएका छन् ।” onlinekhabar

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :