पूर्वमा बढ्यो 'एक्सन' र 'कट'
Posted by
purwanews
Published on
Wednesday, July 27, 2011
केहि महिना अगाडी नेपाली चलचित्रका लेखक एवं निर्देशक विकास आचार्य धरान र आसपासका क्षेत्रमा एक्सन कट गर्नमा व्यस्त देखिए । उनि चलचित्र म तिम्रो भैसकेँको छायांकनको लागि आफ्नो शुटिङ टिमसहित धरानका सुन्दर दृश्यमा आफ्ना चलचित्रको लागि कलाकारलाई अभिनय गराए ।
छायांकनको लागि पूर्वमा झण्डै दस दिन बिताएका आचार्य चलचित्रको लागि सुन्दर तथा राम्रो लोकेसन कैद गर्न पाएकोमा मक्ख थिए । दशैंअघि प्रदर्शन हुन लागेको चलचित्र 'म तिम्रो भैसकेँ'मा पूर्वका विभिन्न रमणीय दृश्य देख्न पाइने छ ।
पूर्वकै निर्माता भीम लामाले पनि आफ्नो दोस्रो चलचित्र भेडीगोठको पचास प्रतिशत छायांकन पूर्वकै विभिन्न ठाउ“हरुमा गरे । नब्बे प्रतिशत छायांकन पुर्वमै गर्ने योजनामा रहेपनि मौसमले साथ नदिएको गुनासो उनले सुनाए ।
केहि वर्È यता चलचित्रको शुन्य गतिविधी हुने पूर्वमा अहिले फेरी चलचित्र छायांकनको क्रम बढ्न थालेको छ । पूर्वमा नेपाली चलचित्रलाई मन पराउने दर्शकको जमात देशभरमै सर्वाधिक रहेपनि पछिल्लो समयमा चलचित्र सम्बन्धी गतिविधी विरलै हुने गर्दथ्यो । काठमाडौ“, पोखरा सेरोफेरोमा मात्र प्रायः चलचित्रको छायांकन हुने हुँदा दर्शक समेत वाक्क छन् । फरक लोकेशनको फरक दृश्य हेर्ने आशामा रहेका आम दर्शकको लागि कोशेली तयार गर्ने क्रममा रहेको चलचित्र निर्माण पक्षको भनाई छ ।
यी दुई चलचित्र त उदाहरण मात्र हुन् । पछिल्लो समयमा पूर्वमा विभिन्न चलचित्रको छायांकन भइरहेको छ भने कतिपय चलचित्रहरुले आफ्नो छायांकन सकेर प्राविधिक कार्य समेत थालिसकेका छन् । निर्माण हुन लागेका अन्य चलचित्रहरु पनि निकट भविष्यमा छायांकनको लागि पुर्व आउने तयारी पनि गर्दैछन् । पूर्वलाई छायांकन स्थलको रुपमा प्रयोग गर्ने क्रममा टेलिफिल्महरु समेत कस्सिएका छन् ।
यतिबेला गोविन्द मोतेले निर्माण गरेको चलचित्र द फयूचर अफ नेशन को दमक पथरी र इलामका विभिन्न क्षेत्रहरुमा छायांकन भैरहेको छ । यसअघि, अपवाद हाईवे, फूल लगायतका चलचित्रहरु समेत पूर्वका अधिकांश दृश्यहरु कैद गरेर प्रदर्शनको लागि आउन तयार भएका छन् । कृÈा चौलागाईले निर्माण गरिरहेको चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ पनि चाँडै छायांकनको लागि पुर्व आउँदैछ । इलामको सौन्दर्यलाई चलचित्रमा देखाउने योजना निर्माण टोलीको छ । निर्देशक दिपेन्द्र के खनाल पनि आफ्नो आगामी फिल्म ‘काठमाडौ“ नाइट’ को पचास प्रतिशत छायांकन पूर्वमै गर्दैछन् जसको तयारी स्वरुप लोकेसनको खोजीमा उनी चाँडै पुर्व आउने भएका छन् । श्रीमान चलचित्र निर्माण गरेर चर्चामा आएका नायक कल्याण घिमिरे समेत आफ्नो अर्को चलचित्र ‘धनवान’ को छायांकन पुर्वमै गर्ने साँेचमा छन् ।
प्रदर्शनमा आइसकेका बलिदान, ठुल्दाई, साथी, माझीदाई, दसगजा, मेरो एउटा साथी छ, माटो, आवाजलगायत अन्य धेरै ठूला ब्यानरका चलचित्रहरुमा पनि पूर्वका विभिन्न स्थानका दृश्य देख्न पाइन्छ ।
धरान,.भेडेटार, बसन्तपुर, तीनजुरे लालिगुराँस क्षेत्र, कोशी ब्यारेज, बेलबारी सिमसार क्षेत्र, इलाम, कन्यामको चियाबारी, दोमुखा, जामुनखाडीलगायतका आकर्Èक ठाउ“हरु चलचित्रको छायांकनका लागी उत्कृष्ट लोकेसनको रुपमा निर्माता तथा निर्देशकको आँखामा परेका छन् । निर्देशक विकास आचार्य आफ्नो अर्को चलचित्र पुर्वमै छायांकन गर्ने साँेचमा छन् । आफु पुर्वेली नै भएको तथा पुर्वमा चलचित्रको छायाङ्कनको लागि सुन्दर स्थान रहेकोले पनि आफु अर्को चलचित्र पुर्वमै छायाङ्कन गर्न लालायित रहेको उनले बताए । पूर्वकै एक अर्का कलाकार प्रेम सुब्बा पनि पुर्वमा प्राकृतिक सौन्दर्यको खानी रहेको स्वीकार छन् ।
प्रतिक्रिया दिनुहोस् >>