३४ औंले बालकको नयाँ गिनिज रेर्कड


सामान्यतया एक व्यक्तिका हातगोडामा जम्मा वीसओटा मात्र औला हुन्छन् । तपाईले दुईचार ओटा औंला बढी भएको मानिस त देख्नु भएकै होला । भारतमा एक बालकका औंलाहरु भने सामान्य मानिस भन्दा झण्डै आधा नै बढी छन् ।
उत्तर भारतको बरेली जिल्लामा जन्मिएका अक्षत नामका बालकको हात र खुट्टा गरी ३४ वटा औंला छन् । ३४ औंलाकै कारण उनले विश्व रेर्कड तोडेका छन् । यो भन्दा अघि उक्त रेर्कड चीनका एक बर्षे बालकको नाममा दर्ता भएको थियो । उनको हातमा जम्मा एकतिस ओटा औंला थिए ।
अक्षतको नाम विश्व रेर्कडमा आउला भन्ने विश्वास उनका परिवारलाई थिएन । अक्षतकी आमा अमृता सक्सेनाले भनिन् ‘मलाई उक्त कुरा विश्वास नै गर्न गाह्रो भएको छ’ । तर जब उनको छोरालाई चिकित्सकीय प्रमाणहरु पेश गर्न भनियो तव मात्र बालककी आमाले छोराको विश्व रेर्कड सही भएको विश्वास गरिन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :