'तपाइसँगको यो गफ अन्तीम पनि हुन सक्छ'


पूर्वन्युज : ‘नेपाली प्राविधिक टोलीले निरिक्षण गरी संवेदनशिल क्षेत्र घोषणा गरेपछि कटान नियन्त्रणलाई भारतीय पक्षले तिब्रता दिन्छ भन्ने लागेको थियो ।’ सुनसरीको प्रकाशपुरका बाबुराम कार्कीले भने, ‘तर त्यस्तो भएन, मर्मत रोकियो, तपाइसँगको गफ अन्तीम पनि हुनसक्छ ।’
कार्की सप्तकोशी डुबान कटान सघर्ष समितिका सह सचिव समेत हुन् । निरन्तर परिवर्तन गर्ने कोशीले कार्की सहित सयौंको हजारौं विगाहा खेत बगाएको छ । क्षतीपुर्तीका लागि वर्षौं आन्दोलन गर्दा पनि कसैले सुनुवाई गरेको छैन । ‘अब त क्षतीपूर्तीको त कुरै छाडौं कति खेर बाँध फुटेर मरिने हो थाहा छैन ।’ त्रासका बीच बाँच्न बाध्य छन् सुनसरीवासी । गृहसचीवको टोलीले निरिक्षण गरेपछि तटबन्ध मर्मत राम्रो होला भनेर आशा गरिरहेका स्थानियवासीहरु त्यतीबेला निराश भए, जतिबेला भारतीय पक्षले गरिरहेको त्यही टालटुले मर्मत पनि रोक्यो । ‘कोशीको बाँधलाई असफल साबित गरेर उच्च बाँध बनाउने भारतीय चाल हो भन्ने हामीलाई लागेको छ ।’– सह सचिव कार्कीले भने ।
गृह सचिव लिलामणि पौडेल सहितको सरकारी उच्च स्तरीय प्राविधिक टोलीले सुनसरीको प्रकाशपुर स्थित कटान स्थलको निरिक्षण गरी खतरा रहेको जनाएपनि शुक्रबार कटान क्षेत्रमा भारतीय ठेकेदारले बजेट निकासा रोकिएको जनाउदै नियन्त्रणको काम नगरेको स्थानीयले बताएका छन् ।
गृह सचिवको सहितको प्राविधिक टोलीले कटान नियन्त्रणका लागि भारतीय पक्षलाई तत्काल आग्रह गर्ने जनाएको थियो । टोली आउनु अघिल्लो दिनसम्म भारतीय पक्षले कोशीको पुर्वी तटबन्धको प्रकाशपुर स्थित चार वटा स्परहरु कटान नियन्त्रणको काम गरिएको थियो । टोली फर्किएको भोलिपल्ट (शुक्रबार) भारतीय ठेकेदारका कामदार चुपचाप बसेको भारतीय पक्षले हिंउदभरि कानमा तेल हालेर बसेको र अहिले बजेट निकास नभएको भन्दै काममा ढिलाई गरेको उनले बताए ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जुन गतिमा भारतीय पक्षले कटान नियन्त्रणका लागि काम थाल्नु पर्ने हो सो अनुसार काम नगरेको बताए । कोशीको बाँध फेरी फुट्ने खतरा भएकाले शुक्रबार सप्तरी र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको प्राविधिकहरुको बैंठक सुनसरीमा बसेको छ । कोशी कटान नियन्त्रणका लागि भईरहेको ढिलाईका बिषयमा कसरी नीतिगत तहमा कुरा गर्ने, कामलाई तिब्रता दिन भारतीय पक्षसंग कसरी समन्वय गर्ने र कोशी फुटिहालेमा कसरी उद्धार गर्ने भन्ने बिषयमा बैंठकमा छलफल भएको घिमिरेले बताए ।
उनका अनुसार बैंठकमा  कोशीको बाँध जुनै सुकै बेला पनि फुट्न सक्ने भएकाले सुरक्षाका तीनै अंग नेपाली सेना, सस्त्र प्रहरी र जनपथप्रहरीसंग कोल्ज मनिटरिङ गर्ने सहमति पनि भएको छ । बैंठकमा पुर्वाअञ्चल सिंचाई डिभिजन कार्यालय,जल उतपन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिकहरु, सुरक्षाका तीनै अंगका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
कोशीमा पानी यस बर्षकै उच्च
लगातारको अविरल वर्षको कारण सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै सबैभन्दा उच्च भएको छ । पानीको वहाव बढेको समयमा सप्तकोसीमा साँझ ४ बजे गरिएको पछिल्लो मापन अनुसार पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५९ हजार ६० क्युसेक पुगेको छ । पानीको बहाव यसवर्षकै उच्च भए पछि कोसी व्यारेजका ५२ ढोका मध्ये २० ढोका खोलिएको प्रहरी चौकी कोसी ब्यारेजका प्रहरी हवल्दार राजकुमार तमांगले जानकारी दिए । पूर्र्वी पहाडी जिल्लाहरुमा पानी पर्ने क्रम नरोकिएकाले कोसीमा पानीको बहाव अझै बढ्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । पानीको बहाव बढेपछि व्यारेजमा रातो झण्डा गाँडिनुका साथै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
तीन भारतीय कामदारको उद्धार
सप्तकोशी नदीमा बालुका निकाल्ने कामका लागि प्रयोग गरिर्दै आएको ड्रेजर मेसिन शुक्रबार दिउँसो पल्टिंदा बेपत्ता भएका ३ जना कामदारको प्रहरी र स्थानियबासीले उद्धार गरेकाछन् ।
कोशीको बालुका निकाल्न सप्तरी खण्ड गएको मेसिन ब्यारेजको पूर्वि खण्ड तर्फ ल्याउने क्रममा कोशीको उच्च बहावका कारण बिच नदिमा पल्टिंदा बेपत्ता भएका अपरेटर भारतिय मोहन एमडी, भारतकै कामदारहरु रणविर कुमार सिंह र राजीब सहनी लाई स्थानिय बासी र प्रहरीको सकृयतामा उद्धार गरिएको ब्यारेज प्रहरीले जनाएको छ ।
कोशीमा केहि समययता बढेको बालुवा निकाल्नको लागि प्रयोग गरिंदै आएका २ डे«जर मध्ये ब्यारेज देखि डेढ किलोमिटर दक्षिणी भेगमा रहेको डे«जर पल्टिंदा बेपत्ता भएकाहरुको पौडी खेलिरहेको अवस्थामा सकुशल उद्धार गरिएको प्रहरी चौकी ब्यारेजका इन्चार्ज शम्भु बस्नेतले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :