चार सय बढी विस्थापित
Posted by
purwanews
Published on
Friday, July 1, 2011

सुनसरी खोलामा आएको बाढी खोला नजिकैको बस्तीमा पस्दा भौक्राहा ७ का साथै इनरुवाका ४, ५ र ६ नम्बरका वडाहरु पूर्णरुपमा जलमग्न हुनुका साथै १ सय २५ घरपरिवार विस्थापित भएकाछन् । लगातारको वर्षासंगै सुनसरी खोलामा अचानक आएको बाढी बस्तीमा पसेपछि विस्थापति बनेकाहरु पूर्व पश्चिम लोकमार्ग आसपासका साथै नजिकैको विद्यालयमा शरण लिई बसेका छन् । यसै गरी सुनसरी खोलाकै बाढीका कारण बबिया गाबिसको वार्ड न. १, ६, ७, र ८ समैत जलमग्न भएको सुनसरी प्रहरीले जनाएको छ । विस्थापितहरुलाई नेपाल रेडक्रस, उप्का नेपाल लगायतका संस्थाले शुक्रबार बेलुका खाद्यान्न सहयोग गरेको थियो ।
ढल निकासको लागि बनाइएको नाला व्यवस्थित नभएको र सोही कारणले वर्षाको समयमा पानी जमेर वस्ती डुबानमा परेको भन्दै दुहबी ४ का वासिन्दाहरु आन्दोलित भए । कोशी राजमार्ग बन्द गर्न उत्रेका स्थानियहरुलाई शशस्त्र र जनपद प्रहरीले बल प्रयोग गरी हटाएको थियो । सो क्रममा भएको झडपमा आधा दर्जन प्रदर्शनकारी घाइते भए । घाइतेमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ ।
दुहवी ४ मा रहेका करिव ५० घर बुडी खोलामा आएको बाढीले डुवान एवम कटान भएको भन्दै स्थानीवासीले राहत तथा पानीको निकासाको माग गर्दै कोशी राजमार्गको दुहवी सड्क खण्ड वन्द गराएका हुन ।
सडक खुलाउने क्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीले वल प्रयोग गरेको स्थानी वासिन्दाहरुले बताएका छन् । प्रहरीको आठि चार्जवाट आधा दर्जन सर्वसाधारण घाइते भएको इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ । घाइते मध्ये दुई जनालाई विराटनगरस्थित नोबेल मेडिकल लगिएको छ । अन्यको भने स्थानिय क्लिनिकमा उपचार गरिएको छ । बिहिबार राती भएको अवरिल वर्षाका कारण दुहवीको विभिन्न क्षेत्रमा डुवान भएको थियो ।
त्यस्तै वर्षाका कारण सुनसरी मोरङ्ग औधोगिक करिडोर समेत डुबानमा परेको छन् । डुबानका कारण कोशी राजमार्ग तथा विभिन्न उधोगमा समेत बाढिले प्रभावित बनाएको छ । करिडोरमा रहेको रिलायंस स्पिनिङ्ग मिल, प्रगति टेक्सटाइल, नेपाल टिम्बरलगायतका उधोग बाढिबाट प्रभावित भएको खनार उधोग वाणिज्य सघं खनारका अध्यक्ष सिताराम अग्रवालले जानकारी दिए । पानीका कारण करोडौं मुल्य बराबरको कच्चा तथा तयारी सामानहरु नष्ट भएको अग्रवालले जानकारी दिए । असार १८
प्रतिक्रिया दिनुहोस् >>