"नाङ्गिन देऊ"
Posted by
purwanews
Published on
Saturday, July 30, 2011

आफ्ना माग सुनाउन दक्षिण क्यालिफोर्नियाका महिलाहरु नाङ्गिने भएका छन् । अधिकारमा गर्दै दक्षिण क्यालिफोर्नियाका महिलाहरुले आगामी अगष्ट २१ मा स्थानिय वेनिस बीचमा टपलेस मार्च गर्ने भएका छन् । यसको चाँजोपाँचो भने महिलाहरुको संस्था ‘गो टपलेस’ ले मिलाएको छ । दक्षिण क्यालिफोर्नियाका महिलाहरुले भनेका छन,’समुद्र किनारमा पुरुषहरु टपलेस घुम्न सक्छन् भने महिलाहरु किन सक्दैनन ?’
पुरुषको भन्दा कम्मर माथिको भाग महिलाको बढी संवेदनशील हुने भएकोले टपलेसको मागलाई सुनुवाइ गर्न नसकिने अमरिकी अधिकारीहरुको भनाई छ ।
पुरुष जस्तै महिलाले पनि कम्मर माथिको शरीर देखाएर हिड्न पाउनुपर्ने मागका सम्बन्धमा तपाइको धारणा के छ ? प्रश्नमा आफ्नो मत जाहेर गर्न पूर्वन्युजको गृहपृष्ठको दाहिने कुनामा जानुहोस् र आफूलाई उपयुक्त लागेको उत्तरमा टिक लगाउनुहोस् ।
प्रतिक्रिया दिनुहोस् >>