पार्टीको बैशाखी नबन्ने दलका युवाहरुको निर्णय


देशको विकास र विनाश युवाको हातमा छ । युवा शक्तिको सदुपयोगबाट देश बन्छ भने दुरुपयोगबाट देश बिग्रन्छ । तर पछिल्लो समयमा विभिन्न राजनीतिक दलहरुले युवालाई आफ्नो शक्ति प्रदर्शनको लागि प्रयोग गरिरहेका छन् । राजनीतिक कार्यक्रममा मात्र प्रयोग गर्ने तर उनीहरुको विकास र स्वरोजगारका लागि पहल नगर्दा युवाहरुमा विकृती बढ्दै गएको छ । तर नेपालको बारा जिल्लाका केही युवाहरुले भने अबदेखि राजनीतिक दलको इशारामा नचल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विभिन्न आठ राजनीतिक दल सम्बद्ध युवा संगठनका नेताहरुले आफुहरु राजनीतिक दलको इसारामा प्रयोग नहुने प्रतिबद्धता गरेका छन् ।
बाराको कलैयामा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी युवा नेताहरुले हालसम्म माउ पार्टीका नेताहरुले युवा शक्तिको दुरुपयोग गरेको भन्दै अब आफूहरु प्रयोग नहुने प्रतिवद्धता जनाएका हुन् ।
आठ राजनीतिक युवा संगठनको मोर्चाका बारा जिल्ला अध्यक्ष धुब्र यादवको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले युवाहरुलाई भेला गराई युवा रोजगारीका लागी सरकारलाई दबाव दिने अभियान सञ्चालन गरिने जानकारी दिएका छन ।
कार्यक्रममा माओवादी निकट वाईसीएलका मनिर देवान, नेपाली कांग्रेस निकट तरुण दलका अध्यक्ष लुकेश सिंह, नेकपा एमाले निकट युवा संघ नेपालका अध्यक्ष ध्रुव यादव, मधेशी जनअधिकार फोरम नेपाल निकट युवा फोरमका दिनेश पटेल, फोरम लोकतान्त्रीक निकट युवा फोरम लोकतान्त्रिकका जटाशंकर सहनी, विजय साह, अब्बास अंसारी, विनय कुमार सिंह, अजय टेमानी लगायतकाले आफूहरु पार्टीको बैशाखी बन्न छाडेको बताएका छन् ।श्रावण १४

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :