पुर्वाञ्चलको आकाशमा प्याराग्लाइडिङ
Posted by
purwanews
Published on
Thursday, December 23, 2010
प्याराग्लाइडिङको लागि तयार गरिएको भीरालो जमिन र सो ठाउँसम्म आइपुग्न बनाइएको बाटो हेर्दा र युवाहरुले गरेको कुरा सुन्दा त्यहाँ पुग्ने सबै पत्रकार सहित स्थानियवासीहरु शनिबार अचम्ममा परे । त्यही बिचमा राईले ब्याग खोले अनि प्याराग्लाइड झिके ।
‘उडाउने नै हो ?’ पत्रकारको जिज्ञासामा उनले भने, ‘होइन, उडेजस्तो मात्र गर्छु । तपाइँहरुको लागि फोटो हुन्छ ।’ यति भनेर राईले प्याराग्लाइड फैलाए । पत्रकारहरुले फोटो खिँचे । राम्रो नसम्याएको जमिनको घाँसमा प्याराग्लाइडको धागो अल्झिँदा उनको प्रदर्शन अलि फितलो भयो । दोस्रो पटक उनले फिता बाँधे । ‘अब चाहिँ उडेरै देखाउँछु ।’ उनले यसो भनिसकेपछि त्यहाँ पुग्नेहरु अझ उत्सुक भए ।
नभन्दै दोस्रो पटक उनले प्याराग्लाइड फैलाए । अनि डाँडाबाट फाल हाले । हेर्ने जतिलाई सिरिङ बनाउँदै उनले प्याराग्लाइडलाई आकाशमा उडाए । सबैले तालि बजाएर स्वागत गरे । उनको प्याराग्लाइड झण्डै आधा घण्टा भेडेटारको आकाशमा चरा झै उड्यो । शनिबार त्यहाँ पिकनिकको लागि पुगेकाहरुले समेत त्यो दृश्यलाई अचम्म मान्दै हेरे ।
पोखराको साराङकोटमा प्याराग्लाइडिङ गरिएको समाचार पढ्ने र तस्वीर हेर्ने नेपालीहरुले अब पुर्वाञ्चलमा नै प्रत्यक्ष आँखाले प्याराग्लाइडिङ हेर्न पाएका हुन् । प्याराग्लाइडको लागि उक्त क्षेत्रमा बाटो खन्ने काम समेत भइरहेको छ ।
शनिबार पर्यटन वातावरण तथा पत्रकार समुहले भेडेटारमा व्यवशायीहरुसँग गरेको अन्तक्र्रिया कार्यक्रमपछि भएको उक्त परिक्षण उडानलाई सबैले स्वागत गरे । पाँचकन्याको मुनस्टार क्लबले दुई सातापछिदेखि व्यवशायिक उडानको तयारीका साथ अहिले जमिन तयार गर्ने तथा आधारभुत तयारी गरिरहेको छ ।
तीन वर्ष अघिदेखि सो क्षेत्रमा प्याराग्लाइडिङको अध्ययन सुरु गरेको संयोजक बलबहादुर तामाङले जानकारी दिए । पोखरामा प्याराग्लाइडिङको लोकप्रियता र पर्यटकहरुको आकर्षणलाई देखेरै पुर्वाञ्चलमा पनि सोही किसिमले प्याराग्लाइडिङ गर्न सकिन्छ कि भनेर खोजमा जुटेको उनले बताए । ‘तेह्रथुममा उडान गराउन सकिन्छ कि भनेर पनि हे¥यौं ।’ तामाङले भने, ‘त्यहाँ त्यती सम्भव भएन र भेडेटार आसपासमा स्थानको खोजी गर्दा यहाँ भेटियो ।’
प्याराग्लाइडिङ सुरु भएपछि सो क्षेत्रमा पर्यटकीय गतिविधि अझ बढ्ने आशा उनको छ ।
सुरुवातका दिनमा डाँडाबाट सेती खोलामा अवतरण गर्ने गरी उडान गरिने जनाइएको छ । १५ किलोमिटर टाढा रहेको सेती खोलासम्मको उडानका क्रममा ३५ मिनेट आकाशमा उड्न सकिने पाइलट राईले बताए । केही साताभित्रै हुने उडानमा सिंगल र टेन्डम (दुई जना बसेर) उडान भरिने राईले जानकारी दिए । उडानको लागि शुल्क कति लिने भन्ने विषयमा निर्णय भइनसकेको उनले जनाए । तर विदेशी, स्वदेशी र सिंगल तथा डबलको लागि शुल्क निर्धारण हुने राईको भनाई छ ।
प्याराग्लाइडिङका लागि तालिमको आवश्यकता पर्छ । जोखिमपुर्ण हुनाले उड्नु अघि पर्याप्त तयारीहरु समेत आवश्यक पर्छ । ‘शौखिनहरुलाई तालिम समेत दिने विचार गरेका छौं ।’ राईले भने ।
संयोजक तामाङका अनुसार वर्षमा तीन महिना प्याराग्लाइडिङ गर्न सकिने छ । अन्य समयमा भने मौसम त्यती अनुकुल नहुने हुँदा समस्या हुने उनले बताए ।
प्याराग्लाइडिङले स्थानिय स्तरमा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने दावी गर्दै संयोजक तामाङले ट्रयाकहरु ीनर्माणको लागि सरकारले आर्थिक सहयोग गर्नुपर्ने माग गरेका छन् । ‘स्थानियस्तरबाट यत्तिको प्रयास हुनसक्छ भने सरकारले सानो सहयोग मात्र गरेपनि हामीलाई धेरै ठूलो बल पुग्थ्यो ।’ तामाङले भने ।
प्याराग्लाइडिङ उडान अघि समुहले भेडेटारका होटल व्यवशायीहरुसँग पर्यटन तथा वातावरण पत्रकार समुहले गरेको अन्तक्र्रियामा व्यवशायीहरुले भेडेटारमा पानी तथा सार्वजनिक चर्पीको आवश्यकता रहेको गुनासो गरेका थिए । पञ्चायत कालमा बनाइएको खानेपानी पाइपलाइनमा
सुधार नगरिँदा समस्या उत्पन्न भएको बताए । समस्याहरुको विषयमा धनकुटा र सुनसरी जिल्ला विकास समितिलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनीहरुको गुनासो थियो ।
भेडेटार सुनसरी र धनकुटा जिल्लाको सिमानामा पर्ने हुँदा सहयोग माग्न जाँदा दुवै जिल्लाले एकले अर्कोलाई देखाउने हुँदा स्थानिय स्तरमा विकास निर्माण कार्य आवश्यक मात्रामा नभएको प्राकृतिक वातावरण स्रोत तथा पर्यटन समुहका अध्।यक्ष कुलबहादुर लिम्बुले गुनासो गरे । उनले सार्वजनिक चर्पी नहुँदा समस्या उत्पन्न भएको बताउँदै खानेपानीको समेत अभाव
रहेकोमा सोको व्यवस्था गर्न राज्यसँग माग गरे ।
स्थानिय होटल व्यवशायी बाबुराम प्रधानले स्थानियको प्रयासले मात्र भेडेटारमा पर्यटक आएको बताउँदै राज्यले आफ्नो तर्फबाट कुनै सहयोग नगरेको गुनासो गरे । व्यवशायिहरुकै प्रयासमा पर्यटकहरुको लागि होटल तथा लजहरु ख्ुल्ने क्रम बढेको बताउँदै राज्यले सहयोग गरेमा भेडेटार देशकै प्रमुख पर्यटक गन्तव्यस्थल बन्ने समेत दावी गरे ।
हिमाल दहाल/पुस ३
प्रतिक्रिया दिनुहोस् >>