सावधान पुरुषहरु, बलात्किृत भइएला


सावधान पुरुषहरु, बलात्किृत भइएला

सिड्नी, मंसिर ८ - दश महिलाले पपुवा न्युगिनीमा एक १७ वर्षे युवकलाई बलात्कार गरेका छन्। प्रहरीले जनाएअनुसार १० महिलाको 'ग्याङ'ले स्कुले छात्रमाथि साउथर्न हाइल्यान्डस् राज्यको मेन्डी सहरनजिकै बलात्कार गरेका हुन्।
'उनीहरुले भान्सामा प्रयोग गरिने चक्कुसहित किशोरमाथि आक्रमण गरेका थिए। तीमध्ये ४ महिलाले युवकसँग यौन सम्पर्कसमेत राखेका थिए। बलात्कृत युवकलाई उपचारका लागि अस्पताल लगिएको छ,' प्रहरीलाई उदृत गर्दै अस्ट्रेलियाको एएपी न्युज एजेन्सीले जनाएको छ। बलात्कृत युवक अहिले ती महिलाहरुमा एचआईभी एड्स संक्रमित भएको त्रासमा छन्।

'एचआईभी एड्स पपुवा न्यगिनीमा ठूलो समस्या रहँदै आएको छ। मलाई लाग्छ ती महिलाहरुमा यसको संक्रमण छ,' एक प्रहरी अधिकारीले भने, 'पहिले म महिलाहरुलाई राति हिड्न होस गर्नुस् भन्थे। तर अहिले पुरुषहरुलाई समेत यस्तो सल्लाह दिनु परेको छ।'

युनिसेफको एक रिपोर्टका अनुसार पपुवा न्युगिनी विश्वकै सबैभन्दा बढि यौनजन्य हिंसा हुने स्थान हो।  (nagarik)


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :