घटना र कोण

रक्सीले खाएको र्राई कान्छा
बाङ्गो टिङ्गो अक्षरमा मेरो डायरीको पछाडीको पानामा एउटा नाम लेखिएको छ- 'र्राई कान्छा' । चर्को घाममा पर्ूव पश्चिम राजमार्गको सडकको छेउमा उभिएर एक हप्ता जति अघि मैले त्यो नाम लेखेको थिएँ । नाम लेख्नु मेरो काम हो । त्यसैले लेखेँ । तर यो नाम भएको व्यक्ति को हो - यसको नाम मैले किन लेखेँ -
त्यो मानिस रिक्सा चालक हो । घाम, पानीको पर्वाह नगरी रिक्सा चलाउनु उसको काम थियो । किनकी उसलाई आफू बाँच्नु थियो । बाँच्नुृ मात्र होइन, साँझमा भट्टीमा छिरेर दिनभरीको शोक, भोक र रोगसँग जुध्ने शक्ति पनि सञ्चय गर्नु हो । राइ कान्छाका लागि भट्टीको महत्व त्यस्तो महत्व थियो, जसको जति बखान गरेपनि उसले भ्याउदैनथ्यो ।
साथीहरुसँग बसेर रक्सी खाँदै जाँदा उसले आफू कहाँ छु भन्ने पनि थाहा पाउदैनथ्यो । उसको वास स्थानसम्म पुर्‍याउन उसलाई उसका साथीहरुले निकै मेहेनत गर्नुपथ्र्यो । त्यसैले पनि उसका साथीहरुले उसलाई रक्सी कम खान सल्लाह दिन्थे । तर ऊ के मान्थ्यो र - रक्सी उसको अनिवार्य आवश्यकता बनिसकेको थियो ।
रक्सीले टिल्ल मातिएर ऊ आफ्नो वासस्थानसम्म पुग्थ्यो । सानो ओत अनि सिमीत बस्ने ठाउँ । उसको कुनै निश्चित जमिन थिएन । ऊ कहाँ सुत्थ्यो, रिक्सामा । रिक्सामा - हो, रिक्सामा । ऊ यात्री थियो । उसको बासको कुनै भर हुदैनथ्यो । उसको एउटै मात्र भर थियो- रक्सी । एउटै मात्र साथी, जुन उसलाई हर दिन चाहिन्थ्यो । रक्सी खाएर रिक्सामा बितेको थियो जिन्दगी । यसरी नै उसका दिनहरु बितिरहेका थिए ।
जुन दिन मैले उसको नाम मेरो डायरीमा टिपेको थिएँ, त्यसको १५ दिन जति अघि ऊ रक्सीमा झन् डुब्दै गएको थियो । नराम्रो साथी संगत त्यसको प्रमुख कारण थियो । श्रीमतीले छाडेर जानु, बेघरबार हुनु उसको दिक्दारीपनको प्रमुख कारण थियो । जसको कारण ऊ झन् झन् कुलती बन्दै गएको थियो ।
रक्सी, केवल रक्सीको कारण ऊ रोगको कब्जामा पर्दै गइरहेको थियो । तीन पटकसम्म त उसलाई क्षयरोग नै लागिसकेको थियो । धन्न उपचार निःशुल्क छ, उसले उपचार पायो । तर उसको बानी सप्रेन । उसले जीवनमा बाँच्ने आशा मार्‍यो । दुःख र पीडाबाट मुक्त हुने उपाय सोच्यो । सोच्यो, बाँचेर के नै गर्नु छ र - मर्छर्ुुने मर्छर्ुु म बाँचेर पो के भएको छ र - मरेर कसलाई नै दुःख लाग्ने हो र -' साँच्चै नै उसले मर्ने निधो गर्‍यो ।
मृत्यु हुने अघिल्लो दिन उसले के गर्‍यो - साथी भाइलाई भेट्यो । रक्सी खुवायो । सक्ने थियो भने उनीहरुको बाँकी सापटी पनि तिरिदिन्थ्यो । तर आफूसँग भएकेा पैसा सकिने गरी साथीहरुलाई रक्सी खुवायो अनि आफूले पनि खायो ।
झमझम पानी परिरहेको असारको त्यो दिन । बाटो छेउको ठेलामा निस्पिmक्री सुत्यो । पानीमा रुझ्यो । शायद उसले जीवनभर गरेका पाप पखाल्न चाहेको थियो, पखाल्यो । चिसोले उसको शरीर कठ्याङ्िग्रएको थियो । ज्वरोले रन्कीरहेको शरीर, खोक्दा खोक्दा दुःखेको घाँटी, अनि एक थोपा सास मात्र बाँकी रहेको उसको शरीर । वास्तवमा उसले यो धर्तीमा आएर त्यो भन्दा बढी केही पनि लिएर गएन ।
उसका साथीहरुले उसलाई घाममा ल्याएर राखिदिए । घाममा उसको शरीर सुक्यो । रक्सीले छाडेपछि रिक्सा कुदाउने प्रयास गर्‍यो । तर रक्सी र त्यसले दिएको क्षयरोग बाहेक केही नभएको राइकान्छाले रिक्सा कुदाउन सकेन ।
रिक्सा कुदाउन असक्षम उसको शरीर विर्सजनको तयारीमा थियो । ऊ रिक्सामा बस्यो । अनि झकायो । राइकान्छाले प्राण त्याग्यो, रिक्सामै । जहाँ ऊ रात बिताउने गथ्र्यो अनि जसले उसलाई रक्सी खाने पैसा जुटाइदिन्थ्यो ।
एउटा र्राईकान्छा अब संसारबाट टाढा गइसकेको छ । उसले बाल्यकालमा बिताएका क्षणहरु कति उपद्रोमय थिए होलान् अनि उसका जवानीका दिनहरु कति ऊर्जामय थिए होलान् । तर आज ती सबै दिनहरु रक्सीले खाएको बुढो शरीरसँगै कसैले नदेख्ने अनन्त यात्रामा निस्केको छ । र्राईकान्छाले कहिल्यै नटुङगिने यात्रा थालेको छ ।
संसारका सबै मानिस, जो जीन्दगीलाई खेलौना सम्भिmन्छन्, अनि मोजमज्जामा बिताउन चाहन्छन्, उनीहरुको प्रनिनिधि हो र्राईकान्छा । भलै र्राईकान्छाको जीवनमा तिता घटनाहरुले साम्राज्य बनाए होलान्, भलै ऊ संसारकै दुःखी व्यक्ति होला । तर जीवनदेखि हारेर उसले मृत्युको हातमा आफूलाई जति सहजताका साथ पुर्‍यायो, त्यसमा केही मेहेनत बढी गरेको भए उसले आफ्नो जीवनलाई र्सार्थक बनाउन सक्थ्यो । भविष्यले समेत सलाम गर्नेगरी सफलता पाउन सक्थ्यो । संसारले नहोला, देशले नहोला तर गाउँ टोलले औलामा गन्ने सिमीत मानिसहरुमा पर्न सक्थ्यो । तर राइकान्छाले खाएको रक्सीले अन्ततः र्राई कान्छालाई नै खायो ।
-हिमाल दहाल


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :