सुचना प्रविधी

बढ्‍दो चलन मिसकलको
तपाईंलाई कत्तिको मिसकल आउँछ ? नचिनेको मानिसको मिसकल धेरै आएमा रिसाउनुहुन्छ ? रिस उठेपछि के गर्नुहुन्छ, मोबाइललाई स्वीच अफ गर्नुहुन्छ कि मिसकल आएको नम्बरलाई रिकल गर्नुहुन्छ ? के त्यसले तपाईंलाई मिसकल गर्ने व्यक्तीको पहिचान खुल्छ ? मानिस चिनेपछि के गर्नुहुन्छ ? मारसँग झपार्नुहुन्छ कि पर्खी, अब मेरो पालो भन्नुहुन्छ ? सुचना प्रविधिको विकाससँगै मानिसहरु मोबाइललाइ आफ्‍नो सुचना तथा सञ्चारको सरल माध्यमका रुपमा व्यापकताका साथ प्रयोग गरिरहेकाछन् । हुन त मोबाइल, फोन गर्न तथा म्यासेज पठाउन अनि सेटको सुविधानुसार फोटो खिच्न, एफएम सुन्न अनि इन्टरनेट चलाउन लगायतका विभिन्न उद्देश्यको लागि प्रयोग गने गरिन्छ । तर अहिलेको समयमा बढ्‍दै गएको मोबाइलको प्रयोगको एउटा अर्को ठूलो उद्देश्य बन्ने गरेको छ– मिसकल गर्नु । अहिले मिसकल मुख्यतया: पैसा नभएको बेला साथीभाइ तथा आफन्तलाई सम्झने नि:शुल्क माध्यमको रुपमा प्रयोग हुने गरेकेा छ । अनि कुरा गने विषय नभएको बेला पनि सम्झेको अनुभव दिलाउन मिसकलको प्रयोग बढ्‍दो छ । मोबाइल प्राय: व्यक्तीको नजिक रहने हुनाले मोबाइललाइ मिसकलको लागि अत्याधिक रुपमा प्रयोग भएको हो । त्यतीमात्र होइन, आफ्‍नो मोबाइलमा ब्यालेन्स नभएको बेलामा अरुलाई फोन गर्न लगाउन पनि मिसकलले मद्दत गने गरेको छ । मोबाइल फोन सुविधा ग्राहकहरुले विभिन्न कम्पनिबाट लिइरहेकाछन् । थरीथरी कम्पनी हुँदा एउटा नेटवर्कको फोनबाट अर्को नेटवर्कको फोनमा सम्पर्क गरिराख्न महँगो पने भएकोले पनि मिसकल प्रयोगमा आउने गरेको मोबाइलका प्रयोगकर्ताहरु बताउँछन् । तर मिसकललाई केहीले अरुलाई विनाकाम झर्को लगाएर दु:ख दिने काम बनाएकाछन् । मिसकलबाट सास्ती बेहोरेकी इटहरीकी मिरा रेग्मी भन्छिन्– "एकपटक नचिनेको नम्बरबाट मिसकल धेरै आएपछि मैले अर्को नंबरबाट फोन गरेर गाली गरिदिए । त्यसपछि मिसकल गर्न बन्द भयो ।" मिरालाइ चिनेको मानिसले भने दु:ख दिदैनन् र मिसकलले विभिन्न काममा सहयोग नै पुर्‍याइरहेकोछ । कतिलाइ भने मिसकलले त्यती दु:ख दिने गरेको छैन । इटहरीकै जनता बहुमुखी क्याम्पसमा अध्ययनरत् विनोद पोख्रेल भने काम नभएको समयमा मिसकल आउँदा खासै असर नपने तर काम नभएको बेलामा भने झन्झट लाग्ने बताउँछन् । मिसकल गरेर दु:ख दिनेलाई कसरी चिन्ने ? यदी तपाईंलाई मिसकलले धेरै सताएको छ भने रिसाउनु वा दु:खी हुनुभन्दा थोरै चनाखो भइ मिसकल गने व्यक्तीसम्म पुग्नु राम्रो हुन्छ । त्यसको लागि धेरै मिसकल आएर सताउने नम्बरमा कुनै अर्को नम्बरबाट फोन लगाउनुहोस् । तर यसरी फोन लगाउँदा आफ्‍नो साथी सर्कल र आफन्तको भन्दा पनि अरु नै कसैको फोन मागेर गर्नु राम्रो हुन्छ । किनकी तपाईंलाई मिसकल गरेर दु:ख दिने मानिसले तपाइको साथीहरुको फोन नं. जानकारी राखेको हुनसक्छ । त्यस्तै तपाईंले गर्नुभएको भन्ने थाहा नदिनका लागि सकेसम्म तपाइको साथीले कुरा गनु उपयुक्त हुन्छ । त्यसपछि जब फोन कन्ट्‍याक्ट हुन्छ, तपाईंले फोनबाला व्यक्तीलाई चिनेको जस्तै गरी कुनै नाम लिएर बोल्नुपर्छ । जस्तै– "तपाईं प्रकाश बोल्नुभएको हो ?" अथवा "को हो, प्रकाश हो ?" त्यसपछि उसले आफ्‍नो वास्तविक नाम भन्नेछ । त्यसपछि उसको अरु परिचय थाहा पाउन "तपाईं फलानो क्पाम्पसमा पढ्‍ने प्रकाश होइन ?" जस्तै गरि सोध्नुहोस् । उसले तपाईंलाई आफ्‍नो वास्तविक परिचय दिनेछ । तर धेरै पटक फोन गर्नु भन्दा एकै पटकमा सावधानिपूर्वक सोध्नु राम्रो हुन्छ । नत्र उसले शंका गर्न सक्छ । मिसकल नराम्रो होइन । माथि भनेझै यसले थुप्रै सहयोग गरिरहेको छ हाम्रो दैनिकीमा । तर आवश्यकता भन्दा बढी मिसकल गरेर कसैले कसैलाई दु:ख दिनु भने पक्कै राम्रो होइन । किनकी प्रविधि सबैको लागि हो ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :