Welcome to Purwanchal
Posted by
purwanews
Published on
Friday, November 1, 2002
----------------- हाम्रो भन्नु -----------------
घुमघाम शिक्षाप्रद अनुभवको संगालो हो । रोमान्चक र पृथक अनुभूतीहरुको संगालो हो घुमघाम । मात्र दृश्य होइन, मात्र श्रव्य होइन । जीवन्त शिक्षाको एउटा स्रोत हो घुमघाम ।
जब तपाई कोठामा बसेर पढ्नुहुन्छ वा कुनै ठाउँको बारेमा सिनेमा हेर्नुहुन्छ, तब त्यो ठाउँको दृश्य मात्र तपाइ देख्नुहुन्छ । तर जब तपाइ स्वयं नै त्यो ठाउँमा पुग्नुहुन्छ, तब तपाइले अनुभव समेत गर्नुहुन्छ । दृश्य आखिरमा केही होइन । जब त्यसलाई मन र दिमागबाट अनुभव गर्न सकिन्न भने । त्यसैले भनिन्छ, जिन्दगीमा जतिसक्दो घुम्नुहोस् ।
नेपाल विश्वकै सुन्दर र विशिष्ट विशेषता र रमणिय दृश्यहरुले भरिएको एउटा सानो देश हो । नेपालमा रहेका विभिन्न धार्मिक, प्राकृतिक तथा ऐतिहासिक स्थान र दृश्यहरु हेर्न र तिनलाई अनुभुती गर्न नै विश्वभरका मानिसहरु नेपाल आउने गर्छन् ।
नेपालको पनि पूर्व क्षेत्रका भ्रमणयोग्य स्थानहरुको बारेमा जानकारी दिनको लागि मैले यो ब्लग सुरु गरेको छु । यो ब्लगले पूर्वाञ्चलमा घुम्नैपर्ने विभिन्न धामिर्क, प्राकृतिक, साँस्कृतिक तथा विभिन्न महत्वका स्थानहरुको बारेमा सम्पूर्ण जानकारी दिनेछ । जसले तपाइको भ्रमणलाई आरामदायी तथा व्यवस्थित र उपलब्धिमुलक बनाउनेमा म विश्वस्त छु । मेरो ब्लगमा यथार्थताको बारेमा जानकारी मात्र हुँदैन, विभिन्न विश्लेषण र अनुभूतीहरु समेत संलग्न हुनेछन् ।
ब्लगको अपडेटका लागि तपाइका भ्रमणसम्बन्धि अनुभवहरु र यात्रा संस्मरण छन् भने पठाउनुहोस् । तपाइका ती अनुभव र संस्मरणहरु तपाइपछिका घुमघाममा रुची राख्ने मानिसहरुको लागि उपयोगि हुनेछन् ।
यो ब्लगलाइ चाँडै अंग्रेजीमा समेत प्रस्तुत गर्ने प्रयासमा छु ।
प्रतिक्रिया दिनुहोस् >>