पारसका हातखुट्टामा चाल

हृदयघात भएर एक सातादेखि बैंककको समितिभेज सुकुम्भित अस्पतालमा उपचार गराइरहेका  पूर्व युवराज पारस शाहले आज हातगोडा चलाएका छन्। 'उनले आज हातखुट्टा केही सहज चाल देखाएका छन्', विज्ञप्ति जारी गर्दै अस्पतालले भनेको छ- 'औषधीको प्रयोग नगरी नै रत्तचाप र मुटुको धड्कन नियन्त्रणमा आएको छ।'

हात खुट्टामा सहज चाल देखिए पनि उनको अवस्था अझै 'गम्मीर चिन्ताजनक र स्थिर' रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। बिरामी पारसलाई हेर्न पूर्वराजा ज्ञानेन्द्र शाह तथा कोमल बैंकक पुगेकै दिन उनको स्वास्थ्यमा केही परिवर्तन देखिएको हो। पारस पुत्र हृदयेन्द्र तथा छोरीहरु पूर्णिका र कीर्तिका लिएर ज्ञानेन्द्र आज साँझ बैंकक अवतरण गरेका थिए।
एक सातअघि हृदयघात भएर उपचारका लागि अस्पताल पुर्याउँदा अचेत रहेका उनको होस अझै खुलेको छैन।
शुक्रबार पारसको अवस्थाबारे अफवाह फैलेपछि अस्पतालले स्वास्थ्य अवस्था सार्वजनिक गर्न विज्ञप्ति निकाल्न थालेको हो। पारशको उपचारमा सहयोग गर्न हाल हिमानी बैंककमै छिन्। हृदयघात भएको दोस्रो दिन बहिनी प्रेरणा सिंहसँगै पूर्व अधिराजकुमार धीरेन्द्रकी छोरीज्वाइँ पूजा शाही, डा. राजीव शाही, दिलाशा र आदर्शविक्रम राणा बैंकक पुगेका थिए। उनीहरू अझै उतै छन्।
काठमाडौं, फागुन १६

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :