जापानमा नेपाली पाठ्यक्रम पढाउने स्कूल खुल्यो


नेपाली पाठ्यक्रम अनुसार अध्यापन गराउन जापानमा पहिलो नेपाली विद्यालय स्थापना भएको छ। 'एभरेष्ट इन्टरनेशनल स्कुल' निजी क्षेत्रबाट स्थापित विदेशस्थित पहिलो विद्यालय भएको संस्थापकको दाबी छ।

एजुकेशन सेन्टर टोकियो जापानका अध्यक्ष भूपालमान श्रेष्ठले विद्यालयले नेपाली भाषामै आफ्नै मौलिक कला, संस्कृति र पाठ्यक्रममा राखेर पढाउने जानकारी दिए। 'जापानमा रहेका नेपाली समुदायमा विद्यालयको अभाव खडि्कँदै गएपछि जापानको राजधानी टोकियोमा आगामी अप्रिलदेखि एभरेष्ट इन्टरनेशनल स्कुल सुरु गर्दैछौं,' उनले भने।
जापान सरकारको तथ्यांक अनुसार त्यहाँ अहिले २० हजार ३ सय ८३ नेपाली छन्। तीमध्ये एक हजार प्राथमिक तहमा अध्ययन गर्ने बालबालिका छन्। 'जापानमा काम गर्ने दम्पत्तिका सन्तानलाई नेपालमा राखेर अध्यापन गराउँदा आवासीय विद्यालयमा राख्नुपर्छ,' उनले भने, 'अर्कोतिर जापानको व्यस्त अभिभावकले बालबालिकासँग भेट्न पनि पाउँदैनन्।'
अप्रिदेखि पठनपाठन सुरु हुने विद्यालयमा नेपाली शिक्षक शिक्षिका रहनेछन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नेपाली पाठ्यक्रम अनुसार अंग्रेजी माध्यममा मन्टेश्वरी प्रणालीअनुसार अध्यापन गर्ने तयारी विद्यालयले गरेको छ।
'यसमा नेपाली भाषा ऐच्छिक रहनेछ,' उनले भने, 'त्यसबाहेक साप्ताहिकरुपमा नेपाली भाषा संस्कृति अध्यापन गराइनेछ।'
एभरेष्ट इन्टरनेशनल स्कुल जापान नेपाल एजुकेशन सेन्टर जापान (एनपीओ) को मातहतमा सञ्चालन हुनेछ।

काठमाडौं, फागुन १६


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :