अग्र्यानिक रिसोर्ट सञ्चालनमा


अग्र्यानिक तरकारी उत्पादनका साथै पर्यटकीय तथा कृषि अध्ययन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले सुनसरीको इटहरी ४ मा अग्र्यानिक ग्रीन भिलेज सञ्चालन थालिएको छ । मंगलबार एक कार्यक्रमका बिच पुर्व जर्नेलद्वय फत्तेबहादुर लिम्बु र कुमार फुदुङले संयुक्त रुपमा रिसोर्ट उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा साँगीतिक कार्यक्रम समेत गरिएको थियो ।
साढे ६ विगाहा क्षेत्रफलमा फैलिएको रिसोर्टमा तरकारी, लिचीलगायतका फलफूलको साथै माछा, कुखुरा तथा बाख्रा पालन समेत गरीने र उत्पादित तरकारी तथा फलफूलको प्रयोग रिसोर्टमै गरी बढी भएको तरकारी बिक्रि समेत गरिने भिलेजका अध्यक्ष टेकराज चेम्जोङले बताए । औपचारिक कार्यक्रम अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रिसोर्टकै उत्पादनलाई प्राथमिकता दिइ खानेकुरा तयार गरिने जानकारी दिए ।
अग्र्यानिक खेतीसँगै सुरु गरिएको रिसोर्ट भएपनि पूर्ण रुपमा अग्र्यानिक भने बनाउन गाह्रो हुने जनाइएको छ । ‘कुखुराले खाने दाना अग्र्यानिक नहुने हुँदा त्यस्तो दाना खाएका कुखुराको सुलीको मल पनि अग्र्यानिक हुँदैन,’ टिका चेम्जोङले भने, ‘तर पनि आगन्तुक तथा ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर तरकारी उत्पादन गरीरहेका छौं ।’
इटहरी चौकभन्दा तीन किलोमिटर उत्तरमा रहेको सो रिसोर्ट शान्त वातावरण रुचाउनेहरुको लागि उपयुक्त हुने सञ्चालकको दावी छ । रिसोर्टमा पार्टी, बैठक, सेमिनार समेत गर्न सकिनेछ भने खाना, बस्नको समेत सुविधा छ । आगामी ६ महिनाभित्र स्वीमिङ पुल, हेल्थ सेन्टर, चिल्ड्रेन पार्क तथा साँस्कृतिक पहिचान झल्काउने सुविधासम्पन्न कटेजहरु समेत निर्माण गरिने सञ्चालक लक्ष्मी थेवेले बताइन् ।

सुनसरी, फागुन १


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :