एमाले कार्यक्रममा, झलनाथलाई झापु हान्ने देवी खोरमा

आफूलाई लोकतन्त्रको पहरेदार भन्दै एमाले शनिबार इटहरीमा दिनभर लोकतन्त्र र नयाँ नेपालको वकालत गर्दैथियो । अर्कातिर त्यही एमालेको सभामा सहभागि हुन हिडेका एमाले कार्यकर्ता देवीप्रसाद रेग्मी भने इटहरीस्थित प्रहरी चौकीभित्र दिनभर थुनिए । विना कुनै कसुर हिड्न, सभा समारोहमा सहभागि हुन पाउने अधिकारलाई क्षणभरमा निमोठियो ।
ठीक एक वर्षअघि एमाले अध्यक्ष झलनाथ खनालको गाला चड्काएर चर्चामा आएका रेग्मीलाई देख्ने बित्तिकै फेरी गाला चड्काउने होकि भनेर पार्टी पंक्ती र सुरक्षा निकाय त्राहिमाम भए । क्षेत्रीय स्तरको जनसभामा अध्यक्ष झलनाथ खनाल सहभागि हुने भनिएपनि स्वास्थ्यको कारण देखाउँदै उनी इटहरी आएनन् । तर उनी आउने हल्ला फैलिनासाथ देवी रेग्मीलाई जोकोहीले सम्झ्यो । खनालबाहेकका एमाले शीर्ष नेताहरु सहभागि कार्यक्रममास्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो ।
शीर्ष नेताहरु सहभागि आफ्नै पार्टीको कार्यक्रममा सहभागि हुन नपाएपनि  रेग्मी  भन्दैथिए, "पहिलाको चट्याङले तर्साएछ एमालेलाई, थुनिएकोमा मलाई गर्व छ ।" अघिल्लो वर्ष राजनीतिको फोहोरी खेलले साह्रै दिक्क बनाएकोले झापड हान्न बाध्य भएको जनाउँदै यसपटक त्यस्तो कुनै योजना नबनाएको उनले बताए ।

राजन अधिकारीलाई फूलको माला
कार्यक्रममा अर्को यौटा गज्जबको दृश्य समेत देखियो । नेपालकै अग्ला व्यक्ति राजन अधिकारी एमालेमा प्रवेश गरे । उनको स्वागतमा  फूलका माला लगाइयो । उनलाई स्वागत गर्न र उनीसँग फोटो खिचाउन एमाले शीर्ष नेताहरुले मञ्चमै हानाथाप गरेको दृश्य अनौठो देखिन्थ्यो ।
उनलाई स्वागत गर्नमा सबैभन्दा पहिले अघि सरे नेता बामदेव गौतम । उनले पहिले स्टेजमै अधिकारीको फोटो आफ्नो मोबाइलमा कैद गरे । अनि सयपत्री माला लगाइदिए । त्यसपछि नेता केपी ओली, माधवकुमार नेपाललगायतले उनलाई माला र अविर लगाइदिए । हेर्दाहेर्दै अधिकारी कार्यक्रमका प्रमुख अतिथि झै देखिए । purwanews/chaitra 25

अघिल्लो वर्ष के भएको थियो, पढ्नको लागि झलनाथलाई झापु (हालसम्मका घटनाहरुको सचित्र वर्णन)मा  क्लिक गर्नुहोस् ।
title changed

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :