चिठीमा हुन्थे रगतका टाटा


धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने बानीले मैले कहिले पनि एक्लो महसुस गर्न परेन । सबैजना मसँग साथी बन्न आतुर हुन्थे । कलेजमा हुने प्रायजसो सबै कार्यक्रममा मलाई सहभागी गराउन पाए साथीहरू खुसी हुन्थे ।
सोलुखुम्बुबाट पढाइ सुरु गरे पनि मेरो अधिकांश पढाइ भारतको लखनउमा भयो । विद्यालयको पढाइ सकेपछि मैले कजेल पनि उतै पढे । बाबाको जागिर भारतमा भएकाले मैले भारतमा नै पढ्नुपर्ने बाध्यता बन्यो । यताको र उताको वातावरणमा धेरै भिन्नता थियो, अहिले पनि छ । त्यहाँ वर्गअनुसार शिक्षा–दीक्षा र हैसियत हुन्छ । त्यसको प्रभाव विद्यालय र क्याम्पसमा पनि थियो । 
मैले नेपालका कलेजमा पढ्ने मौका त पाइनँ तर यताको वातावरण हेर्दा लखनउका कलेजमा बढी अनुशासन हुन्छजस्तो मलाई लाग्छ । त्यसबेला त झन् कडा अनुशासन थियो । हामी गुरु र आपूmभन्दा ठूलाका सबै कुरा मान्थ्यौँ । अहिले बिस्तारै त्यो कमी हुँदै आएको छ । उतातिर स्कुल कलेजका विद्यार्थीलाई आफ्ना अभिभावक मात्र नभएर सारा समाजले नै नियाल्ने गर्छ । अरूका बच्चा खेल्न निस्किए पनि छिमेकीले समेत नियाल्ने भएकाले बच्चाले नराम्रो काम गर्ने आँटै गर्न सक्दैन । कलेज बङ्क गर्ने त कुरै हुँदैनथ्यो । मैले त्यहाँ पढ्दा सिकेको मूल कुरा के हो भने हामीले जीवनमा सुरुका २५ वर्ष दुःख ग¥यौँ भने बाँकी २५ वर्ष सुखमय हुन्छ । त्यसैले जीवनमा खुसी हुनु छ भने सानै उमेरमा दुःख गर्नुपर्छ, नानीहरूलाई त्यो कुरा बुझाउन सक्नुपर्छ । विषेशगरी कलेज जाने उमेर भएकाले यो मनन् गर्नुपर्छ । 
करिब २५ वर्ष पहिले म भारतको लखनउमा रहेको भारतखण्डे कलेजमा पढ्दा सानैदेखि गायनमा लागेकाले थुपै तीता–मीठा अनुभूतिहरू छन् । त्यसबेलाको एउटा दुःखद क्षणले अहिले पनि नमीठो बनाउँछ । कलेज जाँदा दैनिक १५ किलोमिटर हिँड्नु पथ्र्यो । त्यसैले मैले धेरै दुःखले पैसा जुटाएर एउटा साइकल किनेको थिए । तर, त्यो दुई दिनमै क्याम्पसबाट हरायो । त्यसपछि  मैले क्याम्पस पढुन्जेल कहिल्यै साइकल किन्न सकिनँ ।  
म गीत गाउने भएकाले मेरापछाडि धेरै केटीहरू लाग्थे । कतिले चिठी लेख्थे । धेरैल रगतले समेत चिठी लेखेर पठाए । उनीहरू हातका औंला चिरेर रगतले चिठी लेख्थे । कतिले विभिन्न परिकार बनाएर ल्याइदिन्थे । उनीहरू जसरी पनि मलाई प्रभावित पार्न खोज्थे । त्यतिबेला माया गर्नेहरू पनि थुप्रै थिए । त्यसबेलाको माया अहिलेको जस्तो आकर्षणमात्र थिएन, त्यसबेला प्रविधि पनि थिएन, समाज पनि अहिलेजस्तो खुला थिएन, त्यसैले पनि भावनात्कम सम्बन्ध बढी महत्वपूर्ण हुन्थ्यो । 
एकदिन सँगै पढ्ने एकजना केटी साथीले खाना खान घरमा बोलाएकी थिइन् । उनका दुईजना बहिनी पनि थिए । उनीहरूको घरँबाट फर्किएपछि मलाई तीनैजनाले चिठी लेख्न थाले । तीनैजना माया गर्छु भन्न थाले । तर, त्यो कुरा मैले अरूलाई थाहा दिइनँ, आफूसम्मै सीमित राखेँ । कलेजको पढाइ सकेर म नेपाली गीत–सङगीतको दुनियामा छिरेँ । त्यसपछि लखनउमा मलाई चिठी लेख्नेहरूसँग मेरो सम्पर्क हरायो ।
(गायक आनन्द कार्की, शेखर ढकालसँगको कुराकानीमा आधारित) collegetimes

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :