पढेको हात्ती


‘पढेर हात्ती ठूलो भाको हो र ?’
साथीको यो प्रश्नले मीनालाई बारम्बार झस्काइरहन्थ्यो । ‘डिग्री लिएका त कति छन् कति, पढेर पनि तँ डुकु हुन्छेस् ।’
साथीको यस्तो चेतावनीपछि ऊ स्वीकृती जनाउँथि । शिक्षकले पढाइरहेकै हुन्थे, पहिले आफू अनि साथीको सहयोगमा ब्याग फुत्त बाहिर निस्किन्थ्यो । ‘प्रिन्सिपललाई सोधिसकेँ ।’ पालेलाई यत्ती भनेर ऊ बाहिरिन्थी ।
‘गुड । यसरी नै बंक गर्ने । पढेर कोही ठूलो हुँदैन । कर्ममा छ भने भैसी चढेर पनि राष्ट्रपती भइन्छ, छैन भने पढेको बेरोजगार ।’ साथीको यो कुरा हो जस्तै लाग्थ्यो । सहमतीमा मुन्टो हल्लाउँथेँ ।

हुन पनि हो, भइरहेकै यस्तै छ । स्कुलबाट फर्केर आज भने मीना सिधै घर आएकी थिइ । ‘नजाने यार आज मुड छैन ।’ फोनमा साथीलाई बिदा गर्दै फुत्त झोला फालेर आफू पनि ओच्छ्यानमा पछारिइ । तेरो रिजल्ट त त्यती राम्रो आएन छ नि ।’ आमाले हकार्नुभो । ‘यस्तै हो भने त यो वर्ष गुल्टिन्छेस् कि क्या हो ?
आमाको चेतावनीदेखि आजकाल उसलाई झर्को लाग्छ । ‘कति पढ्नु ?’ जति पढेपनि आउने केही होइन । ऊ सोच्छे । पढ्नै नपरेपनि हुन्थ्यो । खाना खाएपछि आमाको ‘पढ् है नानि’ लाई एउटा कानले सुनेर अर्कोले उडाइदिन्छे आखिरमा पढेर ठूलो भाको हो र हात्ती । सिरक तानेर आँखा चिम्लन्छे ।

‘यो पढेको हात्ती हो, अनि यो नपढेको ।’
‘बाफ रे ।’ मीना अचम्मीत भइ । ‘पढेको हात्तीले धेरै खान पाउँछ । नपढेकोले पाउँदैन ।’
‘एहे, अनि यो हात्ती चाहिँ किन सेतो अनि यो किन कालो ?’
‘पढेको हात्तीको मन सफा छ । नपढेकोको फोहोर ।’
यस्तो पनि हुन्छ र ?’
‘यस्तै छ यहाँ । अनि ऊ त्यो सेतो चम्किलो अनि सबैभन्दा ठूलो हात्ती देख्दैछौ ?’
‘हो । छ ।’
‘त्यो हात्तीले सबैभन्दा बढी पढेको छ । उही यहाँको राजा हो ।’
निकै अचम्म । ‘मानिसमा त त्यस्तो हुँदैन । जसले छलकपट गर्न जान्यो, अनि मानिसलाई आफ्नो पछि लगाउन सक्यो, उही माथिल्लो तहमा पुग्छ ।’
‘त्यसैले त मानिस हाम्रो कुनै काममा आउँदैन ।’ लामो सुँढवाला हात्तीले निस्फिक्रिसँग सुँढ हल्लाउँदै भन्यो, ‘पढ्नेले राम्रो ठाउँ पाउँछ । नपढ्नेलाई त्यही अनुसारको काम मिल्छ । हेर्ने हो ?’
‘ऊ त्यो पढ्न नजान्ने मानिस हो । त्यसलाई हामीले हाम्रो गोबरको थासो सोहोर्ने काम दिएका छौं । अनि त्यो चाहिँ पढ्न मन नै नगर्ने । त्यसलाई चाहिँ हामीले खेत जोत्न प्रयोग गरेका छौं । आखिरमा नपढेको मानिसले गर्ने त्यही हो । पढ्नेले आधुनिक प्रविधिको प्रयोग गर्छ । नपढ्ने आफै नारिन्छ ।’
हात्तीले आफ्नो लामो सुँढले ऊ तिर इंकित गर्दै भन्यो, ‘तिमी पढ्ने मान्छे त होइनौ ।’
ऊ झसँग भइ । कसरी थाहा पायो यो हात्तीले म पढ्न मन गर्दिँन भनेर ?
‘तिमीलाई पनि यहाँ एक दुई काम त लगाउनै पर्यो ।’
मीनाको सातो पुत्लो उड्यो । कुनै प्रतिक्रिया नपर्खी आदेश दियो, ‘लौ त्यो फोहोरको डंगुरमा गएर झिँगा मारेर ल्याऊ । दिनको एक हजार झिँगा मार्यौ भने खान पाउँछौं नभए पाउँदैनौं ।’
‘नाईँ म गर्दिन ।’
‘पढ्न पनि नपढ्ने अनि काम पनि नगर्ने धर्तीको बोझलाई कोर्रै कोर्रा हानेर थुन्नु पर्ने नियम छ ।’ उसको कठोर उर्दी पछि मीना कहालिइ । ‘नाइ म पढ्छु । म पढ्छु । धेरै पढ्छु । क्याम्पसबाट भाग्दिँन ।’
झसँग हुँदा ऊ आफ्नै कोठामा थिई । उफ् कस्तो सपना । ऊ एकोहोरिइ ।
...
शिक्षकले पढाइरहेको बेलामा मीनाकी साथीले आँखा सन्काइ । त्यसको मतलब थियो, कलेज बंक गरौं । साथीको यस्तो प्रस्ताव आउने बित्तिकै अघिल्ला दिनमा ब्याग टिपेर बिरालोको चालमा लुसुक्क कक्षाकोठा बाहिर निस्किने मीनाले यो पटक भने कालोपाटीतिर हेरी । त्यहाँ त्यही सेतो चम्किलो, ठूलो हात्ती देखि । सुँढ हल्लाउँदै उसैलाई हेर्दैथियो । मीनाले कापीमा केही लेखी अनि पोको पारेर साथीतिर हुर्रयाई । त्यहाँ लेखिएको थियो, ‘पढेको हात्ती ठूलो हुन्छ । म पनि पढ्छु ।’
चिट पढेपछि उसको साथी खित्का छाडेर हाँस्न थाली । पठाइरहेका बेलामा हाँसेको भन्दै शिक्षकले उसलाई कक्षाकोठाबाट निकालिदिए । ऊ झोला बोकेर मीनालाई हेर्दै बाहिरिइ । यसरी बाहिर निकालिँदा बंक गर्दाको जस्तो उत्साह उसको अनुहारमा देखिएन । published on collegetimes monthly


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :