भुईचालो

पुर्वाञ्चलमा भुईचालोको झट्का महसुस गरिएको छ । आज विहान ५:२५ मिनेटमा झट्का महसुस भएको हो । भुईचालोको केन्द्रबिन्दु भारतको विहार राज्य अन्तर्गत किसानगञ्ज–पुर्णियाको सिमानामा रहेको भुकम्पको बारेमा जानकारी दिने वेवसाइटहरुले जनाएका छन् । स्थानिय समयअनुसार विहान ५:१० बजे भुकम्प गएको हो ।
नेपाल भारत सीमाना नजिक उक्त क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भुईचालोले पुर्वी नेपालमा पनि धक्का दिएको हो । भुकम्पको तीव्रता ५ म्याग्नीच्युड रहेको जनाइएको छ । भारतको सिक्किम, दार्जेलिङ, कलकत्तामा पनि भुकम्पको धक्का महसुस भएको खबर छ । तर कतै क्षती भएको विवरण छैन । 
नेपालमा एक वर्ष यता महसुस गरिएको यो दोस्रो ठूलो भुकम्प हो । ६ महिना १५ दिन पछि पुनः भुकम्प गएको छ । यसअघि गत असोज १ गते  ९० साल यताकै ठूलो भुकम्पको धक्का महसुस गरिएको थियो । सिक्कमलाई केन्द्र बनाएर गएको शक्तिशाली भुकम्पमा परी नेपाल र भारतमा गरी एक दर्जन मानिसको मृत्यु भएको थियो ।
purwanews/chaitra 15


पुर्वका दुई ठूला शहरहरु विराटनगर र इटहरीबाट भुकम्पको केन्द्र ६३ किलोमिटर मात्र थियो ।


सन् १९९० यता पुर्वाञ्चलमा आएका भुकम्पको नालीबेली यस्तो छ :
Historic Seismicity


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :