बोलबम

बोलबमका दृश्यहरु :
बोलबम मेला भर्न जाने भक्तजनहरु सप्तकोशी नदीमा स्नान गरी कमण्डलुमा पवित्र जल भरेर सप्तरीको शम्भुनाथ र सुनसरीको पिण्डेश्वरलगायत विभिन्न स्थानीय शिवालय मन्दिरमा चढाउने गर्छन् । नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू सप्तकोशी नदीको पवित्र जल भर्न आउने गर्छन् ।
सुनसरीको धरानस्थित पिण्डेश्वर बाबाधाममा बोलबममा देखिएका केही दृश्यहरु । साथमा पुर्व युवराज्ञी हिमानी शाह बोलबममा पुग्दाका केही क्लोजअपहरु ।





This photo by :Manohar pokhrel, Saptari





























बोलबम सुरु
सुनसरीमा समेत बोलबमको रौनक सुरु भएको छ । सुनसरीको धरानस्थित पिण्डेश्वर मन्दिरमा जल चढाउनेहरुका कारण सोमबार विहानैदेखि भीड देखिएको छ ।
बोलबम बाबाधाममा जल चढाउने अघिल्लो दिन नै भक्तजनहरु बराहक्षेत्रस्थित सप्तकोशी र कोका नदीको संगमस्थलबाट ल्याएको जल चढाउने गर्छन् । बराहक्षेत्रबाट ल्याएको जल चढाउन आइतबार बेलुकादेखि नै पिण्डेश्वर बाबाधाममा भक्तजनहरुको लाइन लाग्ने गर्छ ।
साउनको प्रत्येक सोमबार बोलबम गएर शिवको पुजा अर्चना गर्दै बोलबम मनाउने गरिन्छ । साउनको सोमबार पिण्डेश्वर बाबाधाममा जल चढाएमा संसारभरको शिवालयमा जल चढाए बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
पिण्डेश्वर बाबाधाममा सुनसरी, मोरङ, धनकुटा भोजपुरलगायत पुर्वाञ्चलका विभिन्न स्थानका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्छन् ।
पहिलो सोमबार भएको हुनाले औषतमा मात्र बोलबमका भक्तजनहरु पुगेका छन् । पछिल्ला सोमबारहरुमा भने भक्तजनहरुको व्यापक सहभागिता हुने गर्छ । बोलबम व्यवस्थापन समितिले भने बोलबम भर्न आउने भक्तजनहरुले सुविधाजनक तरिकाले जल चढाउन पाउने गरी सबै तयारी भइसकेको जनाएको छ ।
सुनसरी, साउन २



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :