चियागफलाई समाचार बनाउने पत्रकारले गल्ती स्वीकारे


गल्ती स्वीकारेपछि पनि छलफलस्थलमै पत्रकारमाथि आक्रमण :
सहकर्मीसँगको चियागफलाई समाचारको रुपमा प्रकाशन गरेका सिरहाका एक पत्रकारले समाचारको विषयमा गरिएको छलफलमा पत्रकारहरुमाथि आक्रमण गरेका छन् ।
पत्रकार तथा महासंघ सिरहाका कोषाध्यक्ष रोयाण्टर मण्डलले एफएम स्टेशन दाइजो दिने परिवारकी छोरीसँग मात्र विवाह गर्ने माग राखेको भन्दै राससका संवाददाता वीरेन्द्र कर्णले समाचार लेखेका थिए । समाचार गलत भएको भन्दै कोषाध्यक्ष मण्डलले महासंघका उजुरी दिएपछि विहीबार भएको छलफल सकिएलगत्तै कर्णसहित पुगेका उनको परिवार र केही युवाहरुले पत्रकारहरुमाथि आक्रमण र गालीगलौज गरेका थिए ।
छलफलमा कर्णले बद्नियत्पूर्ण ढंगले समाचार प्रकाशित गरेको भन्दै खण्डन छपाउन दबाब दिएको थियो । कर्णले समेत खण्डन छाप्न सहमती जनाउँदै माइन्युटमा हस्ताक्षर गरेका थिए । तर लगत्तै कार्यक्रमस्थलमा उपस्थित पत्रकारहरुलाई आक्रमण र गालीगलौज गर्न थालेपछि पत्रकारहरु अचम्मित भए अनि सामुहिक प्रतिकार गर्न बाध्य भए ।
एकजना पत्रकारले सार्वजनिक रुपमै दाइजो मागेको विषयमा समाचार छापिएपछि सिरहासँगै पत्रकार क्षेत्र तातेको थियो । कर्णको समाचार राससमा प्रकाशित भएसँगै केही स्थानिय दैनिकहरुले समेत साउन १८ गते समाचार जस्ताको तस्तै प्राथमिकताका साथ छापेका थिए । सहकर्मीहरुबिचको चियागफलाई गलत तरिकाले समाचार बनाइएको विषयमा पूर्वन्युजले समाचार प्रकाशित गरेको थियो । पत्रकार महासंघ सिरहाले समेत पूर्वन्युजको समाचारमा सहमती जनाउँदै छलफल पछि समाचार गलत भएको निष्कर्श निकालेको थियो ।
यता आक्रमणपछि महासंघको सिरहा शाखाले आक्रमणकारीमाथि कारवाहीको माग गर्दै लहान वडा प्रहरी कार्यालयमा बिहीबार नै उजुरी दिएको छ । उजुरीमा गाली बेइज्जती र हातपात गरेपछि हतियार देखाउँदै भागेका युवालाई कडा कारवाही गर्न माग गरिएको छ । पत्रकारहरुको छलफलले रासस प्रतिनिधि कर्णलाई सात दिनभित्र समाचारको खण्डन छाप्न र समाचार लेख्नुको कारणबारे लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।
समाचार लेख्दा सम्बन्धित पक्षसँग पूर्वस्वीकृती लिनुपर्छ भन्ने मान्यता कतिपय अवस्थामा सम्भव नहुन पनि सक्छ । तर सहकर्मीले गरेको ठट्टालाई नै समाचार बनाएपछि त्यसले नकारात्मक रुप लिने नै भयो । सत्य तथ्य समाचार लेखनको अभ्यासमा नेपालको पत्रकारीता परिपक्व भइसकेको छैन भन्ने कुरा यो घटनाले समेत पुष्टी गर्छ भने आकर्षक शीर्षक देख्दैमा सत्य तथ्य नबुझी साभार गर्ने परिपाटीमा समेत सुधार हुनु आवश्यक छ । साउन २०, पूर्वन्युज

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :