पारिवारीक विवादपछि बालक पशुसरह

यो बालकलाई हेर्नुहोस्, वर्षायामको समयमा यसरी बलेसीमा बाँधिएर हिलो पानी खेलिरहेको छ । मानिस भएर पनि पशुजस्तो जीवन विताउन बाध्य छन् मोरङ डागिहाटका ११ बर्षिय रेवन्त लुइटेल । न त उनले खेल्ननै पाउछन न त चाहेको कुनै खाने कुरा खानका लागिनै पाउछन । उनले दिनभरीमा पाउछन त केवल घाम र पानी मात्र ।
उपचार र पारिवारिक रेखदेखको अभावमा विगत १० वर्षदेखि नारिकय जीवन बिताउन बाध्य बनेका छन् लुईँटेल । परिवारको हेल्चेक्राइका कारण उपचार नपाएपछि अहिले सुस्तमनस्थितीको अवस्थामा छन् ।
जन्मेर ९ महिनाको हुँदा बसबाट उत्रने क्रममा आमासँगै लडेर घाइते भएका लुईँटेलको उपचार गरिएको थियो । चिकित्सको सल्लाह अनुसार नियमित स्वास्थ्य परिक्षण र औषधि सेवन गर्नुपर्नेमा उनलाइ पुनः जचाउन अस्पताल लगिएन । टाउकोमा चोट लागेर निको भइसकेका उनको उपचारले पूर्णता पाउन नसकेपछि घाउ समेत बल्झिएर सुस्त मनस्थितीका हुन पुगे ।
हजुरबुबा डम्बरबहादुर लुइटेलले साढे ३ लाख रुपैया ऋण गरेर १ बर्ष सम्म अस्पतालमा राखेर आफुले उपचार गराएपनि बुहारीले आफुहरुमाथि नरामो्र ब्याबहार गरेकाले थप उपचार नगरेको उनले बताए । उनले भने, ‘सह्रना गर्नुपर्नेले उल्टै विभिन्न आरोप लगाएर गाली गलौज गरेपछि मैले वास्ता गर्न छाडिदिएँ ।’
रेवन्तका बुबा उद्धब हाल बैदेशिक रोजागारीका सिलसिलामा कतारमा छन् । आमा काम गर्नका लागि भनेर दिनभरी बाहिर जाने गरेपछि उनी दिनभर घरमै बाँधिनुपरेको छ । छोराको लापरवाही र बुहारीको मनपरीका कारण आफ्नै अघि नातीको बिजोग भएको हेर्नुपरेको उनकी हजुरआमाले बताइन् ।
परिवारका अविभावकहरुले नै वेवास्ता गरेपछि एउटा नाबालकले नारकिय जीवन बिताउनुपरेको छ । परिवार पैसाको पछि कुदेपछि सन्ततीको अवस्था कस्तो हुन्छ, यो बालकको अवस्थाले देखाउँछ । यस घटनाबाट समाजमा मानविय संवेदना घट्दै गएको अनुमान गर्न सकिन्छ । भदौ ६

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :