खर्चालु महिलाका कुरा
Posted by
purwanews
Published on
Monday, August 22, 2011
समाज पुरुष प्रधान भएकाले महिलाहरू अझै पनि श्रीमान्ले दिएको खर्चमै गुजारा गरिरहेका छन्। यस्तोमा केही अपवाद नै सही नेपाली समाजमा आफैं पैसा कमाउने, महँगा गाडी चढ्ने, लाखौं खर्च गरेर विदेश घुम्न जाने महिलाहरूको संख्या बढ्दैछ। यस्ता महिलाहरू के सोच्छन्, उनीहरूको जीवन शैली कस्तो छ भन्ने बुझ्न त्यस्तै महिलाहरूको खोजी गर्दै जाँदा नेपालमा दैनिक १ लाखसम्म खर्च गर्ने महिला भेटिए। यद्यपि धेरैले सञ्चारमाध्यममा आउने रहर गरेनन्। तीमध्ये मिडियाकर्मी सिर्जना जोशी भने कुरा गर्न तयार भइन्।
नेपालमा खर्चालु व्यक्ति भन्ने बित्तिकै पुरुषको चित्र आउँछ, किनभने पुरुषहरू नै पैसा कमाउँछन् र खर्च पनि गर्छन् तर, केही समययता महिलाहरूले पनि महँगा गाडी चढेको, ठूला पार्टी आयोजना गरेको देख्न थालिएको छ, तपाईंको विचारमा नेपालमा यस्ता महिलाहरू कति होलान् ?यदि श्रीमान्ले मात्र कमाउँछन् र महिलाहरू कमाउँदैनन् भने खर्च गर्न गाह्रो हुन्छ। कमाउनेले नै खर्च गर्ने हिम्मत गर्न सक्छ। त्यही भएर पुरुष जस्तो महिलाले खर्च गर्न सक्दैनन् तर, आजभोलि महिलाहरूले पनि प्रसस्त पैसा कमाउन थालेका छन्। त्यहीभएर महिलाहरू पनि खर्चालु देखिन थालेका हुन्। संख्या कति छ भन्न सकिँदैन, तर मेरो वरपर यस्ता महिला प्रस्ास्त देख्छु।
जस्तो तपाईं पनि खर्चालु महिलामध्ये एक मानिनुहुन्छ, कति खर्च गर्नुहुन्छ ?पैसा खर्च गर्नुनै जीवनको उद्देश्य हुँदैन। मन परेको कुरा खरिद गर्न म दुईपटक सोच्दिनँ। मनपर्यो, किन्यो। कुनै कुरा गर्न मन लाग्यो, गर्यो। कति खर्च हुन्छ, कसरी गरौं भन्ने लाग्दैन।
तै पनि सरदर यति खर्च हुन्छ भन्ने आँकलन त होला नि, हुँदैन ?
हुँदैन, एउटा मान्छेले खर्च गरौंभन्दा पनि कति नै गर्न सक्छ र ? फेरि नेपाल जस्तो मुलुकमा पैसा खर्च गर्ने ठाउँ पनि हुँदैन। जे होस् मन परेको कुरा पाएसम्म किन्छु। जस्तो म आइफोन बोक्छु, आइफोनको लेटेस्ट भर्सन आयो भन्ने सुनेकी छु, त्यो पनि किन्छु। अब त्यो आवश्यक नै भैसक्यो। म्याक एयर बुक अरू ल्यापटप भन्दा छरितो छ, त्यही भएर किनेकी छु। यस्ता कुरा किन्दा मूल्य हेरिँदैन। आफ्नो जीवन चलाउन कति खर्च भयो हेर्ने कुरा पनि आउँदैन।
तपाईंले चढ्ने गाडी अरूभन्दा फरक छ नि, किन ?
हरेक मान्छे अरूभन्दा फरक छ, देखिन चाहन्छ। मैले जुन दिन विटेन गाडी देखें, मलाई लाग्यो यो मलाई फिट हुन्छ। यसको मूल्य ४७ लाख जति पर्छ। नेपालमा यस्ता गाडी ६ वटा मात्र छन्, जुन विशेष महिलाहरूले चढ्छन्। त्यसैले पनि मलाई विशेष रमाइलो लाग्छ।
ड्राइभर किन नराख्नु भएको ?
किनभने यो गाडी ड्राइभर राखेर चढ्ने होइन। ड्राइभर राख्दा यसले दिने रोमान्टिक थि्रल दिँदैन।
सधैंभरि आफूले चाहेको समान पैसाले किन्न सकिन्छ ?
सकिँदो रहेनछ। जस्तो मलाई मर्टिसिज बेन्चको सिएलएस ५ सय गाडी चढ्न मन लागेको छ। त्यो मेरो डि्रम कार हो। नेपालमा आइपुग्दा यसको मूल्य २ करोड १० लाख रुपैयाँभन्दा बढी पर्छ। नेपालमा गाडी हाँक्न भनेजस्तो सडक पनि छैन। एउटी महिलाले यो गाडी चढ्ने सपना देख्नु आर्थिक कारणले पनि ठूलै कुरा हो।
पुरुषहरू आफ्नी श्रीमतीलाई लिएर विदेश सयर गर्नु आफ्नो पौरख मान्छन्, महिलाहरू त्यस्तो मान्छन् कि मान्दैनन् ?
परिवारसहित घुम्न जानु सामान्य कुरा हो। मलाई भने एक्लै घुम्न रमाइलो लाग्छ। जस्तो युरोप र अमेरिका जाँदा म प्रायः एक्लै जान्छु। यसले कन्पिmडेन्स पनि बढाउँछ।
सामान्यतयाः एकपटक विदेश घुम्न जाँदा कति खर्च गर्नुहुन्छ ?
म कामको व्यस्तताले विदेशमा लामो समय सयर गर्न पाउँदिन। विदेशमा बढीमा १० दिन बिताउँछु। उतै राम्रो सपिङ गर्ने मुड आयो भने धेरै खर्च हुन्छ, साधारण घुमघाममा त्यस्तै ५ लाख जति खर्च हुन्छ। म वर्षमा एकपटक विदेश घुम्न जानुपर्छ भन्ने मान्यता राख्छु। युरोप-अमेरिका जाने समय पाइन भने इन्डिया गएर भए पनि मुड प|mेस गर्छु।
तपाईं जस्ता महिलाको जीवनशैली हेर्दा आफैले कमाएको आम्दानीले यति धेरै खर्च गर्न पुग्छ भन्ने लाग्दैन, तपाईंको सन्दर्भमा आफूले कमाएको पैसाले यति धेरै खर्च गर्न पुग्छ ?
सामान्यताः पुग्छ। म मेरो आम्दानीको २० प्रतिशत खर्च गर्छु। तर परिवार भएपछि श्रीमान्ले पनि खर्च गर्ने पैसा दिनुहुन्छ। ल, आज तिम्रो एकाउन्टमा यति लाख हालिदिएको छु, खर्च गर भन्ने वा सरप्राइज दिने चलन हुन्छ। कहिले आफ्नो कमाइ हुँदा उहाँलाई गिफ्ट दिन सकिन्छ। यद्यपि अहिलेका सहरिया एवं कामकाजी महिलाहरू पहिले जस्तो श्रीमान् कै भरमा जीवन चलाउन चाहँदैनन्। उनीहरू कसैसँग हात फैलाउनेभन्दा पनि आफ्ना आवश्यकता आफैंले पूरा गर्ने प्रयास गर्छन्। यो मेरो मात्र होइन, अहिलेका सबैजसो नारीको सोच हो।
तपाईं एउटी आमा पनि हो, घरकी बुहारी पनि हो। दुईवटा अफिस पनि चलाउनुहुन्छ, कसरी सम्भव छ ?महिला भनेका पानी जस्तै हुन्। पानीलाई जुन रंगको भाँडामा हाल्नुहोस्, त्यही रंगको देखिन्छ। जुन साइजको भाडामा हाल्नुहोस्, त्यही साइजमा फिट हुन्छन्। घरभित्र अहिले पनि परम्परागत चलन छ, त्यतिबेला हामीजस्ता आधुनिक महिला घरमा त्यस्तै भैदिन्छौं। अफिसमा हामी आधुनिक एवं स्मार्ट हुन्छौं। श्रीमान्सँग प्यारी श्रीमती बन्छौं। महिलाहरूमा विशेष क्षमता हुन्छ भन्ने कुरा बराक ओबामाले विपक्षी दलकी नेता हिलारी क्लिन्टनलाई विदेशमन्त्री नियुक्त गरेपछि मलाई थाहा भयो। पुरुषहरू विपक्षी हुने बित्तिकै ३६ को आँकडा बनाउँछन्, महिलाहरू त्यस्ता हुँदैनन्।
बैंकर किशोर महर्जनसँग विवाह नभएको भए आज सिर्जना जोशीको खर्च गर्ने हैसियत यस्तै हुन्थ्यो ?हुन्थ्यो, किनभने म पनि एउटी सम्पन्न घरकी छोरी हुँ। मिडिया एक्ट र मिडिया बैंकजस्ता अफिस म आफैंले चलाएकी हुनाले यसबाट पनि वाषिर्क करोडौं रेभिन्यु कलेक्सन हुन्छ। यदि नेपालमा मलाई गाह्रो भएको भए विदेशका टेलिभिजन च्यानलमा कार्यक्रम निर्माताका रूपमा काम गरिरहेकी हुन्थे तर आफ्ना लागि आफैं गर्न सक्थे। बरु कहिलेकाहीँ नेपालमा कति कुरा अप्ठयारो भए पनि खुम्चिएर बस्नु परिरहेको छ भन्ने लाग्छ। जस्तो मेरो डि्रम कार मर्टिसिज बेन्च इंग्ल्यान्डमा मेरो भाइले चढिरहेको छ, मैले चढ्न सकिरहेकी छैन।
यो वर्गका मानिसलाई देशको चिन्ता लाग्छ ? विशेषगरी कस्तो प्रकारको चिन्ता हुन्छ ?
विदेशमा जब नेपालीको पासपोर्टलाई ओल्टाइ पोल्टाइ त्यहाँको अध्यागमन विभागले हेर्छ, हामीलाई असाध्यै पीडा हुन्छ। आफू मात्र धनी वा पढेलेेखेको भएर केही नहुने रहेछ। विदेशमा हामीलाई त्यही गरिब र पिछडिएको मान्दा रहेछन्। आफूसँगै देश पनि धनी हुनुपर्ने रहेछ, संस्कारित हुनुपर्ने रहेछ भन्ने लाग्छ, अनी कहिलेकाहीँ यहाँ नेताले केही गर्न नसके पनि हामी प्राइभेट सेक्टरबाट देशलाई धानी रहेका छौं। हामीले पनि यी नेताहरू जस्तै जथाभावी गर्ने हो भने देशको अवस्था के हुन्थ्यो भन्ने लाग्छ।
केही समयअघि एउटी महिला परपुरुषसँग सल्किइ भनेर महिला समूहले नै उसलाई आत्महत्या गर्न बाध्य बनाए, यस्तो समाचार पढ्दा कस्तो लाग्छ ?
मैले त्यो समाचार पढिन तर म हाम्रो समाज कता गैरहेको छ भन्ने कुरा बुझ्छु। हाम्रो देश अझै पनि कति तल छ भनेर छक्क पर्छु। व्यक्तिको स्वतन्त्रता हुन्छ भन्ने कुरा किन नबुझेको होला ?
कहिलेकाहीँ आफूले खर्च गर्नेमध्ये केही पैसा त्यो वर्गमाथि खर्च गरौं भन्ने लाग्दैन ?
लाग्छ, मेरो अफिसको निश्चित कमाई नेपाल अपाङ्ग महासंघलाई दिने गरेकी छु। बाहिरबाट हेर्दा हामी जस्ता देखिन्छौ, त्यस्ता हुँदैनांै। जस्तो म ओशो सुन्छु, आर्टअफ लिभिङको प्राणायाम गर्छु। जीवन के हो र कस्तो हुनुपर्छ हामीलाई राम्रोसँग थाहा हुन्छ। saptahik

प्रतिक्रिया दिनुहोस् >>